पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा एयरबस ए३२०-२१३ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एयरबस ए३२०-२१४ दुर्घटना
दुर्घटनाबाट ग्रस्त भएको विमान, सन् २०१६ मा
दुर्घटना
मिति९ जेठ २०७७ (२२ मे २०२०)[१]
स्थलजिनाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै, कराची, पाकिस्तान
२४°५४′४२″उ॰ ६७°११′१६″पू॰ / २४.९११६७°N ६७.१८७७८°E / 24.91167; 67.18778निर्देशाङ्कहरू: २४°५४′४२″उ॰ ६७°११′१६″पू॰ / २४.९११६७°N ६७.१८७७८°E / 24.91167; 67.18778
मृतक सङ्ख्या९७
घाइते सङ्ख्याकम्तिमा १३ (२ विमानमा, ११ मैदानमा)
विमान
विमानको प्रकारएयरबस ए३२०-२१४[२]
सञ्चालकपाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा
आइएटिए उडान सं.PK8303
आइसिएओ उडान सं.PIA8303
परिचयक चिह्नपाकिस्तान ८३०३
दर्ता नम्बरएपी-बिएलडी
विमान उडानअल्लामा इक्बाल अन्तर्राष्ट्रिय विमानस्थल, लाहोर, पाकिस्तान
गन्तव्यजिनाह अन्तर्राष्ट्रिय विमानस्थल, कराची, पाकिस्तान
सिट सङ्ख्या९९
यात्रुहरू९१[३]
चालक दल[४]
मृत्यु९७ [५]
घाइतेहरू
जोगिन सफल[६]
स्थलगत दुर्घटना
स्थलगत घाइतेहरू११

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा (उर्दु: پی آئی اے پرواز ۸۳۰۳) द्वारा सञ्चालित र युरोपेली कम्पनीद्वारा निर्मित एयरबस ए३२०-२१४, लाहोरको अल्लम इक्बाल अन्तर्राष्ट्रिय विमानस्थल देखि कराचीको जिनाह अन्तर्राष्ट्रिय विमानस्थल सम्म उडान भर्ने क्रममा दुर्घटना ग्रस्त भएको थियो।[६] उक्त दुर्घटना ९ जेठ २०७७ वा तदअनुसार २२ मे २०२० मा, कराचीको आवासीय क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो।[७] विमानमा सवार भएकाहरूको सङ्ख्या सुरुमा अस्पष्ट थियो भने पछि यसमा ९१ जना सवार रहेको प्रतिवेदनहरूमा जनाइएको थियो।[८]

विमान[सम्पादन गर्नुहोस्]

यस विमानलाई युरोपेली कम्पनी एयरबसले निर्माण गरेको थियो जसलाई सन् २००४ मा, चीनमा निर्माण गरिएको थियो र यसलाई सन् २००४ देखि सन् २०१४ सम्म, चीनको एक वायुसेवा कम्पनीले,सञ्चालन गरेको थियो।[९] पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा निगमले यस विमानलाई पछि ३१ अक्टोबर २०१४ भाडामा लिएको थियो र एपि-बिएलडीको रूपमा दर्ता गरेको थियो।[१०][११] २२ मार्च देखि ७ मे २०२० सम्म, विश्वव्यापी कोरोना महामारीको बीचमा यसले उडान रद्दको गरेको थियो र यस विमान मैदानमै रहेको थियो। [१२]७ मे देखि, विमानले छ उडानहरू सञ्चालन गरिसकेको थियो। नागरिक उड्डयन प्राधिकरणले विमान नोभेम्बर ५ सम्म उडानको लागि उपयुक्त भएको घोषण गरेको थियो।[१२] विमान दुर्घटना हुनुभन्दा अघिल्लो दिन मस्कतबाट लाहोरको लागि उडान सञ्चालन गरेको थियो। एयरबसका अनुसार, विमानले, ४७,१२४ घण्टा हावामा रहेको बताएको थियो।[१३]

दुर्घटना[सम्पादन गर्नुहोस्]

