रामनिवास पाण्डेय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा राम निवास पाण्डेय
जन्मपिपरा, कपिलवस्तु,नेपाल
मृत्यु२०६१ मंसीर १४
काठमाडौँ, नेपाल
पेशाप्राध्यापन
राष्ट्रियतानेपाली
शिक्षाएम ए पी एच डी
विधाकथा

डा. राम निवास पाण्डेय अवधीभाषी विद्वान, प्राध्यापक, आन्वेषक एवं इतिहासविद् थिए। उनी जीवन पर्यन्त शिक्षण पेशामे समर्पित रहे। उनी त्रिभुवन विश्वविद्यालयमा इतिहास, संस्कृति र पुरातत्व विषयको अध्ययन, अनुसान्धान ‌र अध्यापनको काममा समर्पित थिए।

त्रिभुवन विश्वविद्यालयको सेवा अवधिमा उनले चार विधा इतिहास, संस्कृति, पुरातत्व, बुद्ध अध्ययन विषयहरू अध्ययन अध्यापनका लागि अलग अलग विभाग स्थापना गरे। उनको जन्म कपिलवस्तु जिल्ला पिपरा गाउँविकास समितिको गौरा गाउँमा इस्वी सम्बत १९३९ जनवरी १२मा भएको थियो।

उनले नेपालबाट विश्वको सबसे पुरानो मानव निर्मित हतियारको खोज गरेका थिए। बर्दिया जिल्लाको दाव तालमा उनले यो हतियार पत्ता लगाएका थिए।

पाण्डेयले नेपालकै प्राचीन इतिहास सम्बन्धि प्रमाणित ग्रन्थ लेखेका थिए।

आफ्पनो जीवनकालमा उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य रहे। युनेस्को, गुठी संस्थान, सांस्कृतिक संस्थानको सञ्चालक लगायत अन्य संस्था तथा अवधि सांस्कृतिक विकास परिषद्को स्थापक सदस्य रहे।

उनले गोरखा दक्षिणबाहु दोस्रो, राष्ट्रिय प्रतिभा पुरस्कार, नूर गंगा प्रतिभा पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार आदि पदक र विभूषणबाट सम्मानित भएका थिए।

डा पाण्डेय कय मृत्यु विक्रम सम्बत २०६१ साल मंसीर १४ गते भयो।

[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. प्रेरक व्यक्तित्व अवधि समाज, प्रकाशक नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सम्पादक विश्वनाथ पाठक

बाह्य कडी[सम्पादन गर्नुहोस्]