२ रुपैयाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुई रुपैयाँ
चित्र:Dui Rupaiya.jpg
आधिकारिक पोस्टर निश्चल बस्नेतका साथमा
Nepaliदुई रुपैयाँ
निर्देशकअसीम शाह
निर्माताआसिफ शाह, असीम शाह, निश्चल बस्नेत
मुख्य कलाकार
प्रदर्शन मिति
अवधि
१३८ मिनेट[१]
देशनेपाल
भाषानेपाली

दुई रुपैयाँ एक नेपाली चलचित्र हो जसलाई "करकश" का निर्माताहरूले निर्माण गरेका हुन् र यो चलचित्र असीम शाहद्वारा निर्देशित छ। चलचित्र दुई रुपैयाँ को गीत, कुटुमा कुटु पनि युट्युबमा सबभन्दा बढी प्रसिद्ध र अवलोकन प्राप्त नेपाली गीत जसलाई १०० मिलियनभन्दा पनि बढी पटक हेरिएको छ।

कथानक[सम्पादन गर्नुहोस्]

यो चलचित्र दुईटा मित्र, जुरेली (निश्चल बस्नेत) र दारी (आसिफ शाह)का अन्तर्गत घुमिरहेको देखिएको छ, जो भारतबाट नेपालमा अवैध रूपले सुनको तस्करी गर्ने गर्दछन्। तिनीहरुका साहु (टीका पहाडी) तिनीहरुलाई नेपाली दुई रुपैयाँको नोट दिन्छन्। रूपैयाँको सीरियल नम्बर भारतीय पार्टीलाई पठाइन्छ। तस्करीको आफ्नो मिसनमा एक दिन, तिनीहरु एक रेस्टुरेन्ट नजिक पर्खन्छन्, जो कि त्यस क्षेत्रका एएसपी (सहायक पुलिस निरिक्षक)का हुन् । त्यहाँ डारी एएसपीका पत्नी, माया (मेनुका प्रधान) का साथ जिस्किन्छन्, तर मायाको छोराद्वारा साइड लाग्छन्। मायाको छोरालाई साइड लगाउनका निमित्त दारीले उनको साहुद्वारा दिइएको दुई रुपैयाँको नोट दिन्छन्। मायाका पति एएसपी (बुद्धि तामाङ्) आएपछी माया र दारीका लागि समस्या उत्पन्न हुन्छ र दारी मायाका पतिको पछी-पछी भाग्छन्। तर, जुरेली समयको अन्तरालमा दारीलाई बचाउने प्रबन्ध गर्दछ। जब तिनीहरु इण्डो-नेपाली सीमाका नजिक पुग्छन्, त्यतिबेला दारीलाई थाहा हुन्छ कि तिनीहरु मायाको होटलमा दुई रुपैयाँको नोट बिर्सेका हुन्छन्। नोटको बिना भारतीय पार्टी सुनको प्याकेज दिनबाट अस्वीकार गर्दछ र तिनीहरु दुईटैलाई नोट खोज्न र ल्याउनका लागि एक दिनको समय दिन्छन्। अर्को दिन दारी मायासँग भेट्न जान्छ, जहाँ दारीलाई थाहा हुन्छ कि एएसपीले उसको फोन लिईसकेका छन् र माया अब आफ्नो जीवनमा उसलाई चाहँदैनन्। आफ्नो फोनलाई फिर्ता पाउनका लागि दारी र जुरेलीले एएसआईलाई एउटा रमाइलो मेलामा पछि-पछी लाग्छन्, जहाँ तिनीहरु दुईटै एएसपीका साथ मुख्य डान्सर (स्वस्तिमा खड्का) का साथ डान्स गर्ने गर्दछन्। मेलाबाट बाहिर निस्किँदा एएसपीले फोन खोले र वहाँलाई थाहा लाग्दछ कि दारी, मायाका प्रेमी हुन्, जसले गर्दा दुईटैका बीचमा झगडा हुन्छ। यस पटक पनि जुरेली दारीलाई बचाउनका लागि प्रबन्ध गर्दछ। पछी त्यस रातमा मायाले खुलासा गरे कि उनी दारीका साथ सम्बन्धमा थिइन्, तर आफ्ना पिताका कारण एएसपीसँग विवाह गर्नलाई बाध्य भईन्। दारी र जुरेली बजारमा नोट खोज्न थाल्छन् तर कुनै फाइदा भने भएन्। यसका लागि त्यस क्षेत्रका स्थानीय गुण्डा घिमिरे थाई (राजन इशान) सँग सहायता लिने निर्णय गरे, जो अवैध रूपले मानिसहरुका शरीरको अंगको व्यापार गर्दछन्। यद्यपि, उनलाई नोट भेटेनन्, यसका लागि घिमिरेले आफ्नो शरीरका अंगको व्यापार गर्ने निर्णय गरे। उनी ती दुई जनालाई मिठाई खानका लागि बाध्य बनाए जसमा एउटा नशा गर्ने औषधी हुन्छ। अर्को तर्फ, एएसपीले दारीको एउटा स्केच बनाए अनि मायालाई धमकी दिए कि त्यो दारीलाई छोडदैनन् भनेर। अब, दारी र जुरेली दुईलाई मण्डल, एम्बुलेन्स वाला (रवीन्द्र झा) द्वारा लिइने गरिन्छ, जसको एम्बुलेन्स जुरेली र दारी तस्करीका लागि उपयोग गर्ने गर्दछन्, यसै कारण कसैलाई पनि तिनीहरु सन्देह भएन र जो घिमिरेलाई उसको एम्बुलेन्सको माध्यमबाट अंगहरुको व्यापार गर्नमा सहायता गर्दछ। मण्डलद्वारा बचाइएपछी, युगलले पूरा कथा मण्डललाई सुनाए, जो त्यतिबेला घिमिरेका साथ सहयोग गर्नका लागि सम्मिलित भएका थिए। घिमिरेको आज्ञामा तिनीहरु भारतीय दललाई केवल यस कुराका लागि बोलाए कि तिनीहरु यो बताए कि तिनीहरु दुईटैलाई मार्न चाहन्छन् र सबै सुनको प्याकेजलाई स्वयम् नै लिन चाहन्छन्। जबकी त्यो हराईसकेका थिए। रूपैयाँको कारण तिनीहरुको ज्यान बाँच्यो। घिमिरेका गिरोह, भारतीय दल, दारी र जुरेली अनि तिनीहरुका मालिकका बीच एउटा प्रफुल्लित गर्ने खालको झगडा भयो। दुईटै मण्डलको एम्बुलेन्समा भाग्ने प्रबन्ध गर्दछन् अनि बाँकी एएसपी द्वारा गिरफ्तार गरिएका हुन्छन्। मण्डललाई अस्पताल छोडेपछी (जसलाई त्यसको पुठामा गोली लागेको हुन्छ), दारीलाई एम्बुलेन्सको सीटमा सुनका दुई टुक्रा भेटदछ, जसलाई जुरेलीले उडानभन्दा पहिला नै रिसका कारण फालिदिएको हुन्छ। अर्को तर्फ, एएसपी अपराधी (मतलब जुरेली र दारीका साहुका गिरोह अनि घिमिरेका गिरोह)लाई समात्न अनि मायालाई सारा श्रेय दिनका लागि स्वयम् अनि त्यसको टिमको प्रशंसा गर्दछ।

