मन्थली नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मन्थली नगरपालिका रामेछाप जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा मन्थली, सुनारपानी र रामेछाप गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मन्थली पनि नगरपालिका बनेको हो । मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।