गाबतली उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाबतली
গাবতলী
गाबतली is located in बङ्गलादेश
गाबतली
गाबतली
बाङ्लादेशको नक्शामा गाबतली उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५३′उ॰ ८९°२७′पू॰ / २४.८८३°N ८९.४५०°E / 24.883; 89.450निर्देशाङ्कहरू: २४°५३′उ॰ ८९°२७′पू॰ / २४.८८३°N ८९.४५०°E / 24.883; 89.450
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला
क्षेत्रफल
 • जम्मा२३९.६१ किमी (९२.५१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा३१९,५८८
 • घनत्व१३००/किमी (३५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाम कोड
५८२०, ५८२१
वेबसाइटgabtali.bogra.gov.bd

गाबतली (बङ्गाली: গাবতলী উপজেলা) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय गाबतली थानाको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर गाबतलीबाट राखिएको हो।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

गाबतली उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°४६' देखि २५°०१' उत्तर अक्षांश र ८९°२२' देखि ८९°३३' पूर्वी देशान्तरणमा अवस्थित छ। गाबतली उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३९.६० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शिवगञ्जसोनातल उपजिल्लाले उत्तर, धुनट उपजिल्लाले दक्षिण, सारियाकान्दी उपजिल्लाले पूर्व र बगुडाशाजाहानपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। इचामती, कतहलार, दुमर, चरार आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेना र आतङ्कबादीको समूहले यस उपजिल्लाका कयौं मानिसहरूको हत्या गरेका थिए। बङ्गलादेशक मुक्ति अभियानको समयमा पाकिस्तानी सेनाले गाबतली उपजिल्लामा एक सैनिक किल्ला खडा गरेका थिए। १५ नोभेम्बरका दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ बङ्गलादेशी लडाकुहरूका प्रमुखको मृत्यु भएको थियो। यस उपजिल्ला अन्तर्गतको जयभोगा भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुहरू बीचको प्रत्यक्ष गोली हानाहानमा कयौं सर्वसाधारणहरूको ज्यान गएको थियो। १३ डिसेम्बरका दिन पाकिस्तानी सेनाहरू बङ्गलादेशी लडाकुसँग हार खाँदै भाग्ने क्रममा सेनाले दुई जना सर्वसाधारणलाई मारेका थिए जसको फलस्वरूप बङ्गलादेशी लडाकुले पुन गोली आक्रमण गर्दा एक पाकिस्तानी सेनाको मृत्यु भएको थियो। १६ डिसेम्बरमा दिन ४ पाकिस्तानी सेनाले १६ बङ्गलादेशी लडाकुहरूलाई आक्रमण गरेका थिए जहाँ एक लडाकु सहित चारै पाकिस्तानी सेना मारिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २९०१९० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४८७२७ छ भने महिलाको जनसङ्ख्या १४१४६३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २७१६३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८५०८ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३१ रहेको छ। यस उपजिल्लामा ४५५ मस्जिद, ११ हिन्दु मन्दिरहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लामा ५८.१५% कृषि योग्य जमिन रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा आलु, मौसमी तरकारी, धान, जुट, आलु, तोरी, गहुँ, उखु आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको आलसको तेल, सखरखण्ड आदि पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, मेवा, केरा, अम्बा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, वेल्डिङ उद्योग, खाद्यान्न उद्योग पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, जुट, आलु, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था र ८ परिवार नियोजन संस्थाहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६३.२७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४०% मजदुरी, व्यापार र उद्योगमा ०.९९%, वाणिज्यमा १३.६६%, सञ्चार र यातायातमा ५.४०%, रेमिटेन्समा ०.७१%, निर्माण क्षेत्रमा १.६५%, सुविधा ५.०७%, धार्मिक सेवा ०.१५% र अन्य ६.७०% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय गाबतली थानाको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर गाबतलीबाट राखिएको हो। गाबतली उपजिल्ला १ नगरपालिका र ११ सङ्घ परिषद्; बलिया दिघी, दक्षिणपारा, दुर्गाहटा, गाबतली, कागली, नसिरपुर, निरुवामला, रामेश्वरपुर, महेसावन, सोनोराई र निपलताली विभाजन भएको छ। यस उपजिल्लामा हाल १०३ मौजा र २११ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३९.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.४% छ भने महिलाको साक्षरता दर ३५.८% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ३९ माध्यमिक विद्यालय, ३७९ प्राथमिक विद्यालय, ३० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; कागली करुणाकान्ता उच्च विद्यालय, सुन्दरबारी दरुल हदित रहमानिया मदरसा (सन् १७००), गाबतली सरकारी क्याम्पस, दुर्गाहट्टा डिग्री क्याम्पस, सहिद जिया डिग्री क्याम्पस, तारानिर हट डिग्री क्याम्पस, तसलिम उदिन तारफदर डिग्री क्याम्पस, सयद अहमद क्याम्पस आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Hai, Sarkar Abdul (२०१२), "गाबतली उपजिल्ला", in Islam, Sirajul; Jamal, Ahmed A., বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]