छविलाल गजुरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डा. छविलाल गजुरेल (वि.सं. १९९६ - ) नेपाली-प्रविधिका खोजकर्ता हुन्। गजुरेल त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

छविलालको जन्म वि.सं. १९९६ (इ.१९३९)मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौंमा भएको हो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनका कृतिहरूः
१. विज्ञान प्रविधि र नेपाली भाषा (वि.सं. २०५७)
२. हाम्रा प्राविधिक सम्पदा (बालसाहित्य, वि.सं. २०५८)
३. आध्यात्मिक एवं भौतिक चिन्तन (निबन्धसंग्रह, वि.सं. २०६२)
४. श्रीकृष्णप्रणामी धर्म (धर्म, सन् १९९९)
५. नेपालका परम्परागत प्रविधि (सहलेखन)
उनले विज्ञान र प्रविधिका धेरै लेख लेखेका छन्। उनले विज्ञान र प्रविधिसम्बन्धी केही विदेश पुस्तक नेपालीमा अनुवाद गरेका छन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

नेपालका परम्परागत प्रविधि ग्रन्थको लागि उनलाई संयुक्त रूपमा मदन पुरस्कार २०३६ प्रदान गरिएको हो। उनका साथ करुणाकर वैद्यलाई पुरस्कृत गरिएको थियो। उनले डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार पनि पाएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]