माई ओपेरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माई ओपेरा
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा, इ-डाँक, सहयोगी कक्ष
उपलब्ध भाषा१९ भाषाहरू
मालिकओटेलो निगम
युआरएलmy.opera.com
व्यवसायिकहैन
दर्ताचाहिन्छ
चालु भएको मितिअगष्ट २००१
वर्तमान स्थिति३ मार्च २०१४ देखि निष्क्रिय

माई ओपेरा ओपेरा वेब ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताहरूको लागि एक अनलाइन समुदाय थियो। यो ओपेरा सफ्टवेयर एएसए (हाल ओटेलो निगम) सँग सम्बद्ध छ। ओपेरा ब्राउजरको लागि एक समर्थन साइट हुनुको अलावा, माई ओपेराले एक सामाजिक सञ्जाल वेबसाइटको रूपमा पनि काम गर्दछ। यसले ब्लग, तस्वीर सङ्ग्रह, नि: शुल्क इ डाँक सेवा, माई ओपेरा डाँक लगायतका सेवाहरूको प्रदान गर्दछ।[१] माई ओपेरा ३ मार्च २०१३ मा बन्द भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

माई ओपेराको समुदायलाई अगष्ट २००१ मा सुरू गरिएको थियो।[२] ब्राउजरको लागि एक साधारण समर्थन साइटको रूपमा, वेबसाइटको पहिलो पदोन्नति एक महिना पछि सेप्टेम्बर ११ मा गरिएको थियो।[३] १५ डिसेम्बर २००३ मा, वेबसाइटलाई सुधार गरिएको थियो जसले प्रयोगकर्ताहरूलाई थप सुविधाहरू माझ पहुँच गर्न अनुमति दिन्छ। [४]

सेप्टेम्बर २००५ मा, माई ओपेरा समुदायले यसमा ठूलो सुधारहरू ल्याएको थियो जसमा तस्वीर सङ्ग्रह, सुधारिएका ब्लग (पूर्व जर्नलहरू), समूहहरू सृजना र ३०० मेगाबाइट निःशुल्क भण्डारण समावेश छ।[२][५]

८ मार्च २००७ मा, ओपेराले साइटको नयाँ संस्करणको जारी गरेको थियो।[६]

यसको सन् २००७ को विकासको लागि नयाँ हार्डवेयर बिटा परीक्षण वेबसाइटको लागि २६ अक्टोबर २००६ मा प्रयोग गर्नका लागि राखिएको थियो। यो वेबसाइट नियमित वेबसाइटमा नयाँ हार्डवेयरको अन्तिम स्थापना पछि पनि रहनका लागि राखिएको थियो। माई ओपेरा साइटमा विभिन्न उप-डोमेनहरूको लागि विस्तृत योजनाहरू समावेश छन्।[७]

७ अप्रिल २०११ मा, ओपेराले सबै अवस्थित र नयाँ सामिल हुने माई ओपेरा प्रयोगकर्ताहरूकालाई माई ओपेरा डाँकको जारी गरेको थियो जसलाई ओपेराको फाष्टमेल डट एफएम डाँक मञ्चले सञ्चालन गर्दछ।[८]

३१ अक्टोबर २०१३ मा माई ओपेराका प्रशासकहरूले मार्च २०१४ मा साइट बन्द हुने घोषणा गरेका थिए।[९] माई ओपेराको वेबसाइटलाई कायम राख्न आवश्यक श्रमको आवश्यक र वैकल्पिक सामाजिक सञ्जाल साइटहरूको बढ्दो लोकप्रियताका कारण यसले उक्त सेवा बन्द गरेको घोषण गरेको थियो।[९]

सेवाहरू[सम्पादन गर्नुहोस्]

माई ओपेराका सेवाहरू प्रयोग गर्नका लागि खाताको आवश्यकता पर्दछ। प्रत्येक माई ओपेराका प्रयोगकर्ताहरूले फाइल भण्डारणको लागि २ गिगाबाइट प्राप्त गरेका थिए।[१०]

  • ब्लगहरू : सेप्टेम्बर २००५ मा निजी "जर्नल" सेवालाई ब्लगमा परिवर्तन गरिएको थियो। ब्लगका प्रयोगकर्ताहरूलाई व्यक्तिगत आवश्यकता अनुसार अनुकूलित गरिएको थियो।[११] ब्लगलाई मोबाइल फोनबाट अद्यावधिक पनि गर्न सकिन्छ। नयाँ ब्लग सार्वजनिक, नयाँ टिप्पणी र लोकप्रिय ब्लगका सूचीहरू उपलब्ध थिए। [१२][१३]
  • विशेष समूह : यो समान रुचिहरू साझा गर्ने, मानिसहरूसँग भेट गर्नका लागि विकास गरिएको एक तरीका थियो।[१४] प्रत्येक समूहको आफ्नै प्रयोगस्थल, ब्लग र तस्वीर खण्डहरू थिए जहाँ सदस्यहरू लागेका कुरा सार्वजनिक गर्न सक्दछन्।[१४]
  • सदस्यहरू : यो एक खण्ड हो जहाँ माई ओपेराका प्रयोगकर्ताहरूले प्रवेश भएका सदस्यहरूका साथसाथै देशअनुसार सदस्यहरूको सूचीको अवलोकन गर्न सक्दछन्।[१५]
  • माई ओपेरा मेल : नि: शुल्क ई डाँक सेवा हो जुन जीमेल, याहु! मेल वा आउटलुक डटकमको समान छ। खाताहरूमा १ गिगाबाइट भण्डारण समावेश गरिएको थियो भने यो माई ओपेराको २ गिगाबाइट भण्डारण भन्दा फरक हो। यो पिओपी र आइएमएपि ई डाँक पुन: प्राप्ति प्रोटोकलका साथै एक्सएमपिपि तत्काल सन्देशको साथ उपयुक्त थियो।
  • समाचार पोर्टल : अनुकूलन समाचारहरू समावेश गरिएको एक वेबसाइट हो जसले गुगल खोज इञ्जिनलाई समावेश गरेको थियो।[१६][१७]
  • तस्वीरहरू : एक खण्ड हो जहाँ प्रयोगकर्ताहरूले अन्य तस्वीरहरूसँग उनीहरूको तस्वीर साझेदारी गर्न सक्दछन्।[१८]

