महेन्द्र संस्कृत विश्वविद्यालय
महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय बनाइएको) नेपालको दोस्रो पुरानो विश्वविद्यालय हो र यो विश्वविद्यालय काठमाडौं उपत्यका बाहिर स्थापित पहिलो विश्वविद्यालय पनि हो। दाङ जिल्लाको त्रिभुवननगर नजीकै स्थापित यो विश्वविद्यालय 1986मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्बेद तथा आधुनीक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको काठमाडौं कार्यालय बसन्तपुरमा रहेको छ।
धनुषाको जनकपुर क्याम्पसमा मुस्लिम समुदायका केही विद्यार्थीले संस्कृतको पढाइ सुरु गरेको महेन्द्र संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस विश्वविद्यालय अन्तर्गतका १२ वटा क्याम्पसमा संस्कृत तर्फ करिब ३ हजार ५ सय विद्यार्थी रहेका छन। त्यसमा दलित जनजाति करिब २० प्रतिशत छन्। अध्ययन गर्नेमा छात्राको प्रतिशत करिब ४० छ। सोलुखुम्बुमा संस्कृत पढनेहरूमा करिब २५ प्रतिशत दलित छन्। बिजौरी, त्रिभुवननगरदाङमामा २० विद्यार्थी थारू तथा दलित छन्। केन्द्रीय विद्यापीठ बेलझुन्डी, त्रिभुवननगरमा मोहन थारू र एकजना कुमालले संस्कृतमा आचार्य गरिरहेका छन्।
[सम्पादन गर्ने] विशेष सुविधा
संस्कृत पढ्ने ब्राह्मण-क्षत्री समुदायका छात्रलाई प्रतिमहिना ४ सय ५० रूपैयाँ छात्रवृत्ति दिइन्छ। उक्त समुदायका छात्राले मासिक ५ सय पाउँछन्। दलित र जनजातिका छात्रछात्रालाई मासिक १ हजार छात्रवृत्ति तोकिएको छ। यस्तै, बाहिरी जिल्लाका लागि छात्रावासको समेत सुविधा दिइन्छ।
श्रोत : www.msu.edu.np, http://en.wikipedia.org/wiki/Mahendra_Sanskrit_University