पेलेफाेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Pelephone Communications Ltd
פלאפון תקשורת בע"מ
व्यवसाय प्रकार
लिमिटेड कम्पनी
उद्योगमोबाईल फोन, दूरसञ्चार
स्थापित१९८६
केन्द्रीय कार्यालय
33 Yitzhak Rabin Road, Givatayim
,
सेवा क्षेत्र
इजरायल
मुख्य व्यक्ति
रान गुरोन (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूसिडिएमए वान, सिडिएमए२००० इभी-डिआे, युएमटिएस, डिसी-एचएसपिए+, एलटिइ
राजश्व
  • ह्रास६५८ मिलियन (२०१६)[१]
  • ₪७२१ मिलियन (२०१५)
परिचालन आय
  • ह्रास₪८ मिलियन (२०१६)
  • ₪५३ मिलियन (२०१५)
  • ह्रास₪१३ मिलियन (२०१६)
  • ₪४९ मिलियन (२०१५)
मालिकबेजेक
वेबसाइटwww.pelephone.co.il

पेलेफोन एक इजरयली मोबाइल सञ्जाल सञ्चालक हो, र इजरायलमा मोबाइल टेलिफोन सेवाहरू प्रस्ताव गर्ने पहिलो कम्पनी हो । जुन २०१७ का अनुसार, पेलफोनका २.२६ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

नोभेम्बर १९८३ मा मोटोरोलालाई इजरायलको पहिलो मोबाइल फोन सञ्जाल निर्माण गर्न सम्झौता गरिएको थियो र सम्झौता गरेपछि मोटोरोला र ताडिरान (हाल बेजको स्वामित्वमा) को बीच यो एक संयुक्त उद्यमको रूपमा कम्पनीको स्थापना गरिएको थियो । पेलेफोनले आफ्नो मोबाइल फोन नेटवर्कको मार्च १९८६ मा सञ्चालन सुरू गरेको थियोे ।पेलेफोनको पहिलो टेलिभिजन बिज्ञापन इजरायलका अभिनेता हानन गोल्डब्लट लाई उतारिएको थियो ।

१९९४ मा बेजेकले पेलेफोनको ५०% स्वामित्व हासिल गरेको थियोे र सन् २००३ मा यसको सह मालिक कम्पनी मोटोरोलाबाट कम्पनीको पूर्ण स्वामित्व हासिल गरेको थियोे ।

डिसेम्बर २०११ मा पेलेफोनले "रमी लेभी सञ्चार"को आयोजक नेटवर्क बन्यो । २०१२ को अनुसार, पेलेफोनले बताएअनुसार यसमा ४,५०० कर्मचारी कार्यरत छन्, तथापि कर्मचारी सङ्धका अनुसार कर्मचारीहरूको सङ्ख्या ३,८०० रहेको छ ।

युफोन (एलोन सेलुलर), पेलेफोन नेटवर्कको सदस्य थियोे । यो एक इजरायली कम्पनी एलन ब्लू स्क्वायर इजरायलको एक सहायकको रूपमा स्थापित भएको थियो तर सन् २०१५ बाट यो पेलफोनद्वारा पूर्ण रूपमा स्वामित्व गरिएको छ र पेलेफोन सँग यसको सञ्चालनहरु समायोजन गरिएको छ ।

नेटवर्क[सम्पादन गर्नुहोस्]

८५०/२१०० मेगाहर्ज ब्यान्डमा एक युएमटिएस नेटवर्क सन् २००९ को सुरुवात र त्यस वर्षको मार्चमा सुरु भयो । पेलेफोन सीडीएमए प्रणाली प्रयोग गर्ने मोबाईल फोन बेच्न रोकेको थियोे । २०१० को मध्यमा, युएमटिएस नेटवर्कलाई एचएसपिए+ मा अपग्रेड गरेको थियो । २०१४ मा कम्पनीले १८००० मेगाहर्ज ब्यान्डमा एक एलटिइ नेटवर्क सञ्चालन गरेको छ ।

अप्रिल २०१७ मा, पेलेफोनले ग्रीष्म ऋतुमा आफ्नो सीडीएमए सञ्जाल बन्द गर्न योजना घोषणा गरेको थियोे र २८ जून २०१७ मा बन्द पनि गर्यो ।[३]

सेवा र सञ्चालन[सम्पादन गर्नुहोस्]

सन् १९९४ मा सेलकमको स्थापना भएसँगै मोबाइल सञ्जाल सञ्चालकको रूपमा पेलेफोनको एकाधिकार तोडिएको थियोे र सन् १९९९ मा तेस्रो प्रतियोगी, पार्टनर (पहिला आेरेन्जको रूपमा चिनिन्छ) स्थापित भएको थियोे ।

हाई मोबाईल[सम्पादन गर्नुहोस्]

११ अप्रिल, २०१६ मा, पेलेफोनले नयाँ मोबाइल ब्रान्ड "हाई-मोबाइल"को सुरुवात गरेको थियोे ।[४]

पिमोबाईल[सम्पादन गर्नुहोस्]

अप्रिल २०१६ मा, पेलेफोनले एक मोबाइल ब्रान्ड "पिमोबाइल"को पनि सुरुवात गरेको थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट