कपिल शर्मा
कपिल शर्मा | |
---|---|
जन्म | [१] अमृतसर, पञ्जाब, भारत | २ अप्रिल १९८१
राष्ट्रियता | भारतीय |
पेशा |
|
कार्यकाल | सन् २००७–वर्तमान |
चिनारीको कारण | द कपिल शर्मा शो, कमेडी नाइट्स विथ कपिल, कमेडी सर्कस |
जीवनसाथी | गिन्नी चतरथ ( वि २०१८) |
सन्तान | २ |
कपिल शर्मा (जन्म २ अप्रिल १९८१) [१] एक भारतीय स्ट्यान्ड-अप हास्य कलाकार, टेलिभिजन प्रस्तुतकर्ता, अभिनेता र निर्माता हुन्। कपिल 'द कपिल शर्मा सो'को प्रस्तुतीकरणका लागि परिचित छन्। [२] यसभन्दा पहिले उनले टेलिभिजन हास्य कार्यक्रमहरू 'कमेडी नाइट्स विथ कपिल' र 'फ्यामिली टाइम विथ कपिल' आयोजना गरेका थिए।
ओर्माक्स मिडियाले शर्मालाई सन् २०१६ अप्रिलमा सबैभन्दा लोकप्रिय भारतीय टेलिभिजन व्यक्तित्वको दर्जा दिए।[३] फोर्ब्स भारतले सन् २०१६ र सन् २०१७ मा उसको सेलिब्रेटी १०० सूचीमा कपिललाई क्रमशः ११औँ र १८औँ स्थानमा राखेको थियो। [४][५] सन् २०१३ मा, उनी मनोरञ्जन विधामा वर्षको सिएनएन-आइबिएन भारतीय पुरस्कारबाट सम्मानित भएका थिए र सन् २०१५ मा इकोनोमिक टाइम्सद्वारा सर्वाधिक प्रतिष्ठित भारतीय व्यक्तित्व सूचीमा तेस्रो स्थान पाएका थिए।[६] शर्मालाई सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानका लागि स्वच्छता र अन्य सरसफाइ सम्बन्धी सामाजिक मुद्दाहरूको लागि जनचेतना फैलाउन मनोनयन गरेका थिए। [७] आफ्नो कार्यक्रममार्फत अभियानमा संलग्नता र उनको योगदानको लागि कपिललाई तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१५ सेप्टेम्बरमा राष्ट्रपति भवनमा आमन्त्रित गरेका थिए। [८]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]शर्माको जन्म पञ्जाबको अमृतसरमा कपिल पुञ्जको रूपमा भएको थियो।[९] उनका बुबा जीतेन्द्र कुमार पुञ्ज पञ्जाब प्रहरीमा हेड कन्स्टेबल थिए, जबकि उनकी आमा जनक रानी कुशल गृहिणी हुन्।[१०]उनको बुबालाई सन् १९९७ मा क्यान्सरले छोएपछि सन् २००४ मा एम्स दिल्लीमा उनको मृत्यु भएको थियो।[११]उनले श्री राम आश्रम वरिष्ठ माध्यमिक विद्यालय, अमृतसर र अमृतसरको हिन्दू कलेजमा अध्ययन गरेका हुन्। उनी जालन्धरको एपिजे कलेज अफ फाइन आर्ट्सको लोकप्रिय पूर्व छात्रको सूचीमा छन्।[१२] शर्माको एक भाइ अशोक कुमार शर्मा प्रहरी कन्सटेबल हुन् भने बहिनी पूजा पवन देवगन छिन्।[१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Banerjee, Anindita (२ अप्रिल २०१८), "After Twitter war, Sunil Grover wishes his 'brother' Kapil Sharma a happy birthday", Times Now, अन्तिम पहुँच १६ डिसेम्बर २०१८।
- ↑ "Kapil Sharma: I will do as Ginni says, because I know that she is right - Times of India", The Times of India, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ "Kapil Sharma beats Salman Khan to become the most popular TV personality", The Times of India, ३ सेप्टेम्बर २०१६।
- ↑ "Forbes India Celebrity 100", Forbes India, मूलबाट २७ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१८।
- ↑ "2017 Celebrity 100 - Forbes India Magazine", Forbes India (en-USमा), मूलबाट २२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१७।
- ↑ Kapil Sharma – 20 most admired people in India | The Economic Times (13 May 2015). Retrieved on 16 September 2015.
- ↑ Kapil Sharma: Will do my best for Swachh Bharat Abhiyaan – The Times of India वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति (25 December 2014). Retrieved on 16 September 2015.
- ↑ KoiMoi – Kapil Sharma To Meet President Pranab Mukherjee वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१५ मिति. M.koimoi.com (11 September 2015). Retrieved on 16 September 2015.
- ↑ "Comedian Kapil Sharma on Amritsar's matthi chhole, Scotch whisky, and Punjabis and dieting", The Indian Express, २६ मे २०१६।
- ↑ "Life has changed ever since, says comedian Kapil's family", Hindustan Times, अन्तिम पहुँच १८ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१४ मिति
- ↑ "Mr. Sharma: Seeing my daddy suffer in his last days, I prayed to God to take him", The Times of India।
- ↑ "Apeejay Prominent Alumni - Apeejay College of Fine Arts Jalandhar", acfa.apeejay.edu, अन्तिम पहुँच २५ नोभेम्बर २०१९। वेब्याक मेसिन अभिलेखिकरण १८ सेप्टेम्बर २०२० मिति
- ↑ "Kapil Sharma's personal life in pictures", Bollywood Life, २ अप्रिल २०१६।