लोकेन्द्र बहादुर चन्द (गायक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकेन्द्र बहादुर चन्द
चित्र:Lokendra B..Chand.jpg
लोकेन्द्र बहादुर चन्द
व्यक्तिगत विवरण
जन्म
मदन चन्द

२०४४ असोज २७ गते
बैतडी जिल्ला, आमचौरा गाविस, नेपाल
नागरिकतानेपाली
पेशाकलाकार

लोकेन्द्र बहादुर चन्द पश्चिम नेपालका प्रख्यात गायकका रूपमा चिनिन्छन । लोकेन्द्र बहादुर चन्दको जन्म २०४४ साल असोज २७ गते बुवा काशी चन्द र आमा श्रीमती भानमती देवी चन्दको कोखबाट बैतडी जिल्ला, आमचौरा गाउँ विकास समिति वडा नं- ९ विनायक गाउँमा भएको हो । सुरिलो स्वरका धनी गायक लोकेन्द्र बहादुर चन्द सानैदेखी गित गाउनमा पोक्त थिए । सामान्य परिवारमा हुर्किएका लोकेन्द्र गोठालो जादा र बनपाखा जादा आफ्नै तालमा गित गाउने गर्दथे । त्यसका अलवा आफू पढने स्कुलमा पनि मीठो स्वरमा देउडा भाका गाउने गर्दथे । अन्तर स्कुल गित प्रयोगिताहरूमा लोकेन्द्र बहादुर चन्द सधै पहिलो स्थानमा आउथे । उनले औपचारिक शिक्षा साथै माध्यमिक स्तरको शिक्षा गाउँको स्कुल श्री कल्याणपुर प्राथमिक विद्यालय र श्री जबलपुर माध्यमिक विद्यालय सैलोडाबाट गरे भने उच्च शिक्षा भारत,खटिमाबाट गरेका थिए । २०६४ सालबाट सकृय गायन पेशामा लागेका लोकेन्द्र बहादुर चन्दले हालसम्म थुप्रै देउडा गीति एल्बमहरूमा स्वर दिइसकेका छ्न । उनको पछिल्लो देउडा गीति एल्बम जन्मन्या ठाउँ बिरानी भैगै ले धेरै चर्चा कमएको छ जसमा गायक स्वंम चन्द र गौरी भट्ट को सुमधुर स्वर रहेको छ । [१]

हालसम्म स्वर दिएका गीति एल्बमहरू[सम्पादन गर्नुहोस्]

  1. बॉस कोएली बॉस (एकल)
  2. भर्ती भया पुलिस मा (एकल)
  3. स्कुल पढ़ भंन्दथे मेरा आमा बुवा ले (एकल)
  4. रुन्छु कठै लाड़ी (ठाडी भाका)
  5. भाइ बहिनी को बिलौना (दोहरी)
  6. ड्यूटी छ रोल्पा रुकुम दोहरी
  7. आउना आउना थग्या (दोहरी)
  8. मेरा घट्ट पानी कुलो (दोहरी)
  9. शिव शिव (भजन)
  10. जनम्या ठाउँ बिरानी भैगई (दोहरी)
  11. स्वर मिठो कोएली चरी (दोहरी)
  12. जादै छु समुन्द्र पारी (दोहोरी)

आउन बाकी एल्बमहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

लोकेन्द्र बहादुर चन्दको फेसबुक पेज