चञ्चल चौधुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चञ्चल चौधुरी
চঞ্চল চৌধুরী
सन् २०१८ मा चौधुरी
जन्म (1974-06-01) १ जुन १९७४ (उमेर ४९)
पाबना, बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
मातृ शिक्षाप्रतिष्ठानढाका विश्वविद्यालय, राजबाडी सरकारी क्याम्पस, उदयपुर उच्च विद्यालय
पेशाअधिनेता, गायक
उल्लेखनीय कार्य
मोनपुरा (सन् २००९)
आयनाबाजी (सन् २०१६)
देवि (सन् २०१८)

चञ्चल चौधुरी (बङ्गाली: চঞ্চল চৌধুরী) एक बङ्गलादेशी अभिनेता, मोडल, निर्देशक र गायक हुन्। उनले अभिनय गरेका चलचित्रहरू; मोनपुरा (सन् २००९), आयनाबाजी (सन् २०१६),र देबी (सन् १०१८)मा प्रदर्शनका लागि प्रशंसित भएका थिए। उनले सर्वश्रेष्ठ अभिनेताका लागि दुई पटक बङ्गलादेशी राष्ट्रिय चलचित्र पुरस्कार र सर्वश्रेष्ठ अभिनेताका लागि तीन पटक मेरिल प्रथम आलो पुरस्कार प्राप्त गरेका थिए।[१][२][३][४][५][६]

चौधुरीले सन् १९९६ मा बङ्गाली चलचित्र क्षेत्रमा आफ्नो कार्यकालको शुरूवात गरेका थिए। उनले शुरूवात कार्यकालमा बङ्गलादेशी प्रख्यात नाट्यदल जस्ता अरनेक नाट्यदलमा काम गरेका थिए जहाँ उनले जयजयन्ती, ओरा कडम आली, मयुर सिंहासन, सङ्क्रान्ती, रारङ र चियर साइकलको भूमिका निर्वाह गरेका थिए। टेलिभिजन शृङ्खला र चलचित्रका एक प्रख्यात अभिनेता भएतापनि उनले सन् २०१८ सम्म मात्र ६ वटा चलचित्रहरूमा काम गरेका छन्।[७]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

चञ्चल चौधुरीको जन्म एक हिन्दु परिवारमा सन् १९७४ १ जुनका दिन बङ्गलादेशको पाबना जिल्लामा भएको थियो भने उनले आफ्नो बाल्यकाल पाबना जिल्लाको कमरहाट भन्ने गाउँमा बिताएका थिए।[८] उनको बुबाको नाम राधा गोविन्द चौधुरी हो भने आमाको नाम नोमिता चौधुरी हो। उनले सन् १९९० मा उदयपुर उच्च माध्यमिक विद्यालयबाट एसएससी परीक्षा उतिर्ण गरेका थिए भने सन् १९९२ मा राजबाडी सरकारी क्याम्पसबाट एचएससी परीक्षा उतिर्ण गरेका थिए। उनले सन् १९९३ मा ढाका विश्वविद्यालयमा ललित कला विभागमा प्रवेशका लागि आवेदन दिन ढाका आए। उनका बुबा आमा उनलाई एक सफल इञ्जिनियर बनेको हेर्न चाहन्थे तर कला र संस्कृतिको जन्मजात चाहाना भएकाले उन अभिनेता बन्न बाध्य पारेका थिए। चौधुरी सन् १९९९ मा ढाकामा बसोबास गर्न आएका थिग भने उनले आफ्नो पहिलो प्राथमिकता कला र संस्कृतिलाई दिएका थिए। ड्युको तेस्रो वर्षको विद्यार्थीको रूपमा उनीले एक नाट्यदल एरोनोकमा सामेल भएका थिए भने त्यसपछि उनले स‍ही नाट्यदलमा लगातार १० वर्षसम्म रङ्गमञ्चमा काम गरेका थिए। यस अवधिमा उनले विभिन्न टेलिभिजन नाटकहरूमा अतिथि भूमिका निर्वाह गरेका थिए भने उनले पहिलोपटक फरीदुर रहमन द्वरा निर्देशित नाटक ग्रशामा प्रमुख नायकको भूमिकामा खेल्न मौका पाएका थिए। यसैबीच चौधुरीले सन् २००१ देखि २००६ सम्म यूओडीएमा कलाको प्राध्यापकको रूपमा काम गरेका थिए।[९][१०]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २००४ मा फजलुर रहमान बाबुले (अभिनेता) चौधुरीलाई जियस उदिन सेलीम र मुस्ताफा सरवर फरोकीसँग परिचय गराए।चौधुरीले त्यसपछि टेलिभिजन नाटकहरूमा अधिक काम गर्न शुरू गरेका थिए। उनका शुरुवातका कामहरू जियस उदिन सेलीम, तलपटार शेपाई, निख‍ोज शोगबाद र एक टिलिभिजन विज्ञापनमा मोस्तोफा सरवर फरकीको साथ शर्जर हशी हुन्। यस अवस्थामा चौधुरीको कार्यकाल सफलताको दिशामा उकालो लाग्यो किनकि व्यवसायीक विज्ञापनले उनलाई धेरै लोकप्रियता दिएको थियो।

सन् २०००-२००५: टेलिभिजन नाटक अभिनय[सम्पादन गर्नुहोस्]

