बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड (बीटीसीएल)
व्यवसाय प्रकार
सरकारी
उद्योगदूरसञ्चार
स्थापित१९७१; ५३ वर्ष अघि (१९७१) (बिटिटिबीको रूपमा)
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
उत्पादनहरूटेलिफोन, , इन्टरनेट
वेबसाइटबीटीसीएल.गव.बीडी

बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड बङ्गलादेशकै सबैभन्दा ठूलो दूरसंचार कम्पनी हो । कम्पनी १९७१ मा बङ्गलादेशको स्वतन्त्रता पछि बङ्गलादेश टेलिग्राफ र टेलिफोन बोर्ड (बीटीटीबी) रूपमा स्थापित गरिएको थियो ।[१] १ जुलाई २००८ मा बीटीटीबी एक सार्वजनिक सीमित कम्पनी भयो र यसलाई बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड वा बीटीसीएलको नामकरण गरिएको थियो । बङ्गलादेश सरकारले प्रारम्भिक रूपमा सबै बीटीसीएलको शेयरको आफ्नो स्वामित्व राखेको थियो, तर अर्को वर्ष देखि सार्वजनिक रूपमा शेयर बेच्दिने घोषण गरेको थियो । बीटीसीएलको मूल्य अनुमानित ৳१५,००० करोड (৳१५० बिलियन) रहेकोे छ । बीटीसीएलको कुल १२,६३६ अधिकारी र कर्मचारीहरू छन् ।

बीटीसीएलले बङ्गलादेशका शहरी क्षेत्रहरूमा ल्यान्ड-लाइन टेलिफोन सेवा प्रदान गर्दछ, जसमा घरेलू लामो लामो दूरीमा कल र अन्तर्राष्ट्रिय सेवाहरूका साथै इन्टरनेट सेवा समेत समावेश छ । सन् २००४ मा, बङ्गलादेश सरकारले निजी कम्पनीहरूमा थुप्रै पिएसटिएन अनुमती पत्र जारी गर्यो, तर तिनीहरू ढाका बजारमा सेवाहरू प्रदान गर्नबाट रोकिएका थिए । अन्य सञ्चालकहरूले २००७ देखि अनुमति पत्र पाएपछि बिटिसिएलको एकाधिकर तोडिएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सुरुवाती इतिहास[सम्पादन गर्नुहोस्]

तारप्रेषण विभाग अन्तर्गतको हुलाक तथा तारप्रेषण शाखा सन् १९५३ मा त्यसबेलाको बेलायती भारतमा बनाइएको थियो र पछि तारप्रेषण ऐन-१८८५ अन्तर्गत यसलाई नियमन गरिएको थियो। तारप्रेषण शाखा सन् १९६२ मा पूर्वी पाकिस्तानमा, पाकिस्तान तारप्रेषण तथा दूरभाष विभागको रूपमा पुन: निर्माण गरिएको थियो।

पूर्व स्वतन्त्रता[सम्पादन गर्नुहोस्]

कम्पनीको पुरानो लोगो बङ्गलादेशको स्वतन्त्रता पछि, बङ्गलादेश तारप्रषण र दूरभाष विभागले सन् १९९७ मा हुलाक र दूरसञ्चार मन्त्रालयको अधिनमा यसलाई स्थापित गरिएको थियो। यसलाई १९७९ अधिसूचना, तारप्रेषण र दूरभाष विभागलाई, बङ्गलादेश तारप्रेषण र दूरभाष विभमग नामक सरकारी विभागमा परिवर्तित गरिएको थियो।

बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड[सम्पादन गर्नुहोस्]

१ जुलाई २००८ मा, बङ्गलादेश तारप्रेषण तथा दूरभाष विभाग, एक सरकारी स्वामित्वको सार्वजनिक लिमिटेड कम्पनीलाई बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेडमा नाम सारेको थियो।[१] बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेडले ग्राहकहरूको लागि एक २४ सै-घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरेको छ।[२] कम्पनीका अनुसार ढाकामा ग्राहकहरू नम्बरमा कल गर्न र बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड कार्यलयमामा सिकायत गर्न पाउने व्यवस्था रहेकोे छ।

इन्टरनेट सेवाहरू[सम्पादन गर्नुहोस्]

बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेडले देशका सबै ६४ जिल्लाहरूमा डायल अप इन्टरनेट सेवा प्रदान गर्दछ, जसले गर्दा देशमा सबैभन्दा पहुँचयोग्य इन्टरनेट प्रदायक बन्न सफल रहेको छ। जनवरी २००९ को यसको कुल डायल अप ग्राहक ३२,४३३ छन्। २००७ को शुरुवात देखिनै बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेडले यसको डायल अप इन्टरनेट सेवालाई ग्राहक सन्तुष्टिको लागि सुधार गरेको थियो। यसले डट बिडी डोमेनलाई पनि सम्हालेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "बिटिटिबी, बिटिसिएल सार्बजनिक कम्पनीमा रुपान्तरण भएको छ", द न्यू नेसन, १ जुलाई २००८, अन्तिम पहुँच १५ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २००९ मिति
  2. "বিটিসিএল গ্রাহকের জন্য ঘন্টা কল সেন্টার খোলে", बिडिन्युज २४ डटकम, २१ मे २०१५, अन्तिम पहुँच २३ मे २०१५ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]