म्याकमहोन रेखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याकमहोन रेखाको क्षेत्र (रातो रङ्गमा) पूर्वीभेग हिमालय भारतको हो तर चीनले सो क्षेत्र दावी गरेको छ ।

म्याकमहोन रेखा भारत तथा तिब्बतको बीच रहेको सीमारेखा हो । ब्रिटिश प्रतिनिधि सर ह्यानरी म्याकमहोनद्वारा सन् १९१४ मा निर्धारण गरिएको सीमारेखा जो ५५० माइल लामो छ । पूर्वीभेग हिमालय हुँदै यो सीमारेखा पश्चिममा भूटान देखि ८९० कि.मी. र पूर्वमा ब्रह्मपुत्र सम्म २६० कि.मी. सम्म फैलिएको छ । भारतको अनुसार यो चीनसँग उसको सीमा हो । तर चीनले सन् १९१४ मा निर्धारण गरेको सीमारेखालाई ब्रिटिशले त्यस बखत चीनको निर्वालताको फाइदा उठाई चीनको ठुलो भाग भारतमा समावेश गरेको छ भन्दै उक्त सीमारेखालाई मान्न अस्विकार गरेको छ । चीनको अनुसार तिब्बत स्वायत्त क्षेत्र थिएन र त्यो सँग सम्झौता गर्ने कुनै आधार थिएन । चीनको आधिकारिक मानचित्रहरूमा म्याकमहोन रेखाको दक्षिणमा ५६ हजार वर्ग माइलको क्षेत्रलाई तिब्बती स्वायत्त क्षेत्रको भाग मान्ने गरेको छ । यस क्षेत्रलाई चीनमा दक्षिणी तिब्बतको नामले चिनिन्छ । सन् १९६२-६३ को भारत-चीन युद्ध को समय चीनी फौजहरूले केही समयको लागि यस क्षेत्र माथि आफ्नो अधिकार पनि जमाएको थियो । यस कारण नै वर्तमान समय सम्म यस सीमारेखामा विवाद अहिले पनि समाप्त भएको छैन । तर भारत-चीनको बीच रहेको यो भौगोलिक सीमा रेखाको रूपमा अवश्य मान्ने गरिन्छ । चीनले यसको सट्टामा लाईन अफ एक्चुवल कन्ट्रोललाई बास्तविक सीमा मान्दछ ।[१]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Guruswamy, Mohan, "The Battle for the Border", Rediff, 23 June 2003.