चित्तरञ्जन नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणप्रसाद राजभण्डारी
चित्तरञ्जन नेपाली
जन्मनारायणप्रसाद राजभण्डारी
(1931-07-21) २१ जुलाई १९३१ (उमेर ९२)
Nhyeekantala Tole, Kathmandu, Nepal
मृत्यु16th Oct 2023 त्रुटि: मृत्यु मिति (पहिलो मिति) पछि (दोस्रो मिति) जन्म मितिभन्दा पछि हुनुपर्दछ -->
राष्ट्रियताNepalese
शिक्षाMA (History)
मातृ शिक्षाप्रतिष्ठानTribhuvan University
पेशाWriter, historian
उल्लेखनीय कार्य
जनरल भीमसेन थापा र तत्कालीन नेपाल
जीवनसाथीMerri Baba Rajbhandari
सन्तान3 (one son and two daughters)
पुरस्कारमदन पुरस्कार

चित्तरञ्जन नेपाली (वि. सं. १९८८ - ) इतिहासकार हुन्। सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार पाएका हुन्।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

चित्तरञ्जनको जन्म वि. सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। [३] उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। नेपाली, इतिहास, संस्कृति, पुरातत्वमा एम्.ए. गरेका उनले लामो समय सरकारी सेवामा बिताए।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनले इतिहास, कविता आदिमा कलम चलाएका छन्। उनको पहिलो रचना वि. सं. २००३/४ तिर कविता प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः

  1. नेपाली इतिहास परिचय (भाग १, २, ३)
  2. जनरल भीमसेन थापा र तत्कालीन नेपाल
  3. श्री ५ रणबहादुर शाह
  4. नेपाल-चीन सिमाना सन्धि (इतिहास)
  5. मां लुमंका (नेवारी शोककाव्य)
  6. प्रतिक्रिया (नेवारी कवितासङ्ग्रह)

पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०१३ सालमा प्राप्त गरेका हुन्। यसबाहेक उनले
  2. वि. सं. २०२२ मा श्रेष्ठ सिरपा पुरस्कार,
  3. वि. सं. २०३१ मा शुभराज्यभिषेक पदक,
  4. गोरखा .दक्षिण बाहु तेस्रो,
  5. त्रिशक्ति पट्ट तेस्रो,
  6. दुर्गम सेवा पदक,
  7. जनपद सेवा पदक,
  8. जानपद दीर्घ-सेवा पदक पाएका छन्।

भ्रमण[सम्पादन गर्नुहोस्]

उनले बेलायत, पाकिस्तान, बङ्गलादेश, बर्मा, चीन, थाइल्याण्ड, फिलिपिन्स, हङकङ, दक्षिण कोरिया, जापान, केन्या, अमेरिका आदिको भ्रमण गरेका छन्।

मृत्यु[सम्पादन गर्नुहोस्]

नेपालीको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको आश्विन मा २९, २०८० ९४ वर्षको उमेरमा निधन भएको हो ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Madan Puraskar Winners", Madanpuraskar.org, मूलबाट २०१५-०४-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१५ 
  2. Regmi, Mahesh Chandra (१९९९-०४-१२), A Study in Nepali Economic History 1768-1846, आइएसबिएन 9781618204301 
  3. चित्तरञ्जन नेपाली
  4. हिमेश (आश्विन ३०, २०८०), "इतिहासकार चित्तरञ्जन नेपालीको निधन", Ekantipur 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]