कपिल शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपिल शर्मा
सन् २०१६ मा कपिल
जन्म (1981-04-02) २ अप्रिल १९८१ (उमेर ४२)[१]
अमृतसर, पञ्जाब, भारत
राष्ट्रियताभारतीय
पेशा
  • हास्य कलाकार
  • अभिनेता
  • टेलिभिजन प्रस्तुतकर्ता
  • निर्माता
कार्यकालसन् २००७–वर्तमान
चिनारीको कारणद कपिल शर्मा शो, कमेडी नाइट्स विथ कपिल, कमेडी सर्कस
जीवनसाथी
गिन्नी चतरथ
(
वि २०१८)
सन्तान

कपिल शर्मा (जन्म २ अप्रिल १९८१) [१] एक भारतीय स्ट्यान्ड-अप हास्य कलाकार, टेलिभिजन प्रस्तुतकर्ता, अभिनेता र निर्माता हुन्। कपिल 'द कपिल शर्मा सो'को प्रस्तुतीकरणका लागि परिचित छन्। [२] यसभन्दा पहिले उनले टेलिभिजन हास्य कार्यक्रमहरू 'कमेडी नाइट्स विथ कपिल' र 'फ्यामिली टाइम विथ कपिल' आयोजना गरेका थिए।

ओर्माक्स मिडियाले शर्मालाई सन् २०१६ अप्रिलमा सबैभन्दा लोकप्रिय भारतीय टेलिभिजन व्यक्तित्वको दर्जा दिए।[३] फोर्ब्स भारतले सन् २०१६ र सन् २०१७ मा उसको सेलिब्रेटी १०० सूचीमा कपिललाई क्रमशः ११औँ र १८औँ स्थानमा राखेको थियो। [४][५] सन् २०१३ मा, उनी मनोरञ्जन विधामा वर्षको सिएनएन-आइबिएन भारतीय पुरस्कारबाट सम्मानित भएका थिए र सन् २०१५ मा इकोनोमिक टाइम्सद्वारा सर्वाधिक प्रतिष्ठित भारतीय व्यक्तित्व सूचीमा तेस्रो स्थान पाएका थिए।[६] शर्मालाई सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानका लागि स्वच्छता र अन्य सरसफाइ सम्बन्धी सामाजिक मुद्दाहरूको लागि जनचेतना फैलाउन मनोनयन गरेका थिए। [७] आफ्नो कार्यक्रममार्फत अभियानमा संलग्नता र उनको योगदानको लागि कपिललाई तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१५ सेप्टेम्बरमा राष्ट्रपति भवनमा आमन्त्रित गरेका थिए। [८]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

शर्माको जन्म पञ्जाबको अमृतसरमा कपिल पुञ्जको रूपमा भएको थियो।[९] उनका बुबा जीतेन्द्र कुमार पुञ्ज पञ्जाब प्रहरीमा हेड कन्स्टेबल थिए, जबकि उनकी आमा जनक रानी कुशल गृहिणी हुन्।[१०]उनको बुबालाई सन् १९९७ मा क्यान्सरले छोएपछि सन् २००४ मा एम्स दिल्लीमा उनको मृत्यु भएको थियो।[११]उनले श्री राम आश्रम वरिष्ठ माध्यमिक विद्यालय, अमृतसर र अमृतसरको हिन्दू कलेजमा अध्ययन गरेका हुन्। उनी जालन्धरको एपिजे कलेज अफ फाइन आर्ट्सको लोकप्रिय पूर्व छात्रको सूचीमा छन्।[१२] शर्माको एक भाइ अशोक कुमार शर्मा प्रहरी कन्सटेबल हुन् भने बहिनी पूजा पवन देवगन छिन्।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Banerjee, Anindita (२ अप्रिल २०१८), "After Twitter war, Sunil Grover wishes his 'brother' Kapil Sharma a happy birthday", Times Now, अन्तिम पहुँच १६ डिसेम्बर २०१८ 
  2. "Kapil Sharma: I will do as Ginni says, because I know that she is right - Times of India", The Times of India, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  3. "Kapil Sharma beats Salman Khan to become the most popular TV personality", The Times of India, ३ सेप्टेम्बर २०१६। 
  4. "Forbes India Celebrity 100", Forbes India, मूलबाट २७ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१८ 
  5. "2017 Celebrity 100 - Forbes India Magazine", Forbes India (en-USमा), मूलबाट २२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  6. Kapil Sharma – 20 most admired people in India | The Economic Times (13 May 2015). Retrieved on 16 September 2015.
  7. Kapil Sharma: Will do my best for Swachh Bharat Abhiyaan – The Times of India वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति (25 December 2014). Retrieved on 16 September 2015.
  8. KoiMoi – Kapil Sharma To Meet President Pranab Mukherjee वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१५ मिति. M.koimoi.com (11 September 2015). Retrieved on 16 September 2015.
  9. "Comedian Kapil Sharma on Amritsar's matthi chhole, Scotch whisky, and Punjabis and dieting", The Indian Express, २६ मे २०१६। 
  10. "Life has changed ever since, says comedian Kapil's family", Hindustan Times, अन्तिम पहुँच १८ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१४ मिति
  11. "Mr. Sharma: Seeing my daddy suffer in his last days, I prayed to God to take him", The Times of India 
  12. "Apeejay Prominent Alumni - Apeejay College of Fine Arts Jalandhar", acfa.apeejay.edu, अन्तिम पहुँच २५ नोभेम्बर २०१९ 
  13. "Kapil Sharma's personal life in pictures", Bollywood Life, २ अप्रिल २०१६। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]