सुर्खेत विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्खेत विमानस्थल
Surkhet Airpot
विवरण
विमानस्थल प्रकारसार्वजानिक
सञ्चालकनेपाल सरकार
सेवा गर्ने स्थानबिरेन्द्रनगर, नेपाल
विमान हब[गोमा एयर]]
उचाइ समुद्री सतह२३६ ft / ७२ m
निर्देशाङ्क२८°३५′०९″उ॰ ०८१°३८′०९″पू॰ / २८.५८५८३°N ८१.६३५८३°E / 28.58583; 81.63583
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
02/20 १,२५५ ४,११७ Asphalt

सुर्खेत विमानस्थल नेपालको राजधानी काठमाडौबाट ७०० कि मि टाढा सुर्खेत उपत्यकाको वीरेन्द्रनगर सहरसंगै रहेको छ। यो विमानस्थल १९६१ देखि शुरू भएको हो। हाल मध्य पश्चिम नेपालको यो प्रमुख विमानस्थल हो। याँहबाट मुख्यत कर्णाली अन्चलका दुर्गम जिल्लाका विमानस्थलहरूका लागि उडान हुने गर्दछ, साथै तिब्बतमा रहेकको हिन्दू तिर्थस्थल मानसरोवर जाने यात्रु पनि यसै विमानस्थलबाट हिल्सा हुदै जाने गर्दछन। हाल यो विमानस्थललाई कर्णाली अन्चलको मुख्य सप्लाई कर्ताको रूपमा विकास गरिदैछ। याहाबाट कर्णाली अन्चलका सबै जिल्लामा हेलीकोप्टरमा खाध्यान्न ढुवानी गर्ने गरिन्छ। हाल यो विमानस्थलबाट दैनिक बाह्र घण्टासम्म उडान सेवा संचालन हुने गरेको छ।

नामांकरण[सम्पादन गर्नुहोस्]

यो विमानस्थलको नाम नेपाल सुर्खेत उपत्यकाको नामबाट राखिएको हो।

स्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल वीरेन्द्रनगर सहरको पश्चिमपट्टी उत्तर दक्षीण फैलिएर रहेको छ। नेपालको सुर्खेत विमानस्थलको एअरपोर्टको IATA कोड (SKH) हो भने ICAO कोड (VNSK) हो।

विस्तार[सम्पादन गर्नुहोस्]

विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

  • तारा एअरलाईन्स
  • सिता एअर लाईन्स
  • बुद्ध एअर
  • समिट एअरलाईन्स
  • गुण एअरलाइन्स र
  • अन्य हेलिकप्टर कम्पनिहरु तथा
  • नेपाली सेनाको मध्य एयरवेस (हेलिकप्टर उद्धार उडान)

उडान[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म विस्तारित छ-

श्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. Airport information for VNSK at World Aero Data. Data current as of October 2006.Source: DAFIF.
  2. Airport information for SKH at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).