यस विमानका चालक कप्तान सजद गुल थिए।[१४] विमानले आफ्नो ९० मिनेटको यात्रा तय गर्नै लागेको थियो।[१५] यो पाकिस्तानी समय अनुसार, दिउँसोको २ बजेर ४५ मिनेट जाँदा उच्च जनघनत्व भएको कराची नजिक दुर्घटना ग्रस्त भएको थियो भने यो जिनाह अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलोमिटर (१.९ माइल) टाढा दुर्घटना ग्रस्त भएको थियो।[१६] भवनमा टोकिएको दुर्घटना भए लगत्तै यसमा आगलागी भएको प्रतिवेदनहरूमा जनाइएको छ। भवनहरूमा ठूलो क्षति गर्नुका साथै भवनहरू आगोको चपेटामा परेका थिए। [१७] विमान चालकले हवाई ट्राफिक नियन्त्रकलाई एक संयन्त्र असफलता वा अवतरण गियरमा ठूलो समस्या आएको बताएका थिए र यसको लगत्तै उनीहरू बीच सम्पर्क टुटेको थियो। [१८]हवाई ट्राफिक नियन्त्रकले विमान चालकलाई उसको अगाडि दुईवटा मार्ग खुला रहेको जनाएको थियो।[१९] पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा निगमका प्रमुख कार्यकारी अधिकृत, अरशद मलिकका अनुसार विमान चालकले नियन्त्रण कक्षलाई एउटा प्राविधिक समस्या रहेको बताएका थिए र उनले दुई मार्ग अवतरणको लागि तयार भए पनि अवतरणको सट्टा यात्रा जारी राख्ने निर्णय गरेका थिए। विमान चालकले, "हामी फर्कदैछौँ, हामीले नियन्त्रण गुमाएका छौँ" भनेर बताएका थिए र त्यसको बाह्र सेकेन्ड पछि उनले खतराको सूचना जारी गरेका थिए जुन विमानसँगको अन्तिम संवाद थियो।[२०][२१]

यस क्षेत्रको साँघुरो सडक र गल्लीहरूले उद्धार सेवाहरूलाई अवरुद्ध गरेको जनाइएको छ।[२२] अन्तर सेवा सामाजिक सम्बन्ध नामक पाकिस्तानी सैन्य सञ्चार माध्यमले, पाकिस्तानी सेना र पाकिस्तानी वनरक्षकको विशेष सेनाद्वारा उक्त क्षेत्रमा घेरा स्थापित गरेको थियो।[२३] राष्ट्रिय दूरदर्शन जियोले दुर्घटना पश्चात् विभिन्न यस सम्बन्धित श्रव्य दृश्यहरू जारी गरेको थियो। आपतकालीन टोलीहरूले फोहोर, कालो धुवाँको बादल र पृष्ठभूमिमा बलिरहेको आगोको बीच खोजी कार्य जारी राखेका थिए।[२४]

एद्ही फाउन्डेसनका फैसल एद्हीले उक्त दुर्घटनाबाट कम्तिमा १५ वटा घरहरूमा क्षति पुगेको बताएका थिए।[२५][२६] पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाका प्रवक्ता अब्दुलाह हफिज खानले १८ घरहरू पूर्ण रूपमा ध्वस्त भएको जनाएका थिए।[२७][२८]

दुर्घटना पीडित[सम्पादन गर्नुहोस्]

देश अनुसार यात्री
राष्ट्रियता यात्रु चालक दल जम्मा
पाकिस्तान पाकिस्तानी ९०[२९] [२९] ९८[२९]
संयुक्त राज्य अमेरिका अमेरिकी [२९] [२९] [२९]
जम्मा ९१ ९९

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाले उक्त उडानको विवरण जारी गरेको थियो। विवरणका अनुसार दुई देशका ९१ जना यात्री यसमा समावेश थिए जसमा ५१ पुरुष, ३१ महिला र २ बालबालिकाहरू रहेका थिए। कराचीका बासिन्दाहरूको हताहतको भएको जनाइएको छ।[३०]

