बोनस शेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कम्पनीको विद्यमान शेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने शेयर लाई बोनस शेयर (अङ्ग्रेजी: Bonus Share) भनिन्छ । यस्तो शेयर कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 

बोनस शेयर सामान्यतया शेयरधनीले लिएको शेयर संख्याको आधारमा वितरण गरिन्छ ।  बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने भएता पनि कम्पनीको मूल्यमा असर भने पार्दैन । बोनस शेयर जारी गर्दा कम्पनीको मुनाफा वा जगेडाको रकमलाई पूँजीमा परिणत गर्ने गर्दछ ।

नेपालको कम्पनी ऐन, २०६३ अनुसार बोनस शेयरलाई "कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीहरूलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ ।"[१]  भनि परिभाषित गरेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]