बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बङ्लादेश दूरसञ्चार कम्पनी लिमिटेड (बिटिसीएल)
उद्योगको प्रकारसरकारी
उद्योगदूरसञ्चार
मुख्य कार्यालयढाका, बङ्लादेश
उत्पादन(हरू)टेलिफोन, , इन्टरनेट
वेबसाइटbtcl.gov.bd

बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड बङ्गलादेशकै सबैभन्दा ठूलो दूरसंचार कम्पनी हो । कम्पनी १९७१ मा बङ्लादेशको स्वतन्त्रता पछि बङ्लादेश टेलिग्राफ र टेलिफोन बोर्ड (बीटीटीबी) रूपमा स्थापित गरिएको थियो ।[१] १ जुलाई २००८ मा बीटीटीबी एक सार्वजनिक सीमित कम्पनी भयो र यसलाई बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड वा बीटीसीएलको नामकरण गरिएको थियो । बङ्गलादेश सरकारले प्रारम्भिक रूपमा सबै बीटीसीएलको शेयरको आफ्नो स्वामित्व राखेको थियो, तर अर्को वर्ष देखि सार्वजनिक रूपमा शेयर बेच्दिने घोषण गरेको थियो । बीटीसीएलको मूल्य अनुमानित ৳१५,००० करोड (৳१५० बिलियन) रहेकोे छ । बीटीसीएलको कुल १२,६३६ अधिकारी र कर्मचारीहरू छन् ।


बीटीसीएलले बङ्लादेशका शहरी क्षेत्रहरूमा ल्याण्ड-लाइन टेलिफोन सेवा प्रदान गर्दछ, जसमा घरेलू लामो लामो दूरीमा कल र अन्तर्राष्ट्रिय सेवाहरूका साथै इन्टरनेट सेवा समेत समावेश छ । सन् २००४ मा, बङ्गलादेश सरकारले निजी कम्पनीहरूमा थुप्रै पिएसटिएन अनुमती पत्र जारी गर्यो, तर तिनीहरू ढाका बजारमा सेवाहरू प्रदान गर्नबाट रोकिएका थिए । अन्य सञ्चालकहरूले २००७ देखि अनुमति पत्र पाएपछि बिटिसिएलको एकाधिकर तोडिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

पहिलाको इतिहास[सम्पादन गर्ने]

टेलिग्राफ विभाग अन्तर्गतको पोस्ट्स र टेलीग्राफ शाखा सन् १९५३ मा त्यसबेलाको बेलायती भारतमा बनाईएको थियो र पछि टेलिग्राफ ऐन-१८८५ अन्तर्गत नियमन गरिएको थियो । टेलीग्राफ शाखा १९६२ मा पूर्वी पाकिस्तानमा पाकिस्तान टेलिग्राफ र टेलिफोन विभागको रूपमा पुन: निर्माण गरिएको थियो ।

पूर्व स्वतन्त्रता[सम्पादन गर्ने]

बिटिसिएलको पुरानो लोगो, पहिला बिटिटिबीको रूपमा चिनीने बङ्लादेशको स्वतन्त्रता पछि, बङ्लादेश टेलिग्राफ र टेलिफोन विभागले १९९७ मा पोस्ट र दूरसंचार मन्त्रालयको अधीनमा यो स्थापित गरिएको थियो । यसलाई १९७९ अधिसूचना, टेलीग्राफ र टेलिफोन बोर्डलाई, बङ्लादेश टेलीग्राफ र टेलीफोन बोर्ड (बीटीटीबी) नामक सरकारी बोर्डमा परिवर्तित गरिएको थियो ।

बङ्लादेश दूरसञ्चार कम्पनी लिमिटेड[सम्पादन गर्ने]

१ जुलाई २००८ मा, बीटीटीबीले एक सरकारी स्वामित्वको सार्वजनिक लिमिटेड कम्पनीलाई बङ्लादेश दूरसञ्चार कम्पनी लिमिटेड (बीटीसीएल)मा नाम सारेको थियो । बीटीसीएलले ग्राहकहरूको लागि एक २४ सै-घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरेको छ । कम्पनीका अनुसार ढाकामा ग्राहकहरू नम्बरमा कल गर्न र बीटीसीएलको कार्यलयमामा सिकायत गर्न पाउने व्यवस्था रहेकोे छ ।

इन्टरनेट सेवाहरू[सम्पादन गर्ने]

BTCL Optical Fiber Network 2014.jpg

बीटीसीएलले देशका सबै ६४ जिल्लाहरूमा डायल अप इन्टरनेट सेवा प्रदान गर्दछ, जसले गर्दा देशमा सबैभन्दा पहुँचयोग्य इन्टरनेट प्रदायक बन्न सफल रहेको छ । जनवरी २००९ को यसको कुल डायल अप ग्राहक ३२,४३३ छन् । २००७ को शुरुवात देखिनै बीटीसीएलले यसको डायल अप इन्टरनेट सेवालाई ग्राहक सन्तुष्टि को लागि सुधार गरेको छ । यसले .bd डोमेन लाई पनि सम्हालेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "बिटिटिबी, बिटिसिएल सार्बजनिक कम्पनीमा रुपान्तरण भएको छ". द न्यू नेसन. १ जुलाई २००८. Retrieved 15 February 2010. Check date values in: |date= (help)

बाह्य कडीहरू[सम्पादन गर्ने]