सहरका मेयर वसीम अख्तरले विमानमा बाँचेकाहरू कोही नरहेको तर एउटा यात्रु दुर्घटना पछि उसको परिवारको सम्पर्कमा आएको बताइएका थिए। अल जजिरका अनुसार अधिकारीहरूले पछि कम्तीमा पनि दुई जना बाँचेकाहरू भेटिएको जनाएको थियो।[३१] पञ्जाब बैङ्कका अध्यक्ष जफर मसुदलाई घटना स्थलबाट जिवितै उद्दार गरिएको थियो भने अर्का एक यात्रुलाई पनि जिवितै उद्दार गरी अस्पताल पुर्‍याइएको पाकिस्तानी सञ्चार माध्यम नव-ए-वक्तले जनाएको छ।[३२] सिन्घ स्वास्थ विभागका प्रवक्ता मिरन युसुफले दुर्घटनामा जमिनमा कम्तिमा ८ जना आगलागीबाट घाइते भएको जनाएका थिए।[३३] घाइते हुनेमा महिला र बालबालिका थिए।[३४] फैसल एद्हीले २५ देखि ३० जनालाई अस्पताल पुर्‍याइएको जनाएका थिए। दुर्घटनामा जमिनमा कसैको पनि मृत्यु नभएको बताइएको थियो। [३५]

दुर्घटना पश्चात्[सम्पादन गर्नुहोस्]

विमान दुर्घटना पश्चात् पाकिस्तानका स्वास्थ्य मन्त्रीले कराची सहरमा स्थित अस्पतालहरूका लागि एक आपातकालीन स्थितिको घोषणा गरेका थिए,[३६] जबकि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले वायु सेवाका प्रमुख अधिकारीले झैँ दुर्घटना स्थलका लागि सबै उपलब्ध सामग्री तथा साधनहरू प्रयोगमा ल्याउन आदेश दिएका थिए भने उनले पछि के कारणले दुर्घटना हुन पुगेको हो भन्ने जानकारी प्राप्त गर्नका लागि जाँच गर्न आदेश दिएका थिए तर पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा निगमले हाललाई आधिकारिक वेबसाइट बन्द भएको जानकारी गराएको थियो।[३७] पाकिस्तानका राष्ट्रपति आरिफ आलवीले मृतकहरूको परिवारप्रति शोक व्यक्त गरेमा थिए[३८] भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विटर मार्फत मृतकहरू प्रति समवेदना प्रकट गरेका थिए।[३९]

पाकिस्तानले यस घटना हुन भन्दा ५ दिन अघि मे १६ का दिन उडानहरूलाई पुनः सञ्चालनमा ल्याएको थियो भने यस अघि कोभिड १९ महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको थियो।[४०] रमजानको अन्तिम दिन भएका कारण थुप्रै मानिसहरूले ईद उल फितर आफ्नो परिवारका सदस्यहरूका साथ मनाउने आशा गरेका थिए।[४१]