चलचित्र, एएसपीको छोराका साथ समाप्त हुन्छ, जसमा यो खुलासा गरिएको हुन्छ कि उसले आफ्नो मर्जीका साथ जिस्क्याउनका लागि दारीमाथि आफ्नो स्वयम् को पिठ्यूँ थपथपाएका थिए। जुरेली अनि दारी मनाउने गर्दछ किनकी अब तिनीहरु अरबपति बन्न गइरहेका हुन्छन्।

कलाकारहरु[सम्पादन गर्नुहोस्]

गीतहरु[सम्पादन गर्नुहोस्]

कुटुमा कुटु गीत , सुर्के थैली खै गीत पछी युट्युबमा देखिएको नेपाली गीतहरु मध्ये एक हो । .[२][३]

क्र.सं.शीर्षकSinger(s)लम्बाइ
१."दुई रुपैयाँ"लाउरे,रोहित शाक्य,एडरे४:०९
२."कुटुमा कुटु"राजन राज शिवाकोटी,मेलिना राई,[४] Rajan Ishan५:५४
३."टल्क्यो जवानी"आसिफ शाह, निश्चल बस्नेत,मीना निरौला४:१७

[५][६][७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.imdb.com/title/tt6944552/
  2. "‘कुटुमा कुटु’ बन्यो सर्वाधिक हेरिने गीत", Mazzakoonline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-११ मिति
  3. "Kutu Ma Kutu flying on YouTube" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१८ 
  4. "Melina Rai Biography" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१ 
  5. "2 Rupaiyan Review: Crime in the Terai – OnlineKhabar", english.onlinekhabar.com (en-GBमा), अन्तिम पहुँच २०१७-०९-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१७ मिति
  6. "‘Dui Rupaiyan’ releases title track", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१८ 
  7. "Dui Rupainyan’s ‘Talkyo Jawani’ realeased(sic)", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१८ 
  8. "The master of many trades", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१८ 


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]