हेटौंडा गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ हेटौँडा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति१८ पुस-२३ पुस
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब
उप-विजेतामनाङ मर्स्याङ्दी

हेटौडा गोल्डकप २०७३ फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको थियो। विसं २०७३ पुस २३ गते शनिबार हेटौँडामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।

खेलको १८औँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। भरतले दिपक गुरुङको उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। आर्मीका लागि खेलको ८४औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई २–० को जित दिलाएका थिए। खेलको १९औँ मिनेटमा ओलावाले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो ।

उपाधिसँगै विजेता आर्मीले नगद पाँच लाख रुपैयाँ हात पारेको थियो भने उपविजेता मनाङले तीन लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भएको थियो।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम :(रू.५,००,०००)
  • द्वितीय :(रू.३,००,०००)

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

फाइनल खेल[सम्पादन गर्नुहोस्]

नेपाल मनाङ मर्स्याङ्दी क्लब ०-२ नेपाल नेपाल आर्मी फुटबल क्लब
भरत खवास Goal १८'
सन्तोष तामाङ Goal ८४'

अवार्ड[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोल रक्षक पनि आर्मीकै विकेश कुथु, डिफेन्डर मनाङका विराज महर्जन, मिडफिल्डर आर्मीका सन्तोष तामाङ, फरवार्ड आर्मीका भरत खवास र प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए। उनीहरूले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]