म्याकमहोन रेखा

म्याकमहोन रेखा भारत तथा तिब्बतको बीच रहेको सीमारेखा हो। ब्रिटिस प्रतिनिधि सर ह्यानरी म्याकमहोनद्वारा सन् १९१४ मा निर्धारण गरिएको सीमारेखा जो ५५० माइल लामो छ। पूर्वीभेग हिमालय हुँदै यो सीमारेखा पश्चिममा भुटान देखि ८९० कि.मी. र पूर्वमा ब्रह्मपुत्र सम्म २६० कि.मी. सम्म फैलिएको छ। भारतको अनुसार यो चीनसँग उसको सीमा हो। तर चीनले सन् १९१४ मा निर्धारण गरेको सीमारेखालाई ब्रिटिसले त्यस बखत चीनको निर्वालताको फाइदा उठाई चीनको ठुलो भाग भारतमा समावेश गरेको छ भन्दै उक्त सीमारेखालाई मान्न अस्विकार गरेको छ। चीनको अनुसार तिब्बत स्वायत्त क्षेत्र थिएन र त्यो सँग सम्झौता गर्ने कुनै आधार थिएन। चीनको आधिकारिक मानचित्रहरूमा म्याकमहोन रेखाको दक्षिणमा ५६ हजार वर्ग माइलको क्षेत्रलाई तिब्बती स्वायत्त क्षेत्रको भाग मान्ने गरेको छ। यस क्षेत्रलाई चीनमा दक्षिणी तिब्बतको नामले चिनिन्छ। सन् १९६२-६३ को भारत-चीन युद्ध को समय चीनी फौजहरूले केही समयको लागि यस क्षेत्र माथि आफ्नो अधिकार पनि जमाएको थियो। यस कारण नै वर्तमान समय सम्म यस सीमारेखामा विवाद अहिले पनि समाप्त भएको छैन। तर भारत-चीनको बीच रहेको यो भौगोलिक सीमा रेखाको रूपमा अवश्य मान्ने गरिन्छ। चीनले यसको सट्टामा लाईन अफ एक्चुवल कन्ट्रोललाई बास्तविक सीमा मान्दछ।[१]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
सन् १९१४ को अनुसार म्याकमहोन रेखा (नक्सा १)
-
सन् १९१४ को अनुसार म्याकमहोन रेखा (नक्सा २)
-
सिमला सम्झौता अनुसार, म्याकमहोन रेखा (नक्सा १)
-
सिमला सम्झौता अनुसार, म्याकमहोन रेखा (नक्सा २)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Guruswamy, Mohan, "The Battle for the Border", Rediff, 23 June 2003.