कृष्णप्रसाद कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णप्रसाद कोइराला नेपालका समाजसुधारक तथा राजनीतिज्ञ थिए। उनका ३ छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने। मातृकाप्रसाद कोइराला २००८ साल विश्वेश्वर प्रसाद कोइराला २०१६ साल र गिरिजाप्रसाद कोइराला २०४८ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए।

कृष्णप्रसादको जन्म सिन्धुलीको दुम्जा गाउँमा भएको थियो ।

पछि सिन्धुलीबाट बसाईं सरेर यिनी तराईका विभिन्न ठाउँहरूमा बसोबास गरे। चन्द्रगन्ज बसेका बेला यिनले देशभरका विभिन्न भन्सारको ठेक्का लिए र प्रसस्त सम्पत्ति पनि कमाएका थिए। व्यापारको सिलसिलामा कलकत्ता आवत जावत बढेपछि यिनमा राजनीतिक कृयाकलाप बढेको पाइन्छ। [१] विराटनगरमा विद्यालय स्थापना गर्ने, महिला समिति मार्फत महिलामा चेतना जगाउने, छोरीलाई शिक्षा दिने, लगायतका विभिन्न समाज सुधारका कृयाकलापमा यिनी नेतृत्वदायी रहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कार्की, स्वयंभूनाथ, "चन्द्रशमशेर र कृष्णप्रसाद [[कोइराला]]", घटना र विचार साप्ताहिक, अन्तिम पहुँच २०१८-०७-०६  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]