बिरिङ नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिरिङ नदी इलाम जिल्ला उद्गमन स्थल रहेको बिरिङ नदी खुदुनावारी, बुधबारे, अर्जुनधारा, घैलाडुब्बा, सुरुङ्गा, डांगीवारी, चकचकीराजगढ गाविस हुँदै भारत प्रवेश गर्दछ। २०,१५० हेक्टर उपजलाधार क्षेत्रफल रहेको यस नदी भू-क्षयको दृष्टिले प्राथमिकताको क्रम अनुसार चौथो नम्बरमा आउने र वर्षाको बाढी तथा कटानका कारणले बिरिङ नदी यस क्षेत्रको अभिषाप बन्न पुगेको छ।[१] भौगोलिक बनावट अनुसार यो नदीलाई सुरूङ्गा गाविसको उत्तरी जंगली क्षेत्रबाट पश्चिम दिशातर्फ धार परिवर्तन गरी कन्काई नदीमा मिसाउन सकेमा उल्लेखित गाविसहरू नदी कटानबाट मुक्त हुनका साथै सो जग्गाको उपयोग हुन सक्दा जिल्लाकै सुकुम्वासी समस्या समेत समाधान हुने देखिन्छ। यस नदिमा २०७१/७२ सालमा अबैधरूपमा नदि ऊत्खनन गरी २०७२ असार १५ गते भिषण बाढि आएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२० [dead link]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]