रत्नबहादुर तुलाधर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रत्नबहादुर तुलाधर नेपाली मूर्तिकलाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट कलाकारहरू मध्ये एक हुन्।

शहिदगेट र पृष्ठभूमिमा धरहरा

रत्नबहादुर तुलाधरले राणाकालीन दरबारहरूभित्र धेरै सालिक बनाएका थिए । सिंहदरबारको सिंह, पशुपतिभित्र राजा महेन्द्र, पद्मोदय हाई स्कुलमा रहेको पद्मशमशेरका सालिक उनले नै बनाएका हुन् ।[१] शहिदगेटमा रहेको राजा त्रिभुवन र चार शहिदको मूर्ति मूर्तिकार रत्नबहादुर तुलाधरले नै बनाएका हुन्।

सैनिक अस्पतालको सैनिकको सालिक[सम्पादन गर्नुहोस्]

सैनिक अस्पतालको सैनिकको सालिक

१९८२ मा रत्नबहादुरले त्रिचन्द्र सैनिक अस्पताल सैनिक अस्पतालको सालिक बनाए। त्यस भन्दा पहिले देश बाहिरबाट सालिक झिकाउन पर्थ्यो। उनीबाट चन्द्र शमशेर यति प्रभावित भए कि अबदेखि सालिक वा मूर्ती बनाउने काम नेपालमै हुन्छ, बाहिरबाट झिकाउन पर्दैन भने। यो सालिक बनाए पछि उनी नाइकेबाट मेम्बर बने र त्यतिबेला को एक हजार रूपियाँ पुरस्कार पनि पाए। चन्द्रशमशेरको नजरमा परेका रत्नबहादुर ले टुँडिखेल को तत्कालीन शाही मञ्चमा रहेका ६ वटा सिपाहीहरू समेत बनाएपछि त उनी सैनिकका त्यस्तै काममा आवद्ध हुन पुगे। सरकारी कारिन्दा जस्तै। तुलाधरलाई आफ्नो जागिरबाट ७२ मुरी धान र २५ रूपियाँ आउने गर्थ्यो।[२]

सन्तानहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "सहिददेखि सिद्धिचरणसम्म", अन्तिम पहुँच २०१९-०८-१६ 
  2. अन्तरमुखी शिल्पी लेखक:भीम राना जिज्ञासु नवयुवा वर्ष १७ पूर्णाङ्क १७४ पृष्ठ २३