न्युटनको गतिका नियमहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


न्युटनको गतिका नियमहरू (अङ्ग्रेजी: Newton's laws of motion) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।

भौतिकशास्त्री सर आइज्याक न्युटन (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए

यी नियमहरूले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रूपमा देखिने गतिको व्याख्या गर्दछ । अझ स्पष्टसँग भन्नुपर्दा, पहिलो नियमले गुणात्मक तरिकाले बलको परिभाषा गर्दछ, दोस्रो नियमले मात्रात्मक तरिकाले बलको मापन गर्दछ र तेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमहरू पहिलो पटक सन् १६८७ मा "फिलोसफिय नेचुरलिस प्रिंसीपिया मैथेमेटिका" (गणितीय सिद्धान्तको प्राकृतिक दर्शन; 'अङ्ग्रेजी: Mathematical Principles of Natural Philosophy')मा संकलित गरेका थिए।


पहिलो नियम: इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै वस्तुमा बाहिरी बल नलगाएसम्म उक्त वस्तु स्थिर छ भने स्थिर अवस्थामै रहिरहन्छ र चाल अवस्थामा छ भने समान गतिले अगाडि गइरहन्छ । .[१][२]
दोश्रो नियम:

इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै पनि वस्तुमा समग्र बल F (बलहरूको भेक्टर योगफल) त्यो वस्तुको पिण्ड (mass) m र वस्तुको प्रवेग (acceleration) a को गुणनसँग बराबर हुन्छ ।
F = ma (वस्तुको पिण्ड m लाइ चर मानिएको छ)

तेश्रो नियम: हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।

सबै भन्दा पहिले सर आइज्याक न्युटनले यी नियम हरूलाई आफ्नो ग्रन्थ फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका (सन १६८७) मा सङ्कलन गरेका थिए ।[३] सर आइज्याक न्युटनले अनेक स्थानहरूमा भौतिक वस्तुहरूको गतिसँग सम्बन्धित समस्याहरूको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै विश्वव्यापी गुरुत्वको नियमसँग जोडेर हेर्दा यसले किप्लरको ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Browne, Michael E. (जुलाई १९९९), Schaum's outline of theory and problems of physics for engineering and science (Series: Schaum's Outline Series), McGraw-Hill Companies, पृ: 58, आइएसबिएन 978-0-07-008498-8 
  2. Holzner, Steven (डिसेम्बर २००५), Physics for Dummies, Wiley, John & Sons, Incorporated, पृ: 64, आइएसबिएन 978-0-7645-5433-9 
  3. See the Principia on line at Andrew Motte Translation