मोबिलिङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोबिलिङ्क लिमिटेड
मौलिक नाम
موبی لنک
पूर्व नाम
जज्, इन्डिगो
उद्योगदूरसञ्चार
विधानियन्त्रित कम्पनी
भवितव्यताजज्मा समायोजित
उत्तराधिकारीजज्
स्थापित११ जून १९९४[१]
स्थापनाकर्ताजमशिद शहाजद खान रिन्द बालोच[२]मोटोरोला
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
पाकिस्तान[४]
मुख्य व्यक्ति
जमशिद शहाजद[५]
(अध्यक्ष र प्रकाअ)
उत्पादनहरूमोबाइल टेलिफोन, वाइम्याक्स, भिओआइपि, डिएसएल, पिसिओ मोबाइल बैङ्किङ[६]
राजश्व१०४ बिलियन पाकिस्तानी रुपैया (२०१६)
मालिकडेरिक रोज
कर्मचारी सङ्ख्या
२३००
मूल सङ्गठनभिम्पेलकम लिमिटेड
वेबसाइटwww.mobilink.com.pk

मोबिलिङ्क पाकिस्तान मोबाइल सञ्चार लिमिटेड (पीएमसीएल) को एक व्यापारिक नाम थियो । यो पाकिस्तानको एक मोबाइल परिचालकको हो जसले दुवै व्यक्तिगत र कर्पोरेट ग्राहकहरूलाई प्रीपेड र पोष्टपेड सुबिधा सहित भ्वाईस र डाटा का साथ दूरसञ्चार सेवा प्रदान गर्दछ । यसको मुख्यालय पाकिस्तानको राजधानी इस्लामाबादमा अवस्थित छ र हालका प्रमुख कार्यकारी अधिकृत जामसिद शहाजद हुन् । यस नेटवर्कले दक्षिण एसियसमा पहिलो जीएसएम-आधारित मोबाइल सञ्चालक भएको दाबी गरेको छ । यसले पाकिस्तानक २०००० वटा भन्दा बढि शहर , गाउँ वा क्षेत्रहरूमा आफ्नो सेवा क्षेत्र बिस्तार गरेको थियो । यसले वाइम्याक्सका साथै मोबाइल बैङ्किङ जस्ता अतिरिक्त सेवाहरू पनि ल्याएको छ । यसमा हाल २३०० जना कर्मचारीहरू कार्यरत छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

मोबिलिङ्कले १९९० मा पाकिस्तानमा पहिलो जीएसएम सेल्युलर मोबाइल सेवा सुरू गरेको थियो । यो सेफ समूह र मोटोरोला इंकको संयुक्त उद्यम हो । जसले यसलाई पछि इजिप्ट-आधारित बहुराष्ट्रिय कम्पनीमा ओरास्कम दूरसञ्चारलाई बेचेका थिए र त्यसपछि पनि यस कम्पनीलाई भिप्पेलकम टेलिकम, एक रुसी कम्पनीलाई बेचेको थियो ।

ओरास्कम समूह, जो औपचारिक रूप देखिनै मोबिलिङ्क ट्रन्सवल्ड एसोसिएट्स नामक कम्पनीको प्रमुख शेयर रहेकोे छ जसले समुद्र तल फाइबर-अप्टिक केबल सञ्चालन गरेको छ जसमा यसले कराची, पाकिस्तान देखि फुजैरा संयुक्त अरब इमिरेट्ससम्म यस तार सञ्चालन गरेको छ ।

मोबिलिङ्क फाउन्डेसन[सम्पादन गर्नुहोस्]

मोबिलिङ्क फाउन्डेसन एक दर्तित गैर-लाभकारी सङ्गठन हो, जसले स्थानीय समुदायहरूलाई आर्थिक तथा कुनै न कुनै सहयोग गर्दछ । एक परोपकारी सङ्गठन भएकोमा, यो विशेषाधिकार कर्मचारी स्वयंसेवकवादमा आधारित छ । मोबिलिङ्क फाउन्डेशनको लागि दान गरिएको प्रत्येक रुपैया वा पैसा सीधै दान अथवा आर्थिक सहयोगमा जान्छ ।

अन्य नि:शुल्क इन्टरनेट सेवा[सम्पादन गर्नुहोस्]

मोबिलिङ्कले विकिमिडिया फाउन्डेसन विकिपिडिया जेरो निःशुल्क सेवा प्रदान गरेको थियो । यसमा नि: शुल्क फेसबुक फोटो रहित उपलब्ध रहेकोे थियो ।

वारिदसँग समायोजन[सम्पादन गर्नुहोस्]

मोबिलिङ्क पहिलानै वारिद टेलिकमको साथ नोभेम्बर २०१५ मा यसको समायोजन घोषणा गरेको थियो ।[७] यस प्रस्ताव पाकिस्तान दूरसञ्चार प्राधिकरणमा समीक्षाको अधीनमा रहेकोे थियो । निरीक्षणक रहेको पाकिस्तान दूरसञ्चार प्राधिकरणले २४ मे २०१६ मा समायोजन गर्न अनुमानि दिएको थियो । जनवरी २०१७ मा, मोबिलिङ्कका प्रमुख कार्यकारी अधिकृत , आमिर इब्राहिमले यी दुबैको समायोजन पछिको नाम जज् [८][९] हुने घोषण गरेका थिए र पाकिस्तानमा ४ जी सेवा सुरू गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. मोर म्यागजिन, "मोबिलिङ्कले २० औँ वार्सिकोत्सब मनएको छ", मोर म्यागजिन, अन्तिम पहुँच १७ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०१५ मिति
  2. "जमशिद शहाजद -कार्यकारी व्यवस्थापन", अन्तिम पहुँच १७ जुलाई २०१५ [dead link]
  3. "हाम्रो बारेमा", मोबिलिङ्क, अन्तिम पहुँच १७ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१५ मिति
  4. "सेवा क्षेत्र", मोबिलिङ्क, अन्तिम पहुँच १७ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१५ मिति
  5. "मोबिलिङ्क - सबैको मनमा हरेक दिन", मोबिलिङ्क, अन्तिम पहुँच १७ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१५ मिति
  6. "मोबिलिङ्क र वारिद समायोजन भइ एकै कम्पनी बनेका छन्", हचपोछ पोस्ट, २०१५-११-२६, अन्तिम पहुँच २०१६-०५-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१२ मिति
  7. "समायोजन हुन अनुमानि प्राप्त", द न्युज डटकम डट पिके, अन्तिम पहुँच २०१६-०५-२५ 
  8. "वारिद र मोबिलिङ्क समायोजन भइ जजसँग मिलेका छन्", २०१७-०१-०६, अन्तिम पहुँच २०१७-०१-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१५ मिति