बल्लि (सामाजिक सञ्जाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बब्लि
निर्माणकर्ता (हरू)बब्लि (पूर्व बबल इन मोसन)
स्थिर संस्करण
४.३.१५ (एन्ड्रोइड)
४.२.४ (आइओएस) / ५ मार्च २०१६
सञ्चालन प्रणालीएन्ड्रोइड, आइओएस
प्रकारसामाजिक सञ्जाल सेवा
वेबसाइटbubbly.net

बब्लि एक सामाजिक आवाज सेवा हो जसले विशेष दूरभाष र स्मार्टफोनमा कार्य सञ्चालन गर्दछ। दूरभाषका लागि, प्रयोगकर्ताहरूले छोटो अङ्क थिचेर बोलीको साथसाथै लोकप्रिय सार्वजनिकहरू सुन्न आफ्नो आवाज रेकर्ड गर्न सक्दछन्। बब्लि सेवकमा सम्पर्क गर्नका लागि छोटो अङ्कका साथ ग्राहकहरूले पाठ प्राप्त गर्दछन् जसलाई आवाज सन्देश बजाउनका लागि प्रयोग गरिन्छ। स्मार्टफोन प्रयोगकर्ताहरूलाई समेट्नका लागि बब्लि अप्रिल २०१२ मा आइओएसएन्ड्रोइड मञ्चहरूमा उपलब्ध गराइएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

बब्लिलाई, पूर्व बबल मोसनको रूपमा परिचित एक सिङ्गापुरमा आधारित कम्पनीले विकास गरेको थियो जसलाई सन् २००५ मा सुनील कौसिकले स्थापना गरेका थिए। [१][२]

यस कम्पनीले आफ्नो नाम बब्लिमा परिवर्तन गरेको थियो।[३]

बब्लिले मार्च २००४ मा ५० लाख अमेरिकी डलर पहिलो कोषको रूपमा प्राप्त गरेको थियो।[४] सन् १००६ मा, कम्पनीले सेक्युवा क्यापिटल अमेरिका र भारतबाट आफ्नो कोष सङ्कलनको पहिलो चरणमा १ करोड अमेरिकी डलर उठाएको थियो। सन् २००८ मा, उनीहरूले सेक्युवा क्यापिटल, कमकाष्ट भेञ्चर्स र नर्थ गेट क्यापिटलबाट कोष सङ्कलनको दोस्रो चरणमा १ करोड ४० लाख अमेरिकी डलर प्राप्त गरेको थियो।

सन् २०१० मा, बब्लिका प्रयोगकर्ताहरूले २० लाख नाघेका थिए।[५]

सन् २०१२ मा सबैभन्दा नयाँ कोष सङ्कलनको चरणले जाफको एसिया, सिङ्टेल इनोभ८, इन्फोक इन्भेष्टमेण्ट र पालोमार भेञ्चर जस्ता धेरै समर्थकहरूबाट कम्पनीको कुल कोष ५ करोड पुर्‍याएका थिए।[६]

फेब्रुअरी २०१३ मा, यसमा दर्ता भएका प्रयोगकर्ताको सङ्ख्याले २ करोड ५० लाख नाघेको थियो।[७]

जुलाई २०१३ मा, बब्लिले यसको प्रयोगकर्ताको सङ्ख्याले ३ करोड नाघेको घोषण गरेको थियो।

लगानीकर्ताहरूले अगष्ट २०१४ मा कम्पनीबाट निस्कने निर्णय गरेका थिए र त्यो महिना पछि यसलाई अल्ट्रुइष्टरले अधिग्रहण गरेको थियो।[८] but it was instead acquired by Altruist later that month.[९]

फोर्ब्सले यसलाई सन् २०१५ मा हेर्नको लागि सबैभन्दा सफल १५ सामाजिक सञ्जालहरू मध्ये एकको रूपमा सूचीबद्ध गरेको छ।[१०]

विशेषता[सम्पादन गर्नुहोस्]

