राष्ट्रिय सभा निर्वाचन, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय सभा निर्वाचन, २०७८

← २०७६ २०७८ माघ १२ २०८० →
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
दल नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
पहिले प्राप्त सिट १४
प्राप्त सिट
हाल प्राप्त सिट १० १५
सिट परिवर्तन वृद्धि वृद्धि वृद्धि

  चौथौ दल पाचौँ दल छैटौँ दल
 
दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) जसपा राष्ट्रिय जनमोर्चा
पहिले प्राप्त सिट २४
प्राप्त सिट
हाल प्राप्त सिट १७
सिट परिवर्तन ह्रास वृद्धि वृद्धि

नेपालको सङ्घीय संसदको माथिल्लो सदन, राष्ट्रिय सभाका द्वितीय श्रेणीका २० जना अवकाश प्राप्त सदस्यहरू मध्ये १९ जनाको निर्वाचनका लागि २०७८ माघ १२ मा नेपालमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[१] राष्ट्रिय सभाका सदस्यहरू अप्रत्यक्ष मतपत्रद्वारा निर्वाचित हुन्छन् र ६ वर्षको कार्यकालको सेवा गर्दछन् जसमा एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा सेवानिवृत्त हुन्छन्।[२] तथापि, २०७४ मा दुई, चार र छ वर्षको कार्यकाल निर्धारण गर्न ग‍ोलाप्रथाद्वारा सम्पूर्ण सदन निर्वाचित भएको कारण सेवानिवृत्त सदस्यहरूले केवल चार वर्षको कार्यकाल मात्र पूरा गरेका थिए।[३]

निर्वाचन प्रणाली[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभाका सदस्यहरू नेपालका सातवटै प्रदेशहरूबाट निर्वाचित हुन्छन् र कुल ५९ सदस्यका लागि राष्ट्रपतिबाट तीन जना सदस्यहरू नियुक्त हुन्छन्। प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक सदस्य रहने व्यवस्था गरिएको छ। [२] बाँकी रहेका तीन जनालाई खुला/अन्य उम्मेदवारका रूपमा वर्गीकरण गरिएको छ।[४] यस निर्वाचनबाट निर्वाचित हुने सबै सदस्यहरू अवकाश प्राप्त सदस्यहरू सरहको श्रेणीबाट हुनुपर्नेछ।[४]

सम्बन्धित प्रदेश सभाका सदस्य तथा प्रदेशभित्रका स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख सम्मिलित निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने मतदानबाट सदस्यहरूको निर्वाचन हुने व्यवस्था गरिएको थियो। प्रत्येक प्रदेश सभा सदस्यको मतको भार ४८ हुन्छ भने प्रत्येक अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको मतको भार १८ हुन्छ। यो निर्वाचक मण्डलले १९ जना सदस्यको निर्वाचन गर्नेछ भने १ जना सदस्यको पदावधि पनि एकैसाथ समाप्त हुनेछ र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

सदस्यहरूको लागि योग्यता[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा ८७ अनुसार देहायका मापदण्ड पूरा गरेको व्यक्ति राष्ट्रिय सभाको सदस्य हुन योग्य हुन्छ:[५]

  • नेपालको नागरिक
  • ३५ वर्ष पार भएको,
  • नैतिक पतन भएको फौजदारी कसुरमा दोषी नठहरिएको,
  • कुनै पनि सङ्घीय कानुनद्वारा अयोग्य नठहरिने,
  • कुनै पनि लाभको पद धारण नगरेको।
नेपालका प्रदेशहरूका निर्वाचक सदस्य
निर्वाचक मण्डल कोशी प्रदेश मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम जम्मा
प्रदेश सभा ९२ १०४ १०९ ५९ ८१ ३५ ५२ ५३२
स्थानीय तह २७२ २६८ २३७ १७० २१५ १५६ १७५ १४९३
जम्मा ३६४ ३७२ ३४६ २२९ २९६ १९१ २२७ २०२५[६]

निर्वाचनको समयरेखा[सम्पादन गर्नुहोस्]

महत्त्वपूर्ण मिति सूचीबद्ध गरिएको छ:

२०७८ मङ्सिर ३ मन्त्रिपरिषद्द्वारा निर्वाचन मिति घोषणा
२०७८ पुस २० उम्मेदवारको मनोनयन
२०७८ पुस २५ मनोनयन स्वीकृत र प्रकाशित
२०७८ पुुस २६ निर्वाचन आचारसंहिता लागू
२०७८ माघ १२ निर्वाचन मिति – निर्वाचन केन्द्र खुला ०७:०० देखि १७:००
२०७८ माघ १७ अन्तिम नतिजा घोषणा गरी राष्ट्रपतिसमक्ष पेश
२०७७ फागुन २० द्वितीय श्रेणीका वर्तमान सदस्यहरूको पदावधि समाप्त

गठबन्धन[सम्पादन गर्नुहोस्]

      नेपाली काङ्ग्रेस+[सम्पादन गर्नुहोस्]

क्र.सं. दल झण्डा प्रतीक नेता तस्वीर सिटमा सम्झौता पुरुष उम्मेदवार महिला उम्मेदवार स्रोत
१. नेपाली कांग्रेस शेरबहादुर देउवा [७]
२. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुष्पकमल दाहाल
३. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) माधवकुमार नेपाल
४. जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव
५. राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी

      नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)[सम्पादन गर्नुहोस्]

क्र.सं. दल झण्डा प्रतीक नेता तस्वीर सिटमा सम्झौता पुरुष उम्मेदवार महिला उम्मेदवार स्रोत
१. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) खड्गप्रसाद ओली १९ १२ [८]

नतिजा[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठनलाई उल्ट्याएपछि यसको कुल ४७ सिट मध्येका सदस्यहरूको अर्को दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)नेकपा (एकीकृत समाजवादी)लाई यहाँ देखाएको छ।

नतिजा[९][१०]
दलहरू सिट
जम्मा
वि.सं २०७६ मा
जम्मा
अगाडि
वृद्धि विजयी जम्मा
पछि
+/-
नेकपा (एमाले) २४ १७ ह्रास7
नेकपा (माओवादी केन्द्र) १४ १५ वृद्धि1
नेपाली काङ्ग्रेस १० वृद्धि3
नेकपा (एस) वृद्धि
जनता समाजवादी पार्टी, नेपाल वृद्धि
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल Steady
राष्ट्रिय जनमोर्चा वृद्धि
स्वतन्त्र Steady
मनोनीत[११] Steady
नेपाल कम्युनिष्ट पार्टी ४७ - Steady
जम्मा ५९ ५९ २० २० ५९ -

विवरण[सम्पादन गर्नुहोस्]

