बालचन्द्र पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बालचन्द्र पौडेल
चित्र:Bal Chandra Poudel Nepali Congress.png
व्यक्तिगत विवरण
जन्म
बालचन्द्र पौडेल

(१९६१-०७-२२)२२ जुलाई १९६१
रसुवा, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस
जीवन साथीराधा पौडेल
पेशाराजनीतिज्ञ


२००४ सालमा गठन भएको पार्टी नेपाली काँग्रेसको नेता पौडेलको जन्म १९६१ जुलाइ २२ तारिकमा भएको थियो। नेपाली काँग्रेसमा विद्यार्थी काल देखि राजनिती गर्दै आएका पौडेलले रसुवामा नेपाली कांग्रेसको स्थापना गरे। पटक पटक पन्चायत कालमा जेल परेका पौडेलले झन्डै २ दशक नेपाली काँग्रेसको जिल्ला सभापती रहे। २०३४ साल देखि नेपाली काँग्रेसमा योगदान दिदै आएका पौडेल, रसुवाबाट एकमात्र आन्दोलनमा सङ्लग्न नेता थिए। २०४६ सालको आन्दोलनमा रसुवाको एकमात्र नेपाली काँग्रेसमा सकृय नेताका रूपमा परिचित थिए। यसकारण उनले २०५१ सालमा चुनावमा उम्मेदवार बन्ने मौका पाए। रसुवामा एक्लो व्यक्तिले स्थापना गरेको नेपाली काँग्रेस चुनावमा बलियो रूपमा प्रस्तुत भएपछि नेपाली काँग्रेसमा पौडेलको सकृयता देखियो। सकृय नेता भए पनि उनी थोरै मतले पराजित भए।

संविधानसभा चुनाव २०६४[सम्पादन गर्नुहोस्]

२०६४ को संविधानसभाको चुनावी प्रचारप्रसारमा पौडेलमथि २५ जना माओवादी कार्यकर्ताहरूले हतियार चलाइ घाइते बनैदिएका थिए। झडपमा झन्डै २० जना काङ्रेसका कर्याकर्ता घाइते भएका थिए। घाइते पौडेललाई हेलिकप्टरबाट काठमाडौ ल्याइयो र टिचिङ अस्पतालमा राखियो। तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको आदेशमा नेपाली सेनाले स्पेसल टीम तयार गरेर घटनाको छानबिन गरेको हो। घटना पछि पौडेल चुनावी प्रचारप्रसारमा फर्किन सकेनन र चुनावमा पराजित भए।

२०६८मा उम्मेदवारी फिर्ता[सम्पादन गर्नुहोस्]

२०६८ सालको काङ्रेसको महाअधिबेशनमा वाग्मती अन्चलबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गरेका पौडेलले केही कारण बस उम्मेदवारी फिर्ता लिएका थिए। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. [http:/https://www.kantipurdaily.com/other/2010/09/19/318046.html/ "२१ जना द्वारा उम्मेदवारी फिर्ता"], Kantipur, www.kantipurdaily.com, २०६८।