विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/बाङ्ला विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाङ्ला विकिपिडिया[सम्पादन गर्नुहोस्]

बाङ्ला विकिपिडियाको लोगो

बाङ्ला विकिपिडिया (बङ्गाली: বাংলা উইকিপিডিয়া), बाङ्ला भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश परियोजना हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया कोषले सञ्चालन गर्दै आइरहेको छ। यो २७ जनवरी २००४ मा सुरु गरिएको थियो। यसले सुरुवातको दुई वर्षमै, अक्टोबर २००६ मा, १०,००० वटा पृष्ठ नाघिसकेको थियो जसले गर्दा यो दक्षिण एसियाली भाषाहरूमा सो गर्ने दोस्रो विकिपिडिया बन्न सफल भएको थियो। १८ जुलाई २०१९ सम्म, कुल पृष्ठले ७०,२०४ नाधेको थियो जसमा मासिक सक्रिय सम्पादनकर्ता १,५२८ भन्दा बढी रहेका थिए। औसत रूपमा, यस वेबसाइटलाई दिनको पाँच हजार भन्दा बढी पटक हेरिएको थियो। २२ जुलाई २०१९ सम्म, यस बाङ्ला भाषाको विकिपिडियामा कुल ३५ लाख भन्दा बढी सम्पादन भैसकेको छ। हाल यसका ११ जना प्रवन्धकहरू रहेका छन् भने यस विकिपिडियाको गहिराई ३९० रहेको छ।

जनवरी २०१९ को अनुसार, बाङ्ला विकिपिडिया बाङ्ला भाषामा लिखित एकमात्र अनलाइन स्वतन्त्र विश्वकोश हो। यो इन्टरनेट बाङ्ला सामग्री सम्बन्धी वेबसाइटहरूको सबैभन्दा ठूलो वेबसाइट हो। सन् २०१० मा, मोबाइल फोनहरूमा बाङ्ला विकिपिडियाको मोबाइल संस्करण पनि सुरुवात गरिएको थियो। सन् २०१८ मा, बाङ्ला विकिपिडियालाई विश्वव्यापी रूपमा १९ करोड भन्दा बढी पटक अवलोकन गरिएको थियो। बाङ्ला विकिपिडियासँग बाङ्ला लिपि लेख्नको लागि एक उपकरण रहेको छ जसको प्रयोगले प्रयोगकर्ताहरूले तपाईं कुनै पनि ल्याटिन वर्णमाला कुञ्जीपाटी प्रयोग नयाँ तरीकाबाट बाङ्ला भाषामा लेख्न सक्दछन्। यसका लागि कुनै बाह्य सफ्टवेयरको आवश्यकता भने पर्दैन। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १३७०, अक्षर: ७३६.५, स्पेस: २०६
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल ११, १५:४८:०६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) ११:५०, ९ असार २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) ११:५०, ९ असार २०७७ (नेपालकाे प्रमाणिक समय)