प्रदेश श्रेणी निर्वाचन अगाडिको सदस्य दल निर्वाचन पछिको सदस्य दल
कोशी प्रदेश खुला परशुराम मेगी गुरुङ नेकपा (एमाले) गोपाल बस्नेत[क] नेपाली काङ्ग्रेस
महिला नैनकला ओझा नेकपा (एमाले) जयन्ती राई नेकपा (एकीकृत समाजवादी)
अपाङ्ग/अल्पसङ्ख्यक आगमप्रसाद बान्तवा राई नेकपा (एमाले) सोनाम ग्याल्जेन शेर्पा नेकपा (एमाले)
मधेश खुला सुमनराज प्याकुरेल नेकपा (एमाले) मोहम्मद खालिद सिद्दिकी जनता समाजवादी पार्टी, नेपाल
महिला शशीकला दाहाल नेकपा (माओवादी केन्द्र) उर्मिला अर्याल नेकपा (माओवादी केन्द्र)
बागमती खुला राधेश्याम अधिकारी नेपाली काङ्ग्रेस कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेस
महिला उदय शर्मा नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिना नेकपा (एकीकृत समाजवादी)
गण्डकी खुला दिनानाथ शर्मा नेकपा (माओवादी केन्द्र) सुरेश आलेमगर नेकपा (माओवादी केन्द्र)
महिला शान्ति अधिकारी नेकपा (एकीकृत समाजवादी) कमला पन्त नेपाली काङ्ग्रेस
दलित खिमबहादुर विक नेकपा (माओवादी केन्द्र) भुवनबहादुर सुनार नेकपा (माओवादी केन्द्र)
लुम्बिनी खुला दीर्धनारायण पाण्डे नेपाली काङ्ग्रेस युवराज शर्मा नेपाली काङ्ग्रेस
महिला कोमल ओली नेकपा (एमाले) राज्यलक्ष्मी गैरे नेकपा (एकीकृत समाजवादी)
दलित रामलखन हरिजन नेकपा (एमाले) तुलप्रसाद विक राष्ट्रिय जनमोर्चा
कर्णाली खुला ठगेन्द्र पुरी नेकपा (एकीकृत समाजवादी) उदय बोहरा नेकपा (एकीकृत समाजवादी)
महिला कविता बोगटी नेकपा (एमाले) दुर्गा गुरुङ नेपाली काङ्ग्रेस
अपाङ्ग/अल्पसङ्ख्यक जीवन बुढा नेकपा (माओवादी केन्द्र) नरबहादुर विष्ट नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम खुला शेरबहादुर कुँवर नेकपा (एकीकृत समाजवादी) नारायणदत्त मिश्र नेपाली काङ्ग्रेस
महिला तारादेवी जोशी नेपाली काङ्ग्रेस मदनकुमारी शाह नेकपा (एकीकृत समाजवादी)
दलित चक्रप्रसाद स्नेही नेकपा (एमाले) जगत पार्की नेकपा (माओवादी केन्द्र)
मनोनीत रामनारायण बिडारी[१२] नेकपा (माओवादी केन्द्र) नारायण दाहाल[१२][१३] नेकपा (माओवादी केन्द्र)

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. दुबै उम्मेदवारहरूले ४४८८ मत ल्याएपछि गोलाप्रथाद्वारा चुनिएको

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१८ 
  2. २.० २.१ धारा ८६ नेपालको संविधान
  3. "Term of National Assembly members determined thru lucky draw", Reporters Nepal, अन्तिम पहुँच २२ मे २०२० [dead link]
  4. ४.० ४.१ IFES FAQs on Elections in Nepal: 2020 National Assembly Elections वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-०५ मिति
  5. धारा ८७ नेपालको संविधान
  6. "दुई हजार पच्चीस मतदाता कायम", गोरखापत्र, अन्तिम पहुँच २०२२-०१-०२ 
  7. "पाँच दलीय राजनीतिक संयन्त्र निर्वाचन प्रयोजनका लागि मात्रै होः कांग्रेस नेता लेखक", रिपोर्टर्स नेपाल (नेपालीमा), २०२१-११-१०, अन्तिम पहुँच २०२१-११-१६ 
  8. "एमालेले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार (सूचीसहित)", पहिलोपोस्ट, अन्तिम पहुँच ३ जनवरी २०२२ 
  9. "Final Results of National Assembly Election, 2022", Election Commission of Nepal, ECN, अन्तिम पहुँच २७ जनवरी २०२२ 
  10. Republica, "Ruling alliance secures victory in 18 of 19 seats in National Assembly poll (With list of elected candidates)", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ जनवरी २०२२ .
  11. तीनमध्ये दुई जना नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)का सदस्य हुन् भने बाँकी एक जना नेकपा (माओवादी केन्द्र)का सदस्य हुन्। नेकपा (माओवादी केन्द्र)का अर्का सदस्य मनोनित भएका थिए।
  12. १२.० १२.१ नेकपा (माओवादी केन्द्र)को सदस्य
  13. "Narayan Dahal, Pushpa Kamal's brother, gets the National Assembly membership - OnlineKhabar English News" (अङ्ग्रेजीमा), २०२२-०४-०९, अन्तिम पहुँच २०२२-०४-०९