वारिद पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वारिद
मौलिक नाम
وارد
पूर्व नाम
जेम, जाही
पूर्व प्रकार
दूरसञ्चार सेवा प्रदायक
उद्योगदूरसञ्चार
भवितव्यताजज्मा समायोजन
उत्तराधिकारीजज्
स्थापितसन् २००४
बन्दजनवरी १०, २०१७ (2017-01-10)
केन्द्रीय कार्यालयकराची, पाकिस्तान
मुख्य व्यक्ति
आमिर इब्राहिम[१]
(प्रमुख कार्यकारी अधिकृत)
मुनिर फारोकी[२]
(पहिलाको प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूमोबाइल सेवाहरू
डाटा सेवा
मोबाइल बेङ्किङ
ब्ल्याकबेरी समाधान
वेबसाइटwww.waridtel.com

वारिद पाकिस्तान विमोसप्र,एचएसपिए+एलटिइ[३] सञ्जाल आधारित पाकिस्तानको एक दूरसञ्चार सेवा प्रदायक हो। वारिद पाकिस्तानी दूरसञ्चार बजारमा प्रवेश गर्ने सातौँ दूरसञ्चार कम्पनी हो। मध्य पूर्वमा रहेको बहु उद्योग कम्पनी, अबु धाबी समूह र पाकिस्तानका प्रमुख लगानीकर्ताहरूले यसको सेवाको व्यवसायीक सञ्चालन २३ मे २००५ मा गरेका थिए। दूरसञ्चारको क्षेत्रमा य समूहको पहिलो कम्पनी थियो।[४]

वारिद पाकिस्तानको चौथो सबैभन्दा ठूलो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली मोबाइल सेवा प्रदायक र ग्राहकहरूको आधारमा पाँचौ ठूलो मोबाइल सेवा प्रदायक थियो जसका १ करोड २९ लाख प्रयोगकर्ताहरू रहेका थिए। यसले पाकिस्तानी दूरसञ्चार सेवा क्षेत्रमा ९% बजार साझेदारी गरेको थियो।

२६ नोभेम्बर २०१५ मा, भिम्पेलकम र अबु धाबी समूहले मोबिलिङ्क र वारिदलाई एउटै कम्पनीको रूपमा समायोजन गर्ने सम्झौता पक्का गरेका थिए।

६ जनवरी २०१७ मा, मोबिलिङ्क र वारिद कम्पनीका संयुक्त कार्यकारी अधिकृतलेले नयाँ ब्राण्ड जज्को सुरुवात गर्ने घोषण गरेका थिए।[५][६] १० जनवरी २०१७ मा, मोबिलिङ्क बन्द भएको थियो भने वारिदले त्यसको एक वर्ष सम्म सेवा प्रदान गरिरहेको थियो।[७]

इतिहास[सम्पादन गर्नुहोस्]

पाकिस्तान दूरसञ्चनर प्राधिकरणले दुई मोबाइल सेवा प्रदायकहरू टेलेनर पाकिस्तान र स्पेस टेलीकमलाई इजाजत पत्र प्रदान गरेको थियोे । स्पेस टेलीकमकको सम्झौता अनुसार तोकिएको रकमको ५०% भुक्तानी रकम म्याद सकिदा पनि नतिरेका कारण यसको इजाजतपत्र रद्द गरिएको थियो । त्यसपछि पाकिस्तान दूरसञ्चनर प्राधिकरणले अर्को दूरसञ्चार सेवा प्रदायक कम्पनी वारिदलाई इजाजत पत्र प्रदान गरेको थियोे ।

वारिदको मालिक कम्पनी, अबू धाबी समूहका प्रमुख कार्यकारी अधिकृत श्री बशिर ताहिर को नेतृत्वमा २९१ मिलियन अमेरिकी डलर मार्फत इजाजत पत्र प्राप्त गरेको थियोे ।

२३ मे २००५ मा वारिदले व्यावसायिक रूपमा सेवा सञ्चालन गरेको थियोे । श्री हामिद फारोकी, कम्पनीका कर्यकारी अधिकृतको रूपमा नियुक्त गरिएका थिए । सुरूमा यसले २८ मुख्य शहरहरूमा आफ्नो सेवा सुरू गरेको थियोे जसमा यो त्यतिबेलाको सबै भन्दा धेरै शहरहरूमा सेवा पुर्‍याउने दूरसञ्चार सेवा प्रदायक बनेको थियोे जसमा यसले पहिलो चरणमा १५० मिलियन अमेरिकी डलर लगानी गरेको थियोे । ८० दिनभित्रमा, वारिदले दश लाख ग्राहकहरूकासाथ ७ % बजार साझेदारी गरेको छ ।[८]

लगानीको दोस्रो चरणमा, वरिदले १ अरब अमेरिकी डलरका साथ पाकिस्तानका अन्य शहरहरूमा पनि सञ्चालन सुरु गरेको थियोे ।यसले थप ३.४ मिलियन प्रयोगकर्ताहरू हासिल गरेको थियो १० % बजार साझेदारी गरेको थियोे । यसको प्रथम वार्सिकोत्सबमा यसले ९.७ मिलियन प्रयोगकर्ता हासिल गरेको थियो ।

मोबिलिङ्कसँग समायोजन[सम्पादन गर्नुहोस्]

वारिद टेलिकमले पहिलानै मोबिलिङ्कको साथ नोभेम्बर २०१५ मा यसको समायोजन घोषणा गरेको थियो ।[९] यस प्रस्ताव पाकिस्तान दूरसञ्चार प्राधिकरणमा समीक्षाको अधीनमा रहेकोे थियो । निरीक्षणक रहेको पाकिस्तान दूरसञ्चार प्राधिकरणले २४ मे २०१६ मा समायोजन गर्न अनुमानि दिएको थियो ।

यस समायोजन पछि वारिदका ग्राहकहरूले नयाँ जज सेवा केन्द्रहरूमा आफ्नो सिम कार्डहरू बदल्न परेको थियोे जहाँ वारिदका प्रयोगकर्ताहरूले सिम कार्डहरू निःशुल्क प्राप्त गरेको थिए ।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "वारिदको सुरूवात", आइटिपी डट नेट, अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 
  2. "वारिद ४ जी टेलिकम", अन्तिम पहुँच १९ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०८ मिति
  3. "वारिद टेलिकमको बारेमा", अन्तिम पहुँच १ ९ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०८ मिति
  4. "मोबिलिङ्क र वारिद जज् ब्राण्डमा समायोजन हुने", २०१७-०१-०६, अन्तिम पहुँच २०१७-०१-१० 
  5. "मोबिलिङ्क र वारिद हाल एक सुखी परिवार बनेका छन् — तर ग्राहकहरूको लागि यसमा के छ?", डाउन डटकम, २०१७-०७-२३, अन्तिम पहुँच २०१७-०१-१० 
  6. "आधिकारिक रूपमा मोबिलिङ्क र वारिदको पुनर्गठन", पाक अर्बिट, अन्तिम पहुँच १८ जुलाई २०१९ 
  7. "समाचार केन्द्र", एरिक्सन डटकम, अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 
  8. "मोबिलिङ्क र वारिद समायोजन भइ एकै कम्पनी बनेका छन्", हचपोछ पोस्ट, २०१५-११-२६, अन्तिम पहुँच २०१६-०५-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१२ मिति
  9. "वारिदका ग्राहकहरूले सिम कार्डहरू निःशुल्क प्राप्त गरेको छन्", २०१७-०१-१०, अन्तिम पहुँच २०१७-०१-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

वारिदको आधिकाधिक वेबसाइट