जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष विष्णुबहादुर क्षेत्री हुन्। जनयुनिटी को–अपरेटिभ पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको पेप्सीकोलामा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कापी-कलम थियो।[१] जनयुनिटी को–अपरेटिभ पार्टी नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २,१२५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,०६६ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०