गौर हत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०६३ साल चैत्र ७ गते (सन् २००७ मार्च २१) रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ।

परिस्थिति[सम्पादन गर्नुहोस्]

पर्सा, बारारौतहट मा रयाली गर्ने मधेशी जनाधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला स्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्र मा रयालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्ने अग्रिम तयारी थालेको थियो। मधेशी जनाधिकार फोरम को यो निर्णयको एक हप्ता पछि नेकपा माओवादीले पनि सोहि ठाउमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो। रयालीको दुई दिन अघि देखि नै तनावको सिर्जना हुने आशा गरिएको थियो।

झन्डै १५०० देखि ४००० को संख्यामा फोरमका समर्थकहरू बिहान देखिनै खडा र भाटासंग जुलूस र रैलीको लागि गौर आइपुगे। [१] फोरमका कार्यकर्ताहरु नेकपा-माओवादीका समर्थकहरूसँग भिड्ने तथा आक्रमण गर्ने तयारीका उपस्थित थिए। तत्कालिन नेकपा-माओवादीका केहि कार्यकर्ताले पनि बन्दूक र सकेट बम, साथै अन्य विस्फोटक उपकरणसंग उपस्थित थिए। यसरी झन्डै दिउसो १:४५ बजे, १५ जना हतियारधारीहरूले माओवादीको कार्यक्रम विथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम स्वरूप हत्याकाण्ड भयो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

References[सम्पादन गर्नुहोस्]