एसके सञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एस सञ्चार कम्पनी लिमिटेड
मौलिक नाम
एसके커뮤니케이션즈
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगप्रविधि उद्योग
स्थापित१९९९ लाइकस कोरियाको रूपमा
२००२ एसके सञ्चारको रूपमा[१]
केन्द्रीय कार्यालयसोल , दक्षिण कोरिया
सेवा क्षेत्र
 दक्षिण कोरिया
मुख्य व्यक्ति
छो सिन उप-कार्यकारी अधिकृत
पार्क सङ-जुन उप-कार्यकारी अधिकृत
ब्रान्डहरूलाइकस (पहिले)
साइवल्ड
नेट
सेवाहरूइन्टरनेट मिडिया
राजश्व६१.२४ बिलियन (२०१५)[२]
मूल सङ्गठनएसके दूरसञ्चार
वेबसाइटwww.skcomms.co.kr/eng

एसके सञ्चार (ह्याङ्गुल: एसके커뮤니케이션즈 वा 에스케이커뮤니케이션즈) एक दक्षिण कोरियाली प्रविधि कम्पनी हो जो एक लोकप्रिय वेब पोर्टल नेटको मालिक कम्पनीको रूपमा रहेको छ र यसको सञ्चालन पनि गर्दै आइरहेको छ। यसले व्यवसायहरूको लागि इन्टरनेट पहुँच र दूरसञ्चार सेवा पनि प्रदान गर्दछ। एसके सञ्चार सन् १९९९ मा लाइकस कोरियाको रूपमा स्थापित भएको थियो जसमा संयुक्त राज्य अमेरिकाको लाइकस र दक्षिण कोरियाको, मिरे निगमको ५०-५० प्रतिशत भाग रहेको थियोे। सन् २००२ यसलाई एसके दूरसञ्चारमा बेचिएको थियो र यसको नाम एसके सञ्चारमा परिवर्तन गरिएको थियोे। एसके दूरसञ्चारको यसमा हाल ८५.९ प्रतिशतको साझेदारी रहेको छ।[३][४]

अवलोकन[सम्पादन गर्नुहोस्]

एसके दूरसञ्चारले लाइकस कोरियालाई अधिग्रहण गरेपछि, यसको केबल इन्टरनेट इकाई नेट्सगो सँग समायोजन भएपछि, एसके सञ्चारको सृजना भएको थियोे। नेटट्सगो, नेट एक कोरियाली लोकप्रिय वेब पोर्टलको विकासकर्ता हो।[५] लाइकसको लोकप्रियता ह्रास आउदै गयो र यो नेटको पोर्टलमा शामिल भएको थियोे। २७ डिसेम्बर २००२ मा लाइकस डोमेन नाम मध्यरात बन्द भएको थियो, यसको ठेगाना (www.lycos.co.kr) लेखी खोज्दा प्रयोगकर्ताहरू नेट वेब पोर्टलको गृहपृष्ठमा निर्देशित भएका थिए।[५] सन् २००३ मा, नेटले साइवाल्ड नामक दक्षिण कोरियाको एक प्रमुख सामाजिक सञ्जाल सेवाको अधिग्रहण गरेको थियोे। सर्च इन्जिनको रूपमा आफुलाई अझ बढी स्थापित गर्नको लागि, एसके सञ्चारले अक्टोबर २००६ मा ८२ मिलियन अमेरिकी डलरमा यसको प्रतिद्वन्द्वी इम्पासको अधिग्रहण गरेको थियोे।[६] इम्पसको खोज प्रविधि विशेष प्रदायक, कोनन प्रबिधिको पनि अधिग्रहण गरेको थियोे। यसको अधिग्रहण पछि पनि, एम्पासले यसको व्यवस्थापन र कार्यबलमा पूर्ण स्वतन्त्रताको साथ स्वतन्त्र रूपमा आफ्नो कार्य सञ्चालन गरिरह्यको थियोे। तथापि, एसके सञ्चारको निर्णय पछि, एम्पासका सर्च सेवाहरू नेटको पोर्टलमा समावेश गरिएको थियोे र एम्पासको डोमेन नाम सन् २००८ मा बन्द गरिएको थियो र पछि यसको अस्तित्व हराएको थियोे।[७] यसको सेवाहरू थप गर्नको लागी, त्यही वर्षमा एसकेले इगलोस नामक ब्लगिङ सेवाको सुरुवात गरेको थियोे।

अधिग्रहण[सम्पादन गर्नुहोस्]

  • साइवल्ड
  • साइमार्केट
  • इगलोस
  • इम्पास
  • एक्टोस
  • एसके आइ-मिडिया

सेवाहरू[सम्पादन गर्नुहोस्]

नेट समाचार[सम्पादन गर्नुहोस्]

नेट समाचारले, तुरुन्तै र हालैको घटनाहरु जस्तै खेल मनोरञ्जन संस्कृति आदिका बारेमा नियमित इन्टरनेट प्रयोगकर्ताहरूका माझ गतिविधिहरु र प्रतिक्रियाहरूको विश्लेषण गरेर प्रत्येक क्षेत्रमा सबै भन्दा लोकप्रिय समाचार बारे लेख र प्रतिक्रियाहरू उपलब्ध गराउँछ ।

नेट मेल[सम्पादन गर्नुहोस्]

यसले नेट मेल नामक मेल सेवा पनि सञ्चालन गर्दछ। नेट मेलको अनुप्रयोग एन्ड्रोइड मा उपलब्ध छ[८] र अन्य उपकरणहरू मार्फत आधिकारिक वेबसाइट मार्फत पनि प्रयोग गर्न सकिन्छ। यसको वेबसाइट कोरियाली भाषामा मात्र उपलब्ध रहेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टेरा लाइकसले आफ्नो भाग लाइकस कोरियालाई बेचेको छ", बसटन बिजनेस जनरल, २८ जुन २००२। 
  2. "एसके सञ्चार कम्पनी लिमिटेड", रेउटर्स [dead link]
  3. "एसके सञ्चार सह कार्यकारी अधिकृतको आदेशमा रहेको छ", कोरिया टाइम्स 
  4. क्लिफफोर्ड, बिल (२८ जून २००२), "एसके दूरसञ्चारले लाइकसलाई टेरा मार्फत खरिद गरेको छ", मार्केट वाच 
  5. ५.० ५.१ जोङ सिक कङ (२३ फेब्रुअरी २००३), "नेट डटकम र लाइकसले समायोजन पश्चात् दक्षिण कोरियामा ठूलो प्रभाव पारेको छ", द डङ-ए 
  6. च्यानि युङ (अक्टोबर २९, २००६), "एसक दूरसञ्चारले इम्पासलाई खरिद गरेको छ"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  7. किम टोङ-ह्युङ (डिसेम्बर १०, २००८), "इम्पासलाई, वेब पोर्टलको रूपमा परिवर्तन गरिएको छ", द कोरिया टाइम्स 
  8. "एसके सञ्चारका सबै अनुप्रयोगहरू", एपिके पियोर, अन्तिम पहुँच २८ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]