चौधुरीले फरिदुर रहमन द्वरा निर्देशित एक सफल चलचित्र ग्रासबाट आफ्नो चलचित्र कार्यकालको शुरूवात गरेका थिए। मिडियामा छोटो समयमै चौधुरीले एक कुशल अभिनेताको रूपमा ख्याति कमाउन सफल भएका थिए। मुस्ताफा सरवर फारुकीको सेपई नाटकको माध्यमबाट मञ्च अभिनेताको रूपमा उनी परिचित हुन पुगेका थिए भने त्यसबेलादेखिनै उनी टेलिभिजनसँगै मञ्चहरूमा पनि काम गर्दै आएका छन्।

सन् २००६-२०१०: चलचित्र अभिनेता र प्रशिद्धि[सम्पादन गर्नुहोस्]

चञ्चलले टौकी अहमद द्वरा निर्देशित एक चलचित्रबाट ठूलो मञ्चमा पर्दापण गरेका थिए। उनले सन् २००६ मा जियस उद्दिन सेलिम द्वरा निर्देशित चलचित्र मनपुरा चलचित्रमा सोनाईको भूमिका निर्वाह गरेका थिए। यस चलचित्रमा उत्कृष्ट अभिनय गरे पछि उनलाई फेडरसको साथ संयुक्त रूपमा ३४औं राष्ट्रिय चलचित्र पुरस्कारहरूमा सर्वश्रेष्ठ अभिनेता पुरस्कारबाट सम्मानित गरियो। उनले त्यसपछि पाँचौ मेरिल-प्रथम आलो पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताका लागि दर्शक सर्वेक्षण पुरस्कार पनि प्राप्त गरे भने अर्को वर्ष गौतम घोष निर्देशित म्यान अफ बङ्गलादेश-भारत चलचित्रमा अभिनय गरेका थिए। यो चलचित्र सुनील गङ्गोपाध्याय द्वरा रचित उपन्यास मनेर मानुष लालन शाहको जीवनीमा आधारित छ।

सन् २०११-हाल[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा चौधुरीले बङ्गलादेश स्वतन्त्रता युद्धमा आधारित चलचित्र पिताका लागि बङ्गलादेशी सङ्गीतकार इमन शाह र गायिका मेहिर आफरोज शाउनसँग सहकार्य गर्दै एक गीत "तोर भितरे आमि थाकि"मा आवाज दिएका थिए। चौधुरीले सन् २०१३ मा बङ्गलादेश र जर्मनीको संयुक्त निर्माणमा मुस्तफा सरवर फारुकी द्वारा निर्देशित टेलिभिजन चलचित्रमा अभिनय गरेका थिए। उही वर्ष ईदुल अजहा द्वरा निर्माण गरिएको टेलिभिजन नाटक ईद प्रशारित भएको थियो।उनी सोही नाटक मार्फत एक नाटककारको रूपमा देखिएका थिए जुन रम्मान रसीद खानले लेखेका थिए र रिपन मियाले निर्देशित गरेका थिए जसले नायक रोनाक हासानको अनुरोधमा ईदका नाटक प्रस्तुत गरेका थिय‍ो। सन् २०१५ मा उनले वृन्दावन दास द्वरा रचित तथा सालाउद्दिन लाभलु द्वरा निर्देशित शृङ्खला मिनि धाराबाहिकमा अभिनय गरेका थिए। यो नाटक बाङ्लाभिशनमा ईद अल अजहाको अवसरमा प्रसारित गरिएको थियो।

सन् २०१६ जनवरीमा चौधुरीले बाङ्लाभिशनमा प्रशारित गरिएको टेलिभिजन शृङ्खला शाहनाज खुशीमा नकारात्मक भूमिकामा अभिनय गरेका थिए। सोही वर्ष ईदुल फितरमा चौधुरीले छैटौँ पटक मिनि धाराबाहिकमा अभिनय गरेका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Meril Prothom Alo Awards", The Daily Star, ११ अप्रिल २०१०, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 
  2. "সেরা চলচ্চিত্র অভিনেতা চঞ্চল চৌধুরী", Prothom Alo (बाङ्लामा), अन्तिम पहुँच १९ अक्टोबर २०१८ 
  3. "ফেরদৌস ও চঞ্চল চৌধুরী শ্রেষ্ঠ অভিনেতা, পপি শ্রেষ্ঠ অভিনেত্রী", The Daily Janakantha (बाङ्लामा), अन्तिम पहुँच १९ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२० मिति
  4. "জাতীয় চলচ্চিত্র পুরস্কার ২০১৬" (बाङ्लामा), ५ अप्रिल २०१८, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 
  5. "Chanchal Chowdhury in a BTV serial for the first time", The Daily Star, २ जुलाई २०१९, अन्तिम पहुँच २१ जुलाई २०१९ 
  6. "‘Rupa Bhabi’ tells the story of conjugal life", The Independent (Dhaka)। 
  7. "Chanchal Chowdhury", The Daily Star, १ जुन २०१८, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 
  8. Sazu, Shah Alam (२३ अक्टोबर २०१२), "Durga Puja festivities: Chanchal Chowdhury returns to his roots", The Daily Star, अन्तिम पहुँच २० सेप्टेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  9. "“Birthdays are bittersweet for me” – Chanchal Chowdhury", The Daily Star, २ जुन २०१९, अन्तिम पहुँच २१ जुलाई २०१९ 
  10. "Kumar Bishwajit and Chanchal share birthday today", The Independent (Dhaka), अन्तिम पहुँच २१ जुलाई २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा चञ्चल चौधुरी Edit this at Wikidata