आरिफिन शुभो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरिफिन शुभो
আরিফিন শুভ
जन्ममयमनसिङ्ह, बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
पेशाअभिनेता, प्रस्तोता
कार्यकालसन् २००७– हाल
उल्लेखनीय कार्य
छुँये दिले मोन
ढाका अट्याक
वार्निङ
पुरस्कारउत्कृष्ट अभिनेता विधामा मेरिल प्रथोल आलो पुरस्कार

आरिफिन शुभो (बङ्गाली: আরিফিন শুভ) एक बङ्गलादेशी चलचित्र तथा टेलिभिजन अभिनेता हुन्। आरिफिनले सन् २००८ मा एक दूरदर्शन धारावाहिक नाटक हा/नाबाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए भने उनले पहिलोपटक सन् २०१० मा जागो चलचित्रमा अभिनय गरेका थिए। हाल सम्म उनले विभिन्न विधामा राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् जस अन्तर्गत उनले दुई पटक मेरिल प्रथम आलो पुरस्कार जितेका थिए। आरिफिनले सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी चलचित्रमा पर्दापण गरेका थिए।[१] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए। सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए। सन् २०१५ मा आरिफिनले छुँये दिले मन नामक एक चलचित्र गरेका थिए भने उक्त चलचित्रको आफ्नो उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उत्कृष्ट अभिनेता विधामा मेरिल प्रथम आलो पुरस्कार हस्तान्तरण गरिएको थियो।[२][३] सन् २०१६ मा आरिफिनले आशिकुर रहमान द्वारा निर्देशित चलचित्र मुसाफिरमा पनि काम गरेका थिए।

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २००७-०९[सम्पादन गर्नुहोस्]

टेलिभिजन धारावाहीकमा काम गर्ने अघि आरिफिन केही विज्ञापनमा देखा परेका थिए। सन् २००७ मा मोस्ताफा सरवार फारुकीको एक धाराबाहीक नाटक हा/ना मा पर्दापण गर्दै आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए जहाँ उनले दुई भूमिका निभाएका थिए।[४] सन् २००८ को एक टेलिभिजन शृङ्खला इज इकुयल टु धारावाहिकमा पनि आरिफिनले दुई भूमिका निर्वाह गरेका थिए। उक्त धाराबाहिकमा अभिनय गरेपछि उनले पछि मोशराफ कारिमसँग सिरियस एकता कथा आछेमा पनि अभिनय गरेका थिए जहाँ उनले विश्लेषकहरू द्वारा सकरात्कम प्रतिक्रिया प्राप्त गरेका थिए।[५] सन् २००९ मा उनले जागो नामक एक चलचित्र मार्फत आफ्नो चलचित्र यात्राको सुरुवात गरेका थिए।

सन् २००९-हाल: चलचित्र पर्दापण तथा थप सफतला[सम्पादन गर्नुहोस्]

आरिफिनले सन् २०१० मा फिजीर अहमद र अफसाना आरा बिन्दुसँग सहकार्य गर्दै खिजिर हावत खानद्वारा निर्देशित खेलकुदसँग सम्बन्धि जाग‍ नाकम चलचित्रबाट आफ्नो चलचित्र यात्रालाई अगाडि बढाएका थिए।[६] उनले पछि सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी नामक एक चलचित्रमा पर्दापण गरेका थिए।[७] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए भने यो चलचित्रले व्यवसायिक रूपमा ठूलो सफलता हात पारेको थियो।[८] सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए।[९]

सन् २०१४ मा आरिफिन माहिया माहीसँग इफटकार चौधरीद्वारा निर्देशित चलचित्र अग्नीमा देखा परेका थिए भने सोही वर्ष उनी एमएम कमल राजको चलचित्र तारकाँटामा पनि मुख्य अभिनेताको भूमिका निर्वाह गरेका थिए।[१०] जसले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गर्‍यो भने यसलाई श्रोताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भयो। यो चलचित्र एक व्यावसायिक रूपमा असफल चलचित्र मानिएको थियो। उनले पछि सन् २०१४ क‍ अन्त्य तिर आशिकुर रहमानको किस्तिमात चलचित्रमा अभिनय गरेका थिए जहाँ उनले एक प्रहरीको भूमिका निर्वाह गरेका थिए जुन चलचित्र सन् २०१४ को सबैभन्दा सफल चलचित्र बन्न सफल भएको थियो।

