खिजी थोलेदेम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खिजी थोलेदेम्बा
सर्वोच्च बिन्दु
उचाइ३,४४० मी (११,२९० फिट)
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलाहिमाल

खिजी थोलेदेम्बा (अङ्ग्रेजी: Khiji Tholedemba) ओखलढुङ्गा जिल्लाको उत्तर–पश्चिममा पर्छ । नेपालका छ वटा प्रसिद्ध डाँडाहरूमध्ये थोलेदेम्बा पनि एक हो। प्राकृतिक सुन्दरता, कला र सांस्कृतिकले भरिएको यो स्थान खिजी चण्डेश्वरी, खिजिफलाते र खिजिकती गाविसमा पर्दछ । खिजी थोलेदेम्बा नजिकै दोलखा, रामेछापसोलुखुम्बुमा रहेका हिमालश्रङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ जस मध्ये गौर र पर्वत, गौरीशङ्कर हिमाल, नुम्बुर साथै सगरमाथाको रेञ्जहरू पनि हेर्न सकिन्छ । विगतमा पुलचौक (ललितपुर)बाट यो खिजी थोलेदेम्बा सगरमाथा सर्वेक्षणको लागि प्रयोग गरिएको थियो । यस क्षेत्रमा विभिन्न बनस्पति, बन्यजन्तु र जातीय विविध संस्कृति समूहहरू पनि हेर्न संकिन्छ जसमा सुनुवार, शेर्पा, तामाङ, नेवार, भुजेल, क्षेत्री, परियार, विश्वकर्मा र अन्य जातिहरू पनि छन् ।[१] [२] [३] [४]

ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका – बैशाख १ गते २०७४ मा प्रथम थोलेदेम्बा महोत्सव पनि आयोजन भएको थियो। नेपालमै पहिलो पटक उच्चस्थान थोलेदेम्बामा आयोजित महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्नुभएको हो । महोत्सव मावन बस्तीविहीन समुद्री सतहदेखि तीन हजार एक सय ५० मिटर अग्लो स्थानमा आयोजना गरिएको थियो। स्थानीय भेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको थियो। [५] [६] [७]

यात्रा विवरण[सम्पादन गर्नुहोस्]

बस वा उडानद्वारा काठमाडौँ, खिजी चण्डेश्वरी, फलाटे बजार हुदै चुप्लु भन्न्न्झंग, माले, थोलेदेम्बा

शाब्दिक अर्थ[सम्पादन गर्नुहोस्]

खिजी थोलेदम्बाको किरात सुनुवार भाषाबाट नामकरण गरिएको हो । जसको शाब्दिक अर्थ यसप्रकार रहेको छ:

  • खि = घर
  • जी , जा, चा = सुनुवार पितृक नाम,
  • थोले = उच्चा, अल्गो, डाडा, वा शीर्ष भाग (थोले-तोचे- थोमे)
  • देम्बा = थुप्रिनु, रहनु, जमनु, डाडामा हिउँ थुप्रिनु, डाडाको शीर्ष भाग अर्थात हिउँ थुप्रिनु

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]