तारा एअरको उडान १९३ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारा एयर विमान १९३
Twin engine passenger aircraft on the ground
तारा एयरको DHC-6 9N-ABM विमान
दुर्घटना
मिति२४ फेब्रुअरी २०१६ (2016-02-24)
सारांशदुर्घटनाग्रस्त
स्थलदाना, म्याग्दी जिल्ला
विमान
विमानको प्रकारभाइकिङ एयरद्वारा निर्मित क्यानाडाको डियचसी-६ ट्विन अटर सिरिज ४००
सञ्चालकतारा एयर
दर्ता नम्बर9N-AHH
विमान उडानपोखरा
गन्तव्यजोमसोम
यात्रुहरू२०
चालक दल
मृत्यु२३ (सबै)
तारा एअरको उडान १९३ दुर्घटना is located in नेपाल
PKR
PKR
Dana
Dana
JMO
JMO
नक्सामा पोखरा विमानस्थल, जोमसोम विमानस्थलदाना जहाँ दुर्घटनाग्रस्त स्थान भेटियो ।

तारा एयर विमान १९३ (टिए १९३) घरेलू नियमित यात्रु विमान थियो जुन २४ फेब्रुअरी २०१६ को दिन पोखराको पोखरा विमानस्थलबाट जोमसोमको जोमसोम विमानस्थल उडान समयमा दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यसहित २३ जनाकै मृत्यु भएको हो दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।तारा विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो। दुर्घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोचको चट्टानेपहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको थियो।विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको थियो। एकजना अझै हराइरहेको प्रहरीले बताएको थियो। चट्टानमा ठोक्किएर खोचमा विमान खसेकाले उद्धार र शव निकाल्न निकै कठिनाइ भएको थियो।विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको थियाे भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको थियो । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको थिएँ। कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको थियो । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।


[१][२][३] विमान दुर्घटनाग्रस्त क्षेत्र म्याग्दीको दाना गाउँ नजिक रहेको छ ।[४]

विमान[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Missing Tara Air plane with 23 onboard could have crashed in Myagdi's Rupse", The Kathmandu Post, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  2. Hradecky, Simon (२४ फेब्रुअरी २०१६), "Accident: Tara DHC6 near Pokhara on Feb 24th 2016, aircraft missing enroute", Aviation Herald, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  3. "Plane crash feared in Nepal as flight carrying 21 goes missing in mountains", The Guardian, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  4. "Missing Nepal Tara Air passenger plane 'found crashed in jungle' amid fears no one survived", २४ फेब्रुअरी २०१६।