एयरबसले घटनाको अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको थियो।[४२][४३] पाकिस्तानी सरकारले मृतकका परिवार प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रति परिवारका दरले १० लाख पाकिस्तान रूपैयाँ क्षतिपूर्ति दिने घोषण गरेका थिए भने जीवित दुई जनालाई पाँच लाख दिने बताएका थिए। [४४][४५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कराचीमा यात्रुवाहक विमान दुर्घटना"नागरिक दैनिक। सङ्ग्रह मिति २३ मे २०२० 
  2. "Pakistan: Passagierflugzeug stürzt über Wohngebiet ab - fast 100 Tote", Die Welt (जर्मनेलीमा), २०२०-०५-२२, अन्तिम पहुँच २०२०-०५-२२ 
  3. "पाकिस्तान विमान दुर्घटना: कम्तीमा ९७ जनाको मृत्यु भएको दुर्घटनामा बाँचेका यात्रु भन्छन्- 'मैले आगो मात्रै देखेँ'"बिबिसी नेपाली। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  4. "पिके८३०३ सङ्कटको विवरण पृष्ठ"एयरबस डटकम। २२ मे २०२०। सङ्ग्रह मिति २२ मे २०२० 
  5. "पाकिस्तान विमान दुर्घटना: कम्तीमा ९७ जनाको मृत्यु भएको दुर्घटनामा बाँचेका यात्रु भन्छन्- 'मैले आगो मात्रै देखेँ'"बिबिसी नेपाली। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  6. ६.० ६.१ "کراچی میں پی آئی اے کا مسافر طیارہ آبادی پر گر کر تباہ"بی بی سی اردو (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  7. "पाकिस्तानमा आवासीय क्षेत्रमा जेट विमान दुर्घटनाग्रस्त, दर्जनौँको मृत्यु"बिबिसी नेपाली। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  8. "पाकिस्तानमा ९० यात्रु बोकेको विमान दुर्घटना"सेतोपाटी। सङ्ग्रह मिति २३ मे २०२० 
  9. "Pakistan : un avion de ligne avec près de 100 personnes à son bord s'écrase à Karachi"france24.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २२ मे २०२० 
  10. "طیارہ حادثہ، ہوائی جہاز بنانے والی یورپی کثیر القومی کمپنی ائیربس بھی میدان میں آگئی،اہم ترین اعلان کر دیا"روزانہ پاکستان (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  11. "В Пакистане Airbus A320 упал на жилой квартал"Коммерсантъ (रूसी भाषा)। २०२०-०५-२२। सङ्ग्रह मिति २०२०-०५-२२ 
  12. १२.० १२.१ अहमद, वकस (२४ मे २०२०)। "First landing attempt doomed PK8303: officials"द एक्सप्रेस ट्रिब्युन। सङ्ग्रह मिति २४ मे २०२० 
  13. "Survivor of Pakistan plane crash recounts horror"डिडब्ल्यु न्युज। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  14. "طیارہ حادثے کی تحقیقات میں ہمیں شامل کیا جائے، پاکستانی پائلٹس کا مطالبہ"عنوانات (उर्दू भाषा)। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  15. "پاکستان میں ہونے والے بدترین فضائی حادثات"صبح کی خبر (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  16. "پاکستان میں ہونے والے بدترین فضائی حادثات"یب ڈیسک (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  17. "طیارہ حادثہ؛ صدر روحانی کا تعزیتی پیغام جاری، پاکستانی قوم کے ساتھ ہمدردی کا اظہار"پاکستان (उर्दू भाषा)। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  18. "عید سے قبل فضاء سوگوار ایک اور کربناک طیارہ حادثہ ۔۔۔"خصوصی (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  19. "パキスタンで旅客機墜落、97人死亡 住宅街に", 日本経済新聞, अन्तिम पहुँच २३ मे २०२० 
  20. "Pakistan plane crash: At least two survivors after aircraft carrying 98 people crashes in Karachi", स्काई न्युज, अन्तिम पहुँच २२ मे २०२० 
  21. "Pakistan crash pilot sent Mayday with 'lost engines': liveatc.net", रेउटर्स (अङ्ग्रेजीमा), २०२०-०५-२२, अन्तिम पहुँच २०२०-०५-२२ 
