टेलिफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टेलीफोनबाट अनुप्रेषित)
एक साधारण टेलीफोन

टेलिफोन दूर सञ्चारको एक आधुनिक यन्त्र हो । यसको माध्यमले टाढा टाढाका मानिषहरू एक अर्का सँग कुरा-कानी गर्न सक्षम हुन्छन् । यो यन्त्र तारसँग जोडिएको हुन्छ । ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरङ्गमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ । अर्को यन्त्रले फेरी त्यो तरङ्गलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ ।

इतिहास[सम्पादन गर्नुहोस्]

टेलिफोनको खोज एलेक्जेंडर ग्राहम बेलले गर्नु भयेको थियो । टेलिग्राफ र टेलिफोन दुबै तारमा आधारित इलेक्ट्रिकल सिस्टम हो । एलेक्जेंडर ग्राहम बेलले टेलिग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो । जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो ३० वर्ष देखि स्थापित माध्यम थियो । त्यो माध्यमले एक पटकमा एक सन्देश पठाउन सकिन्थ्यो । ग्राहम बेल संगितको शौखिन थिए । संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो । उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो । यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो । उनले पहिला इलेक्ट्रिक टेलिग्राफ बनाउनु भयो । यस पछि १८७५मा उहाँको स्मिथ सोनियन इंस्टीच्यूटको निर्देशक जोसेफ हेनरी सँग भेंट भयो । उहाँले ग्राहमको टेलिफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो । त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलिफोनको विचारलाई साकार रूप दिन लागि परे । तब गएर उहाँहरूले टेलिफोनको अविस्कार गर्नु भयो ।
सन् १८६० मा एलीशा ग्रे र एलेक्जेंडर ग्राहम बेल दुबै जनाले टेलिफोन बनाउने तरीकाको खोज गरी सकेका थिए । दुबै जना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो । यस पछि दुबै जना कानुनी लडाई लडन थाले । अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो । यही कारण हो कि आज हामी टेलिफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।

कस्तो थियो शुरुको फोन?[सम्पादन गर्नुहोस्]

An Olivetti घुमायेर डायल गर्ने टेलिफोन, c.१९४०s

पहिला टेलिफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलिग्राम सिस्टम जस्तै टेलिफोनबाट पनि सन्देश पठाइन्थ्यो । त्यसमा एउटै ठाँउ हुन्थ्यो जसलाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजिकल्याएर सुनिन्थ्यो ।

विकास क्रम[सम्पादन गर्नुहोस्]

१८९६को एउटा फोन स्विडेनबाट

त्यती बेला टेलिफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जसले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो । यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो। सन् १८७७-८८ मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जसलाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा रेडियोमा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलिफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।

नेपालमा दूरसञ्चारको इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल दूरसञ्चार वि.सं. १९७०मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो । वि.सं. १९७१मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो । वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो । वि.सं. १९९२मा काठमाडौँमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवाको शिरूवात भयो । नेपाल दूरसञ्चार कम्पनीको स्थापना कम्पनी ऐन, २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको थियो । यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो । कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई नेपाल टेलिकमको रूपमा परिचित गराईयो । नेपाल दूरसञ्चार को कार्यालय आज नेपाल भरि फैलिएको छ । आजको जमानामा टेलिफोन ले धेरै सहयोग पुगेको हेरिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]