विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रोनाल्डिन्हो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोनाल्डिन्हो[सम्पादन गर्नुहोस्]

रोनाल्डो डे एस्सिस मोरेइरा

रोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८०) सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासोको नामले चिनिन्छ । उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर समयानुकूल उनी अग्रपंक्तिविङ्गरको रूपमा समेत खेल्ने गरेका थिए । उनी युरोपेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन तथा एसी मिलानका साथै ब्राजिल राष्ट्रिय टिमको लागि लामो समयसम्म फुटबल खेलेका थिए । फुटबल विशेषज्ञ, पारखी तथा प्रशंसकहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीको रूपमा व्याख्या गरेका छन् । रोनाल्डिन्होले फ्लामिङ्गोमा खेल्नु भन्दा पहिले पेरिस सेन्ट-जर्मेन, एफसी बार्सिलोना र एसी मिलानको लागि खेल्थे । स्पेनी क्लबमा खेल्दै उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत हासिल गरे र सन् २००५ मा बेलोन डी'ओरको सम्मान प्राप्त गरे । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८४१, अक्षर: ४१९.५, स्पेस: १२७
  • मुख्य सम्पादक: Nirmal Dulal
  • आवेदनकाे कारणहरू: चर्चित फुटबल खेलाडी भएको
२०१८ अगस्त ३१, ०२:५२:५३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) ०२:५४, २३ अगस्त २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रामुख लेख घोषित । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:११, ३१ अगस्त २०१८ (युटिसी(UTC))