  22. "パキスタンで旅客機墜落、97人死亡 住宅街に", 日本経済新聞, अन्तिम पहुँच २३ मे २०२० 
  23. "کراچی طیارہ حادثہ: کیا کراچی انٹرنیشنل ایئرپورٹ سے متصل آبادی حادثے کی وجہ ہو سکتی ہے؟" (उर्दू भाषा)। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  24. ممتاز اعوان (२२ मे २०२०)। "طیارہ حادثہ، سی ای اوپی آئی اے کی ہدایت پر لواحقین کیلئے رقم بڑھا دی گئی"نہیں معلوم (उर्दू भाषा)। सङ्ग्रह मिति २३ मे २०२० 
  25. "طیارہ حادثے میں جاں بحق افراد کے لواحقین شناخت کے بغیر ہی لاشیں لے جارہے ہیں"تحریری خبریں (उर्दू भाषा)। १६ मे २०२०। सङ्ग्रह मिति २६ मे २०२० 
  26. ویب ڈیسک (२५ मे २०२०)। "طیارہ حادثہ: لواحقین شناخت کے بغیر ہی لاشیں لے جارہے ہیں، فیصل ایدھی"ڈان کی (उर्दू भाषा)। सङ्ग्रह मिति २६ मे २०२० 
  27. "طیارہ حادثہ، لواحقین 36 لاشیں بغیر شناخت لے گئے"ایرن نیوز (उर्दू भाषा)। सङ्ग्रह मिति १६ मे २०१० 
  28. "Pakistan Plane Crashed: 97 died, Law Enforcement Operation"। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  29. २९.० २९.१ २९.२ २९.३ २९.४ २९.५ ""فلائٹ منشور"", جیو ٹی وی, अन्तिम पहुँच २२ मे २०२० 
  30. ""قبولیت کی سند ہمارے سامنے ہے" طیارہ حادثے میں زندہ بچ جانیوالے پنجاب بینک کے صدر نے چند روز قبل کیا کہا تھا؟ فلاحی تنظیم اخوت کے بانی نے انکشاف کردیا"روزانہ پاکستان। सङ्ग्रह मिति २३ मे २०२० 
  31. "جہاز کریش ہوا تو سیٹ سمیت باہر جا گرا۔ ظفر مسعود کچھ لوگوں نے مجھے اٹھایا تو اس وقت احساس ہوا کہ میں زندہ ہوں۔ کراچی طیارے حادثے میں معجزاتی طور پر محفوظ رہنے والے صدر پنجاب بینک کی گفتگو", معجزاتی (उर्दूमा), अन्तिम पहुँच २३ मे २०२० 
  32. "بینک آف پنجاب کے سربراہ معجزانہ طور پر کراچی طیارہ حادثے میں بچ گئے"نویوخت (उर्दू भाषा)। सङ्ग्रह मिति २३ मे २०२० 
  33. "97 dead, 2 survived as Pakistan plane crashes into crowded Karachi colony"इन्डिया टुडे। २३ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  34. 'No Eid in our home': Pakistani families mourn crash victims
  35. "कराची विमान दुर्घटनाः मृत्युको मुखमै पुगेर बाँच्न सफल यात्रुको बयान"डिसी नेपाल। सङ्ग्रह मिति २६ मे २०२० 
  36. "У Пакистані розбився літак з майже сотнею людей на борту", РБК-Украина (रूसीमा), अन्तिम पहुँच २०२०-०५-२२ 
  37. "पाकिस्तानको विमान दुर्घटनामा परेका सवै १०७ जनाको मृत्यु"नेपाली पत्र। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  38. "कराचीमा भएको दुर्घटनामा दर्जनौँको मृत्यु"सिएनएन। २२ मे २०२०। सङ्ग्रह मिति २२ मे २०२० 
  39. @, (ट्विट) https://twitter.com/ट्विटरद्वारा।  |title= रितो (सहायता); Missing or empty |user= (help); Missing or empty |number= (help); Missing or empty |date= (help)
  40. "Pakistan: Passagierflugzeug stürzt über Wohngebiet ab - fast 100 Tote", Die Welt (जर्मनेलीमा), २०२०-०५-२२, अन्तिम पहुँच २०२०-०५-२२ 
  41. "والد کے کورونا کی وجہ سے واپس کراچی آنے والی خاتون بھی طیارہ حادثے کا شکار"افضل ندیم ڈوگر (उर्दू भाषा)। २२ मे २०२०। सङ्ग्रह मिति २३ मे २०२० 
  42. @, (ट्विट) https://twitter.com/ट्विटरद्वारा।  |title= रितो (सहायता); Missing or empty |user= (help); Missing or empty |date= (help)
  43. "पाकिस्तान सङ्कट विवरण"एयसबस डटकम। एयरबस। २२ मे २०२०। 
  44. قومی خبریں। "طیارہ حادثے کی تحقیقات کیلئے ایئر بس ٹیم پہنچ گئی"حادثے (उर्दू भाषा)। सङ्ग्रह मिति २६ मे २०२० 
  45. "کراچی طیارہ حادثہ: فیصل ایدھی کا لواحقین کی جانب سے لاشیں زبردستی لے جانے کا دعویٰ"बिबिसी उर्दू (उर्दू भाषा)। सङ्ग्रह मिति २६ मे २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]