सन् २०१५ मा उनले शिहाब शाहीन द्वारा निर्देशित चलचित्र छुँये दिले मोन नामक एक चलचित्रमा जाकिया बारी ममसँग अभिनय गरेका थिए भने यस चलचित्रलाई विश्लेषक तथा श्रोताले अधिक मन पराएका थिए जसकारण उनले उत्कृष्ट अभिनेताको विधामा मेरिल प्रथम आलो पुरस्कार समेत प्राप्त गरेका थिए।[११] उनले सोही वर्ष उद्दिनको वार्निङ चलचित्रमा माहिया माहीको साथ अधिनय गरेका थिए जुन चलचित्रले मध्यम व्यापार गरेको थियो। सन् २०१६ मा शुभोले आशिकुर रहमानको मुसाफिर नामक एक चलचित्रमा अभिनय गरेका थिए भने त्यस पछि उनले अस्तित्व चलचित्रमा पनि अभिनय गरेका थिए जुन सन् २०१५ मे महिनामा सार्वजनिक गरिएको थियो।

सन् २०१७ को सुरुवातमा आरिफिनले जज मल्टिमिडिया द्वारा निर्माण गरिएको चलचित्र प्रेमी ओ प्रेमी र धत तेरी की चलचित्रमा अभिनय गरेका थिए। आरिफिनले सन् २०१७ मा ढाका अट्याक नामक चलचित्रमा अभिनय गरेका थिए जहाँ उनी प्रमुख अभिनेताको रूपमा देखा परेका थिए जसलाई दिपाङ्कर दिपनले निर्देशन गरेका थिए। यो चलचित्र सन् २०१७ को सबैभन्दा अधिक कमाउने बङ्गलादेशी चलचित्र बनेको थियो र यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र हो भने यो चलचित्र विश्वव्यापी रूपमा सबैभन्दा अधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र बन्न सफल भएको थियो।

चलचित्रहरूको सूची[सम्पादन गर्नुहोस्]

चावि Films that have not yet been released सार्वजनिक नभएका चलचित्रहरू
वर्ष चलचित्र भूमिका निर्देशक टिप्पणी सन्दर्भ
सन् २०१० जागो राफि खिजिब हायात खान [१२]
सन् २०१३ पूर्नदैर्घो प्रेम काहिनी शाकिब शफि उद्दीन शफि [१३]
भालोबासा जिन्दावाद सौरभ देवाशिष विश्वास [१४]
सन् २०१४ अग्नि ड्रागन/शिशिर इफतेखार चौधुरी [१५]
छायाछोवि मुहाम्मद मोस्तफा कामाल राज [१३]
मोन बोझेना शाहादात्त होसेन लिटोन
तारकाँटा ইবরাহিম मुहाम्मद मोस्तफा कामाल राज
किस्तिमात दुर्जय आशिकुर रहमान
सन् २०१५ छुँये दिले मोन आबिर शिहाब शाहीन
वार्निङ जिसान शफि उद्दीन शफि
सन् २०१६ मुसाफिर सानि आशिकुर रहमान [१६]
ओस्तित्तो इमतु अनन्य मामुन
आयनाबाजि साज्जाद अमिताभ रेजा चौधुरी अतिथि भूमिकामा
नियति शुभ्रो जाकिर होसेन राजु
२०१७ प्रेमी ओ प्रेमी सीमान्तो जाकिर होसेन राजु [१७]
धत्तेरिकी राज शामिम आहमेद रोनि [१८]
ढाका अट्याक आविद रहमान दीपङ्कर दीपन [१९]
२०१८ भालो थेको जोय जाकिर होसेन राजु
एकटी सिनेमार गल्पो आलमगीर
२०१९ सापलुडु आरमान गोलाम सोहबार दोदुल
मृत्युपुरी dagger राजा जायेद रिजवान
डिटेक्टिभ dagger मोहीन तौहीद होसेन चौधुरी कण्ठ
मिशन एक्सट्रिम dagger सानी सानोवार ओ फयसाल आहमेद

