क्रिस्टल डिसुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टल डिसुजा
सन् २०२३ मा क्रिस्टल
जन्म (1990-03-01) १ मार्च १९९० (उमेर ३४)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकालसन् २००७–वर्तमान
चिनारीको कारणएक हजारोँ मे मेरी बहना है
एक नई पहचान

क्रिस्टल डिसुजा (जन्म १ मार्च १९९०)[२] एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनी एक हजारोँ मे मेरी बहना है मा जीविका वढेराको भूमिकाका लागि परिचित छिन्। त्यसपछि उनले एक नई पहचान मा साक्षीको भूमिका भूमिका खेलेकी थिइन्। सन् २०१६ मा, उनले जी टिभीको ब्रह्मराक्षस मा रैनाको भूमिका चित्रण गरेकी थिइन्।

करियर[सम्पादन गर्नुहोस्]

क्रिस्टलले सन् २००७ मा कहे ना कहे नामक धारावाहिकबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्।[३] त्यसपछि उनले क्या दिल मे है, कस्तुरी, किस देश मे है मेरा दिल, र बात हमारी पक्की है जस्ता धारावाहिकमा पनि काम गरेकी थिइन्। सन् २०११ मा, उनी एक हजारोँ मे मेरी बहना है मा अभिनयका कारण धेरै प्रसिद्ध भएकी थिइन्। उनले यस धारावाहिकमा जीविका वढेराको भूमिका गरेकी थिइन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Happy Birthday Krystle D'Souza", ABP News, १ मार्च २०१६, अन्तिम पहुँच १५ जुलाई २०१६ – Youtubeद्वारा। 
  2. "Happy Birthday Krystle D'Souza", The Indian Express, १ मार्च २०१८, अन्तिम पहुँच १३ फेब्रुअरी २०१९ 
  3. Sundar, Mrinalini (२१ फेब्रुअरी २०१४), "TV actress Krystle D’Souza on her new show", The New Indian Express, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति
  4. "Krystle and Nia Sharma to play leads in Cinevistaas' next.", Metro Masti, अन्तिम पहुँच २७ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]