कतार दूरदर्शन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलिफिज्युन कतार
सुरुवातसन् १९७०
मालिककतार सामान्य प्रसारण तथा दूरदर्शन निगम
देश कतार
भाषाअरबी
प्रसारण क्षेत्रराष्ट्रिय
प्रधान कार्यालयदोहा, कतार
वेबसाइटआधिकारिक वेबसाइट

कतार दूर्दशन, (अरबी: تلفزيون قَطَر‎‎) (अरबी उच्चारण - तिलिफिज्युन कतार) कतार टिभी वा क्युटिभीको रूपमा संक्षिप्त), कतार सरकारको स्वामित्वमा रहेको, कतारी सार्वजनिक सेवा अन्तर्गतको राष्ट्रिय दूर्दशन च्यानल हो जुन कतारी सामान्य प्रसारण निगम र राष्ट्रिय दूरदर्शन निगमको स्वामित्व रहेको छ। यसको सञ्चालन पनि यसै निगमले गर्ने गर्दछ। च्यानलले समाचार, आर्थिक समाचार, वृत्तचित्र, धार्मिक कार्यक्रम र मनोरञ्जन सहित विभिन्न कार्यक्रमहरूको प्रसारण गर्दछ। यसको प्रधान कार्यालय कतारको राजधानी दोहामा रहेको छ जहाँबाट यो प्रसारण हुने गर्दछ। यो अरबी भाषामा मात्र प्रसारण हुने गर्दछ।ا[१][२][३]

सन् १९७० मा सुरुवात भएको यस च्यानलले देशव्यापी रूपमा आफ्नै कार्यक्रमहरू सञ्चालन र प्रसारण गर्ने गर्दछ। कार्यक्रमहरू ५० किलोवाट ट्रानसमिटरको प्रयोग गरी प्रत्येक्ष दिन तीन देखि ४ घण्टा सम्ममा प्रसारण हुने गर्दछ। यसले सन् १९९३ सम्ममा कतारी दूर्दशन क्षेत्रमा एकाधिकार कायम गरेको थियो र पछि यसलै आफ्नो सहायक उपग्रह दूरदर्शनको प्रसारण गरेपछि यसको एकाधिकार भङ्ग भएको थियो। हाल धेरै दूरदर्शन च्यानलहरू खुलेता पनि यो स्थानिय बासिन्दाहरूका माझ लोकप्रिय छ।

च्यानलको बारेमा[सम्पादन गर्नुहोस्]

कतार राज्य दूरदर्शनको गठन भए पश्चात् यसलाई सन् १९७० मा सुरुवात गरिएको थियो। त्यतिबेला यसको प्रसारण कालो र सेतो रङ्गमा मात्र उपलब्ध थियो। सन् १९७४ मा, यसको प्रसारणलाई रङ्गीन बनाइएको थियो।

सन् १९८२ मा, दोस्रो ३७ नामक च्यानल अङ्ग्रेजीमा प्रसारण गरिएको थियो र यसले अमेरिकी र भारतीय शृङ्खला र चलचित्रहरूका साथसाथै वृत्तचित्र र हास्य श्रव्य दृश्यहरू पनि प्रसारण गरेको थियो। यसले खेल तथा महत्त्वपूर्ण घटनाहरूको पनि प्रत्यक्ष प्रसारण गरेको थियो। यो च्यानल २७ जुलाई २०१४ मा बन्द भएको थियो।

सन् १९८१ मा, कतार दूरदर्शनले ४४ नामक दूर्दशन व्यवसाय स्टुडियो खोलेको थियो जुन २० वर्ष पछि बन्द भएको थियो र बिएन स्पोर्ट (पूर्व अल जजीरा खेलकुद) को भाग बनेको थियो। सन् १९९८ मा, पहिलो उपग्रह च्यानल उपग्रह मार्फत शुरू गरिएको थियो जसमा अरबस्याट, नाइलस्याट र हट बर्ड समावेश छन्

पहिलो चरणको विकास[सम्पादन गर्नुहोस्]

सन् २००० मा, दूर्दशनमा ढाँचा लोगो, कार्यक्रम प्रकार, विज्ञापन, आदिको रूपरेखा परिवर्तन गरिएको थियो।

कतार टेलिभिजनले रमजानमा ऐतिहासिक वार्षिक नाटकहरू निर्माण गर्दै आएको छ। सन् २०११ को बीचमा दूर्दशन भवनको नजिक नयाँ कार्यक्रम स्टुडियो स्थापना गर्ने घोषणा गरिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Qatar : Press Reference वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०८ मिति
  2. "Media", Embassy of Qatar in Italy, मूलबाट फेब्रुअरी १३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०१५ 
  3. Tourya Guaaybess (२०१३-०१-११), National Broadcasting and State Policy in Arab Countries, Palgrave Macmillan, पृ: 1899–1900, आइएसबिएन 978-1-137-25765-9, अन्तिम पहुँच २०१३-०६-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]