ओपेरामा उपलब्ध वर्तमान सेवाहरू[सम्पादन गर्नुहोस्]

ओपेराको खाताको प्रयोग गर्ने यहाँ धेरै ओपेराका उप डोमेन साइटहरू छन् जसमा निम्नलिखित समावेश छन्:

  • ओपेरा प्रयोगस्थल : ओपेराका प्रयोगकर्ताहरूले यहाँ ब्राउजरसँग सम्बन्धित समस्याहरूको समाधान गर्न मद्दत पाउन सक्दछन्। पहिले, ओपेराको प्रयोगस्थल माई ओपेरा साइटसँग सम्बन्धित थियो। मार्च २०१४ मा, ओपेरा प्रयोगस्थलहरू आधिकारिक रूपमा ओपेरा वेब ब्राउजरको वेबसाइटमा सारिएको थियो।
  • ओपेरा विकास: ओपेराका विकासकर्ताहरूका लागि लेख लेख्न, सुझाव तथा युक्तिहरूको साझेदारी गर्न खोलिएको एक वेबसाइट हो।
  • ओपेरा सूत्र: विभिन्न उपकरणहरूमा ओपेरा ब्राउजरहरूको लागि समक्रमित बुकमार्क, नोट र स्पिड डायल सूत्रहरूको प्रशासन गर्न खोलिएको एक वेबसाइट हो।

भिभालडि डटनेट[सम्पादन गर्नुहोस्]

भिभालडि डटनेट एक वैकल्पिक सामुदायिक साइट हो जुन १८ डिसेम्बर २०१३ मा ओपेरा सफ्टवेयरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत जोन भोन टेजनर सुरुवात गरेका थिए। जोन भोन टेजनरले व्यक्तिगत स्वागत सन्देश सार्वजनिक गरेका थिए जहाँ उनले माई ओपेराका सदस्यहरूका लागि नयाँ समुदाय प्रदान गर्ने आफ्नो योजनाको वर्णन गरेका थिए।[१९] भिभालडि डटनेट यसका सदस्यहरूका लागि सेवा तथा सुविधाहरूको प्रदान गर्दछ जसमा ब्लग, इ-डाँक सेवा, तस्वीर सङ्ग्रह र प्रयोगस्थलहरू समावेश छन्। भिभालडि डटनेट ओपेरा सफ्टवेयरसँग सम्बन्धित छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "T-Mobile deploys My Opera Community for web'n'walk.", Europe Intelligence Wire, २००७-०३-१५, अन्तिम पहुँच २००८-०९-२३ 
  2. २.० २.१ "My Opera Community, ey? What's the catch?", मूलबाट २००८-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०९-२३  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-३० मिति
  3. Opera in Your Community Opera revamps MyOpera community and enhances the Opera Composer
  4. Jaques, Robert (२००३-१२-१७), "Curtain goes up on My Opera redesign", VNUNET.com, अन्तिम पहुँच २००८-०९-२३ [dead link]
  5. मिलर्ड, एलिजावेथ (२००५-१०-१९), "Opera Enables Mobile Bloggin", eWeek, अन्तिम पहुँच २००८-०९-२३ 
  6. Oh Glorious Day!! - My Opera Community Main Page Blog
  7. Introducing the Opera Community Beta Site
  8. Welcome to My Opera Mail beta
  9. ९.० ९.१ "Important announcement about your My Opera account", मूलबाट २०१३-१०-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-१०-३१ 
  10. "New My Opera Community site launched", W3 Reports, २००७-०८-०३, अन्तिम पहुँच २००८-०९-२१ 
  11. "Help/FAQ » My Blog", My Opera, मूलबाट २९ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  12. "Help/FAQ » Mobile blogging", My Opera, मूलबाट २९ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  13. "Blogs", My Opera, मूलबाट १६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  14. १४.० १४.१ "Featured groups", My Opera, मूलबाट १६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  15. "Members", My Opera, मूलबाट १५ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  16. "News Portal", News Portal, मूलबाट ७ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  17. "How to get the most from News Portal", समाचार पोर्टल, मूलबाट १२ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  18. "तस्वीरहरू", माई ओपेरा, मूलबाट १४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४ 
  19. "A place for our closest friends", भिभालडि डटनेट, २८ नोभेम्बर २०१३, मूलबाट १० मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१४  = Archive.today अभिलेखिकरण १० मार्च २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]