धातु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यो पृष्ठ सम्पादन कार्य भैरहेको छ।

रसायनशास्त्रको अनुसार धातु त्यो तत्व हो जुन सरलता पूर्वक इलेक्ट्रोन त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ।

तातो पारिएको फलाम

सामान्यतः धातु चम्किलो, प्रत्यास्थ, आघातवर्धनीय र साह्रो हुन्छ। धातु तापविद्युतको सुचालक हुन्छ जवकी अधातु सामान्यतः खस्रो, चमकहीन र विद्युत तथा तापको कुचालक हुन्छ।

सुन, चाँदी, फलाम, तामा, पित्तल, टीन, निकल, प्लाटिनम, यूरेनियम, आदि दैनिक जीवनमा प्रयोग हुने धातुहरू हुन्।

रासायनिक गुण[सम्पादन गर्ने]

धातु प्रायः रसायनिक रूप बाट क्रियाशील हुन्छ। हावामा अक्सिजन सँग संयोग गरेर यसले धात्विक अक्साईड बनाउँछ। सबैभन्दा बढी क्रियाशील अल्कली धातु (सोडियम, लिथियम, पोटेशियम - वर्ग Iको धातु) हुन्छ। त्यसपछि अल्काली धातु (ब्यारेलियम, म्याग्नेशियम, क्याल्शियम - वर्ग II का धातु) पर्दछन्। उदाहरणार्थ -

४Na + O → २NaO (सोडियम अक्साईड)
२Ca + O → २CaO (क्याल्सियम अक्साईड )
४Al + ३O → २AlO (अल्यूमिनियम अक्साईड)

सङ्क्रमण धातुको का अक्सिकरण अपेक्षाकृत ढीलो हुन्छ। धात्विक अक्साईडले धातुमा एक तह पैदा गर्दछ - जस्तो कि फलाममा खिया लाग्नु। धात्विक अक्साईड क्षारीय हुन्छ जबकि अधात्विक अक्साईड मुख्यतया अम्लीय हुन्छ।

हेलोजन सँग प्रतिक्रिया गरेर धातुले धात्त्विक लवण बनाउँछ। उदाहरणार्थ -

२Na + Cl → २NaCl (सोडियम क्लोराइड - साधारण नमक)
Ca + Cl → CaCl (क्याल्शियम क्लोराइड )
२Li + F → २LiF (लिथियम फ्लोराइड )

अधिक क्रियाशील धातु पानीसँग प्रतिक्रिया गरेर क्षार बनाउँछन्। र हाइड्रोजन ग्यास मुक्त गर्छन्।

२Na + २HO → २NaOH + H

कम क्रियाशील धातु साधारण तापमा पानीसँग प्रतिक्रिया गर्दैनन् तर तातो अवस्थामा बाफ सँग प्रतिक्रिया गरेर धात्विक अक्साईड बनाउँछन्।

Mg + HO → MgO + H
Zn + HO → ZnO + H

अम्ल सँग प्रतिक्रिया गरेर धातुले लवण बनाउँछ र हाईड्रोजन ग्यास मुक्त गर्दछ। -

Mg + HSO → MgSO + H

भौतिक गुण[सम्पादन गर्ने]

धातु आघातवर्धनीय हुन्छ- यसलाई घनले पीटेर लामो वा चेप्टो बनाउन सकिन्छ। यसलाई तन्काएर तार बनाउन पनि सकिन्छ। अधातुमा यो गुण हुँदैन। उदाहरणार्थ फस्फोरसलाई जतिसुकै तन्काएपनि तारको रूपमा ढाल्न सकिँदैन। धातुको घनत्त्व पनि धेरै हुन्छ र यसमा एक प्रकारको चमक हुन्छ त्यसलाई धातुजन्य चमक भनिन्छ।

धातुकर्म[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]