कुवेर सिंह राना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुबेर सिँग राना (मगर)बाट अनुप्रेषित)
कुवेर सिंह राना (मगर)
प्रहरी महानिरीक्षक नेपाल प्रहरी
कार्यकाल
२०६९ भाद्र २९ – २०७० कार्तिक ३०
राष्ट्रपतिडा. रामवरण यादव
प्रधानमन्त्रीखिलराज रेग्मी
पूर्वाधिकारीरविन्द्र प्रताप शाह
उतराधिकारीउपेन्द्र कान्त अर्याल
व्यक्तिगत विवरण
जन्म२०१७ साउन ०६[१]
बौघागुम्बा, पाल्पा जिल्ला
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
जीवन साथीरीता राना (मगर)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

कुवेर सिंह राना (जन्म: २०१७ साउन ०६[१]) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन् । उनी नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए ।[२] उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।[१][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

कुबेर सिँग राना मगरको जन्म सन् १९६०/६/२१ मा भएको थियो।[४] उहाँ पाल्पा जिल्ला राना बौघा गाविस ५ का स्थायी बासिन्दा हुनुहुन्छ ।[५] २०१७ साउन ६ गते स्वर्गवासी मेजर लीलाविर राना र जोगमाया रानाको कोखबाट जन्मनु भएका महानिरीक्षक रानाका चार दिदीबहिनी, सात दाजुभाई मध्ये पाँचौ हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।[६]

जागिरे जिवन[सम्पादन गर्नुहोस्]

महानिरीक्षक राना २०४० साल कात्तिक ३० गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएको हो । निरीक्षक पदमा भर्ना भएका राना २०४६ साल माघ १० गते प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका राना २०५४ साल पौष १९ गते प्रहरी उपरीक्षक पदमा बढुवा हुनुभएको थियो । राना २०६१ सालमा प्रहरी वरिष्ठ उपरीक्षक, २०६५ सालमा प्रहरी नायब महानिरीक्षक र २०६८ साल असार ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । उहाँ २०६८ साल असार ९ गतेबाट महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रहरी आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पदक तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

रानाले सार्क सेवा पदक, प्रसिद्ध सेवा पदक, गोरखा दक्षिण वाहु चौथो, यु-एन। पदक, प्रहरी सेवा पदक, दुर्गम सेवा पदक, त्रिशक्ती पट्ट चौथो, वीरेन्द्र ऐश्वकर्य सेवा पदक, सु-प्रवल जनसेवा पदक लगायतका झण्डै एक दर्जन पदक प्राप्त गर्नुभएको छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "New IGP Rana Assumes Office", The Himalayan Times, १४ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१२  লেখা "Kathmandu" উপেক্ষা করা হয়েছে (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१२ मिति
  2. "प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview", Onlinekhabar.com, ३० सेप्टेम्बर २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१६ मिति
  3. "About IGP", २०१२।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१८ मिति
  4. [www.nepalpolice.gov.np/igp-biography.html आई जी पि का बारेमा, nepalpolice.gov.np]
  5. ,नवनियुक्त महानिरीक्षक रानाको गाथा janapukar.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति
  6. ,नवनियुक्त महानिरीक्षक रानाको गाथा janapukar.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]