बब्लि एक सामाजिक आवाज मञ्च हो जसले प्रयोगकर्ताहरूलाई ९० सेकेण्डमा आफ्नै आवाज ब्लग सृजना गर्न र परिचित व्यक्तिहरूलाई पछ्याउन अनुमति दिन्छ। आइओएस र एन्ड्रोइडमा बब्लि अनुप्रयोगको पछिल्लो सार्वजनिकले प्रयोगकर्ताहरूलाई उनीहरूको आवाजमा छनौट, प्रभाव, र पृष्ठभूमि सङ्गीत लागू गर्न सक्षम गरेको छ। प्रयोगकर्ताहरूले १४० चरित्र सम्म तस्वीर र पाठ थप्न सक्दछन् र टुइटरफेसबुक जस्ता अन्य सामाजिक सञ्जाल सेवाहरूमा उनीहरूको सामग्री साझेदारी गर्न सक्दछन्। बब्लिसँग भुक्तान इञ्जिन रहेको छ जसले यसको सबै मञ्चहरूमा प्रयोगकर्ताहरूलाई बब्लिको भुक्तान उत्पादन र सेवाहरूको लागि भुक्तान गर्न अनुमति दिन्छ। बब्लिसँग अर्को मञ्च छ जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोन, र यसको वेबसाइटमा आवाज सन्देशहरू साझेदारी गर्न अनुमति दिन्छ जुन बब्लि ३६० को रूपमा परिचित छ।[११]

उल्लेखनीय उपलब्धि[सम्पादन गर्नुहोस्]

जनवरी २०१३ मा, अङ्ग्रेजी फुटबल खेलाडी रियो फर्डिनाण्ड बब्लिमा सामेल भएका थिए।[१२]

सन्दर्भ सामहरू[सम्पादन गर्नुहोस्]

  1. कौशिक, सुनिल (२००६), "Bubble Motion eyes deals for talking SMSs" (September 21), बिजनेस स्ट्यान्डर्ड लिमिटेड। 
  2. कौसिक, सुनिल (२०१४), "Serial entrepreneur’s tale of drive and perseverance" (१ जनवरी), द टाइम्स ग्रुप। 
  3. हो, भिक्टोरिया, "Bubble Motion Rebrands As Bubbly, Retires Old Voice Messaging For Good", टेक क्रञ्च, टेक क्रञ्च, अन्तिम पहुँच ४ जुलाई २०१३ 
  4. "Bubble Motion | CrunchBase Profile", क्रञ्च बेस, अन्तिम पहुँच ४ जुलाई २०१३ 
  5. राओ, लिना, "Bubble Motion's Voice Blogging Service Reaches 1.2 Million Paid Subscribers In India", टेक क्रञ्च, अन्तिम पहुँच ९ जुलाई २०१३ 
  6. याप, ज्याकि, "Bubble Motion receives additional US$5M from Japan’s Largest VC, JAFCO, to continue rapid global expansion", इ२७, e27, मूलबाट १४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१२ मिति
  7. Wee, Willis, "Social Voice App Bubbly Hits 30 Million Users", टेक इन एसिया, टेक इन एसिया, अन्तिम पहुँच ४ जुलाई २०१३ 
  8. Lee, Terence, "Singapore startup Bubbly is liquidating", टेक इन एसिया, टेक इन एसिया, अन्तिम पहुँच ११ अगस्ट २०१४ 
  9. शु, क्याथरिन, "Voice-Based Social Media Platform Bubbly Acquired By Altruist Group", टेक क्रञ्च, अन्तिम पहुँच १० अप्रिल २०१८ 
  10. "15 Social Media Companies To Watch In 2015", अन्तिम पहुँच २० जुन २०१९ 
  11. Shu, Catherine, "Sequoia-Backed Bubbly Launches A Third-Party Payment Engine For App Users Without Credit Cards", टेक क्रञ्च, टेक क्रञ्च, अन्तिम पहुँच १९ मे २०१४ 
  12. म्याकलरेन, डान, "20m strong voice-blogging service Bubbly launches in UK with Rio Ferdinand", UKSN – The Social Media & Sport Site, अन्तिम पहुँच ९ जुलाई २०१३