पुरस्कार तथा मनोनयनहरू[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार विभाग चलचित्र नतिजा सन्दर्भ
मेरिल-प्रथम आलो पुरस्कार सन् २०१३ सर्वश्रेष्ठ अभिनेता (तारका जरिप) पूर्नदैर्घो प्रेम काहिनी मनोनीत [२०]
सन् २०१४ सर्वश्रेष्ठ अभिनेता (समालोचक) तारकाटा विजयी [२१]
सन् २०१५ सर्वश्रेष्ठ अभिनेता (तारक जरिप) छुँये दिले मोन विजयी [२२]
सर्वश्रेष्ठ अभिनेता (समालोचक) मनोनीत
सन् २०१६ सर्वश्रेष्ठ अभिनेता (तारक जरिप) मुसाफिर मनोनीत [२३]
सन् २०१७ ढाका अट्याक विजयी [२४]
राष्ट्रिय चलचित्र पुरस्कार सन् २०१९ सर्वश्रेष्ठ अभिनेता ढाका अट्याक विजयी [२५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "চলচিচ্র আরেফিন শুভ", বিডিনিউজ, २०१२-१०-०५।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति
  2. "পূর্ণদৈর্ঘ্য প্রেম কাহিনী দেখতে দর্শকদের উপচে পড়া ভীড়"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२३ मिति
  3. "সঙ্কটে শুভ", আমাদের বরিশাল, ९ মে २०१४, मूलबाट १२ মে २०१४-मा सङ्ग्रहित। 
  4. "ছবি আলোচনা - পূর্ণদৈর্ঘ্য প্রেমকাহিনী", দৈনিক প্রথম আলো, ९ অক্টোবর २०१७। 
  5. "'পূর্ণদৈর্ঘ্য প্রেমকাহিনী'র সেঞ্চুরি", দৈনিক ইত্তেফাক, ९ অক্টোবর २०१७। 
  6. "শুভ ও আইরিনের ‘ভালোবাসা জিন্দাবাদ’", দৈনিক প্রথম আলো, ९ অক্টোবর २०१७। 
  7. "ভালোবাসা দিবসে শুভ-মাহির ‘অগ্নি’", দৈনিক প্রথম আলো, ९ অক্টোবর २०१७। 
  8. অভি মঈনুদ্দীন (१५ মে २०१६), "বিজ্ঞাপনে আরেফিন শুভ", দৈনিক নয়া দিগন্ত। 
  9. "শুভ-ফারিয়ার ভালবাসার গল্প ‘প্রেমী ও প্রেমী’", দৈনিক জনকণ্ঠ, ९ অক্টোবর २०१७। 
  10. "নববর্ষের ছবি - ধ্যাততেরিকি", যায়যায়দিন, এপ্রিল १८, २०१७, अन्तिम पहुँच ९ অক্টোবর २०१७ 
  11. "সারাদেশে শুভ-মাহির ‘ঢাকা অ্যাটাক’", বিডিনিউজ টোয়েন্টিফোর ডটকম, ९ অক্টোবর २०१७।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-३० मिति
  12. "ফুটবলের ছবি 'জাগো'"দৈনিক প্রথম আলো। १८ डिसेम्बर २००९। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  13. १३.० १३.१ "তবুও ভালো চলছে ভালোবাসা জিন্দাবাদ"যুগান্তর ডটকম। २०१३-११-१८। सङ्ग्रह मिति २०१९-११-२५ 
  14. জয়ন্ত সাহা (७ नोभेम्बर २०१३)। "ভালোবাসা জিন্দাবাদ"বিডিনিউজ টোয়েন্টিফোর ডটকম। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  15. "শুভ-মাহি জুটির অগ্নি মুক্তি পাচ্ছে ७ ফেব্রুয়ারি"বাংলানিউজটোয়েন্টিফোর.কম। १४ नोभेम्बर २०१३। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  16. "এ বছরই আসছে শুভ-মারজানের 'মুসাফির'"দ্য বাংলাদেশ টুডে। सङ्ग्रह मिति २३ मार्च २०१५ 
  17. "প্রেক্ষাগৃহে 'প্রেমী ও প্রেমী'"বিডিনিউজ টোয়েন্টিফোর ডটকম। २ फेब्रुअरी २०१७। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  18. "'ধ্যাততেরিকি' বৈশাখে একটাই ছবি!"বাংলানিউজটোয়েন্টিফোর.কম। अप्रिल १४, २०१७। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  19. "१३० প্রেক্ষাগৃহে শুভ-মাহির 'ঢাকা অ্যাটাক'"বাংলাদেশ প্রতিদিন। ६ अक्टोबर २०१७। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  20. "মেরিল-প্রথম আলো পুরস্কার २०१३, মনোনয়ন পেলেন যারা"দৈনিক প্রথম আলো 
  21. "Meril Prothom Alo Awards Gala Night"দৈনিক প্রথম আলো। ९ मे २०१५। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  22. "মেরিল-প্রথম আলো পুরস্কার পেলেন যাঁরা"দৈনিক প্রথম আলো। २९ अप्रिल २०१६। सङ्ग्रह मिति ९ अक्टोबर २०१७ 
  23. "ছেলে আব্রামকে পুরস্কার উৎসর্গ করলেন শাকিব"দৈনিক প্রথম আলো। २२ अप्रिल २०१६। सङ्ग्रह मिति २३ अप्रिल २०१७ 
  24. "মেরিল-প্রথম আলো পুরস্কার २०१७: পাঠক জরিপে চলচ্চিত্রে সেরা তাঁরা"দৈনিক প্রথম আলো। ३० मार्च २०१८। सङ्ग्रह मिति ३१ मार्च २०१८ 
  25. "জাতীয় চলচ্চিত্রে পুরস্কার সেরা অভিনেতা তারা"বাংলানিউজটোয়েন্টিফোর.কম। २०१९-११-०७। सङ्ग्रह मिति २०१९-११-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]