बेलाइततिर बरालिँदा
स्वरूप
लेखक | तारानाथ शर्मा |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | नियात्रा |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं.२०२६ |
पुरस्कार (हरू) | मदन पुरस्कार वि.सं.२०२६ |
बेलाइततिर बरालिँदा तारानाथ शर्माद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको नियात्रा हो। यस कृतिले वि.सं २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।[१]
कथावस्तु
[सम्पादन गर्नुहोस्]कृतिमा लेखकका बेलायत यात्राका रोचक र घोचक अनुभूतिहरू छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव लिन सक्छन्। कतै बेलाइतीहरूका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन्, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन्, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन् ।
वि. स. २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको यो कृति झारों र लालित्यपूर्ण भाषा रसस्वादनाका लागि समेत प्रसिद्ध छ ।