संशोधन मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संशोधन मण्डल
चित्र:Saṃśodhana Maṇḍala.png
गठन२० सेप्टेम्बर १९५२; ७१ वर्ष पहिले (१९५२-०९-20)
संस्थापकनयराज पन्त
प्रकारNon-governmental academic organisation
लक्ष्यResearch Institute for Nepalese and Sanskrit Studies
प्रधान कार्यालयDallu Awas Marga, Kathmandu, Nepal
निर्देशाङ्कहरू२७°४२′३१.२२″उ॰ ८५°१७′४६.७६″पू॰ / २७.७०८६७२२°N ८५.२९६३२२२°E / 27.7086722; 85.2963222निर्देशाङ्कहरू: २७°४२′३१.२२″उ॰ ८५°१७′४६.७६″पू॰ / २७.७०८६७२२°N ८५.२९६३२२२°E / 27.7086722; 85.2963222
उत्पादनहरूपूर्णिमा पत्रिका
आधिकारिक भाषा
नेपाल
पुरस्कार(हरू)जगदम्बाश्री पुरस्कार

संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो । इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो ।

प्रकाशन[सम्पादन गर्नुहोस्]

संशोधन मण्डलले पूर्णिमा लगायत केही कृतिहरू पनि प्रकाशन गरेको छ ।[१] त्यसमध्ये इतिहास संशोधनको प्रमाण प्रमेय पहिलो भाग एक हो ।

वि.सं. २००९ सालमा सुरु गर्दा मण्डलमा २१ जना विद्वान् थिए । पहिलोपल्ट यो मण्डलबाट इतिहासकार बालचन्द्र शर्माले वि.सं. २००८ सालमा छापेको नेपालको ऐतिहासिक रूपरेखामा भएका त्रुटिलाई उठाएको थियो । पछि इतिहास संशोधन, अभिलेख सङ्ग्रह, सावधान पत्र, व्याकरण संशोधन, पञ्चाङ्ग संशोधन लगायत पत्रिका/जर्नल प्रकाशित भए । वि.सं. २०२१ साल वैशाखदेखि 'पूर्णिमा' त्रैमासिक १ सय ३५ अङ्क प्रकाशित भए ।

नयराजको वि.सं. २०५९ कार्तकमा निधन भएपछि उनका दुई पुत्र दिनेशराजमहेशराज पन्तले यो अभियानलाई निरन्तरता दिएका छन् ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

छ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरुकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि 'पूर्णिमा'को निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् यो संस्थाले वि.सं. २०६८ सालको जगदम्बाश्री पुरस्कार पायो।[२] नयराजको सुरू गरेर फेला पारेका संशोधनको आधार र मानकमा नयराजले लेखेको लिच्छविसंवतको निर्णयले वि.सं. २०४३ सालको मदन पुरस्कार पाइसकेको छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

  1. Himalaya, DIgital, "Pūrṇimā", Digital Himalaya 
  2. "इतिहास खोतल्नेलाई जगदम्बाश्री", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-११-२६