एमवन लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमवन लिमिटेड
व्यवसाय प्रकार
निजी कम्पनी
व्यावसायिक रूपढाँचा:Sgx
उद्योगदुरसंचार
स्थापितसिङ्गापुर (अगस्ट १९९४ (1994-08))
केन्द्रीय कार्यालय
१० अन्तर्राष्ट्रिय ब्यापर पार्क, सिङ्गापुर
सेवा क्षेत्र
सिङ्गापुर
मुख्य व्यक्ति
सेवाहरू
  • मोबाइल
  • इन्टरनेट
राजश्वह्रास एसजी$,०६०.९ मिलियन (२०१६)
परिचालन आय
ह्रास एसजी$३१२.१ मिलियन (२०१६)
ह्रास एसजी$१४९.७ मिलियन (२०१६)
कुल सम्पत्तिवृद्धि एसजी$१,१४६.६ मिलियन (२०१६)
कुल इक्विटीह्रास एसजी$४०३.४ मिलियन (२०१६)
मूल सङ्गठनआजीयाटा
वेबसाइटwww.m1.com.sg

एमवन लिमिटेड (पहिला मोबाइलवनको रूपमा चिनिने) गणतन्त्र सिङ्गापुरमा रहेका तिन प्रमुख दुरसञ्चार कम्पनी, स्टारहब र सिङ्टेलबाहेकको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो । एमवन डिसेम्बरमा २००२ मा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्यो र यसले यही वर्षबाट एमवन एमएमएस सुरु गरेको थियो ।

२२ फेब्रुअरी २०१७ सम्म, प्रमुख शेयरधनीहरू जस्तै आजीयाटाले (२८.५४%), केपेल टेलीकम (१९.२३%) र एसपीएच मल्टीमीडिया (१३.३८%) क्रमश लगानी गरेका थिए र बाँकी शेयर संस्थागत र सार्वजनिक लगानीकर्ताहरूको स्वामित्वमा रहेकोे छ । यसले २००३ मा सिङ्गापुरमा पहिलो व्यावसायिक ३ जी सेवा सञ्चालन गरेको थियो भने २०१३ मा ४ जी सेवाको थालनी गरेको थियो ।

सेवा क्षेत्र, उत्पादन, र सेवाहरू[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१६ मा आईएमडीए परिणामहरूका अनुसार, एमवनले आफ्नो ४ जी सेवा ९९.४९% सम्म भेट्ने सेवा क्षेत्र (कभरेज) बिस्तार गरेको छ । [१]

एमवन सिङ्गापुरमा तीन प्रमुख पूर्ण सेवा सञ्चार प्रदायकहरू मध्ये एक हो । मोबाइल र फिक्स्ड-लाइन ग्राहकहरूका लागि यसले ३ जी र ३.५ जी / ४ जी/ एलटिइ-ए नेटवर्कमा आफ्नो गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यसमा एसएमएस, एमएमएस, वाप, जिपिआरएस, ३ जी, ३.५ जी र ४ जी पर्दछन् । सिंगापुर ४ जी एलटीइ र 4 जी एलटीइ-ए सञ्जालको सुरुवात गर्न यो पहिलो टेलिकम सेवा प्रदायक थियो । यसले प्रीपेड मोबाइल सेवाहरू जस्तै एम कार्ड ब्रान्ड अन्तर्गत प्रीपेड डेटा प्लानहरूको सेवा प्रदान गर्दछ । यो एक प्रीपेड ४ र २ जी सेवा प्रस्ताव गर्ने सिंगापुरका दुरसञ्चारहरू मध्य एक हो । यसले एम १ सेवा पनि प्रदान गरेको थियो जुन अप्रिल २०१७ मा बन्द गरिएको थियो ।

एमवन ले १९९७ मा मोबाइल-सञ्चार बजारमा आफूलाई बिस्तार गरेपछि यसले जीएसएम सेवाहरू आफ्नो ग्राहकहरू माझ पेश गरेको थियो । १९९८ मा एमवनले सीडीएमए लाई सिंगापुरमा दोस्रो मोबाइल नेटवर्कको रूपमा बिस्तार गरेको थियो । यद्यपि, यसले सीडीएमएलाई २००१ मा आफ्नो जीएसएम नेटवर्कमा सारेको थियो । यो कारणले गर्दा सीडीएमएको सेवालाई ३ जी को विकासमा लगाइएको थियो ।

कम्पनीले १९९६ मा सिंगापुरको पहिलो मोबाइल ब्रडब्यान्ड सेवा सञ्चालन गर्यो, जसलाई एमवन ब्रडब्याण्डको नाम दिइएको थियो र २००८ मा निश्चित ब्रडब्यान्ड सेवाहरू प्रदान गरेको थियो। २०१० मा, यसले सिंगापुरमै पहिलो फाइबर ब्रडब्यान्ड सेवा सुरु गरेको थियो जसले गर्द यो टेलिकम सिङ्गापुरमा लोकप्रिय बन्न सफल भएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

२०१७[सम्पादन गर्नुहोस्]

  • दक्षिणपूर्वी एसियाको पहिलो व्यापारिक राष्ट्रव्यापी एनबी-आईओटी सञ्जालको सुरुवात
  • डिजिटल मोबाइल रेमिटेन्स सेवाको सुरुवात ।[२]
  • २ जी सेवाको सञ्चालनमा बन्द ।[३]

२०१३[सम्पादन गर्नुहोस्]

  • ४ जी सेवाको थालनी[४]

२००९[सम्पादन गर्नुहोस्]

  • इन्टेलपछिको सिंगापुरको पहिलो प्रीपेड ब्रडब्यान्ड सेवा सुरु भयो ।
  • सिङ्गापुरमा पहिलो प्रिपेड ब्रोडब्याड सेवा सुरु भयो ।
  • पहिलो पटक एडिएसएल सेवा सुरु गरियो ।

२००५[सम्पादन गर्नुहोस्]

  • सिङ्गापुरमा पहिलो व्यावसायिक ३ जी सेवा गरेको थियो ।
  • नि: शुल्क आगमन कलहरूसँग सिंगापुरको एक मात्र पूर्व-भुक्तानी कार्ड परिचय गराइएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]