दरवार हत्याकाण्ड
| दरवार हत्याकाण्ड | |
|---|---|
तत्कालिन नारायणहिटी राजदरवार, पछि यसलाई संग्रालयमा परिणत गरियो |
|
| स्थान: | नारायणहिटी दरवार, काठमाडौं, नेपाल |
| मिति: | 1 June 2001 Around 21:00 (UTC+05:45) |
| निशाना: | राज परिवार बिरेन्द्र शाह |
| आक्रमणको प्रकार: | Fratricide, patricide, sororicide, regicide, matricide, avunculicide, mass murder, murder-suicide, massacre |
| हतियार(हरू): |
|
| मृत्यु: | 10 (including the perpetrator) |
| घाइते: | 5 |
| अभियुक्त: | युवराज दीपेन्द्र |
सन् २००१ जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरवार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुनेयुवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे। गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक दाहसंस्कार गरियो। सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनैतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्थाप्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको धम्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। तर यी सबका बावजूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जनता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। गएको एक दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबाट बचाउन सक्छ। अब उनी नै नेपाली जनतालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अचम्भित थिए, दुःखी थिए र गहिरो शोकमा डुबेका थिए। नेपाली जनताले हाम्रो भावनालाई जता सकिन्छ त्यतै डोर्यायौं।
जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। षड्यन्त्र सिद्धान्तले बल पुर्यादइरहेकै बेला नेपाली जनतामध्ये केही अझै यो तीतो सत्य स्वीकार्न तयार भइसकेका थिएनौं।
नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्योध र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्षनिकालिएको थियो। नयाँ राजाले पारम्परिक तर गम्भीर उदास वातावरणयुक्त समारोहमा दोस्रो पटक राजगद्दी आरोहण गरे। एक शताब्दीसम्म नेपालमा शासन गरेको राणाशासनलाई उखेल्न भएको आन्दोलनको अन्तिम चरणका रूपमा बाजे त्रिभुवनले भारतमा शरण लिँदा सानै रहेका उनी त्यस्तै किसिमको समारोहपछि राजगद्दीमा बसेका थिए। राजा ज्ञानेन्द्रले सुरूदेखि नै आफू आफ्ना दाजु दिवंगत राजा वीरेन्द्रभन्दा फरक रहेको स्पष्ट पार्दै नेपाली जनताको दुःखलाई चुपचाप टुलुटुलु हेरेर नबस्ने र्सार्वजनिक रूपमा बताउँदै आएका थिए। यो राजा राजनैतिक रूपमा सक्रिय हुने संकेत थियो।
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
- List of massacres in Nepal
- सुपरस्टार (2002 Indian film) which was loosely based on the love story of Dipendra of Nepal andDevyani Rana, and the Nepalese royal massacre.[१]
बाह्य सूत्र [सम्पादन गर्ने]
- Nepal: Murder in Palace, Maoists in Mountains (RWOR)
- Trapped in tradition (Frontline: India's National Magazine)
- Eyewitness Statements