छविलाल उपाध्याय
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
छबिलाल उपाध्याय | |
---|---|
जन्म | बुधिगाङ (अविभाजित डाराङ) अहिले विश्वनाथ जिल्ला, असम[१] | १२ मे १८८२
मृत्यु | २४ जनवरी १९८० मजगाउँ (गंगमाउथन) | (उमेर ९७)
राष्ट्रियता | भारतीय |
अन्य नाम | छबिलाल उपाध्याय, छबिलाल बाबु |
पेशा | असमका राजनीतिक नेता |
राजनीतिक दल | असम प्रदेश कांग्रेस कमेटी |
छविलाल उपाध्याय[१] (१२ मे १८८२ - २४ जनवरी १९८०), असम प्रदेश कांग्रेस कमिटीको पहिलो (निर्वाचित) अध्यक्ष थिए।[२] सन् १९१९ मा उपाध्यायको परिवार आजको असमको विश्वनाथ जिल्लाको बेहाली तहसीलको मजगाउँ (गंगमाउथन) मा बसोबास गरे।[३]
राजनीतिक योगदान
[सम्पादन गर्नुहोस्]छबिलाल उपाध्याय,[४] छबिलाल बाबु भनेर चिनिने आसामका भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता थिए। उपाध्याय स्वतन्त्रता संग्राममा सामेल भए । १८ अप्रेल, १९२१ मा, जोरहटमा उपाध्यायको अध्यक्षतामा एक बैठक सम्पन्न भयो जहाँ असम एसोसिएशनलाई भारतीय राष्ट्रिय कांग्रेसमा विलय गरी असम प्रदेश कांग्रेस समिति गठन गरियो।[५] उनी असम प्रदेश कांग्रेस कमिटीको पहिलो (चयनित) अध्यक्ष बने।[६]उनी कांग्रेसमा सामेल भएको कारण अंग्रेजहरूले गिरफ्तार गरे र गान्धीजीको नेतृत्वमा असहयोग आन्दोलनमा सामेल भएर छ महिनाको जेल सजाय भोगे।
उपाध्यायले गोहपुर उप-डिभिजनमा विभिन्न स्थानीय विद्यालयहरू स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।[७] उनको नेतृत्वमा अखिल भारतीय गोर्खा लीगको आह्वानमा तीस हजार नेपाली भाषीहरूले जिन्नाको प्रस्तावको विरोध गरे।[स्रोत नखुलेको]
अब, असम सरकारले बेहाली, असममा एउटा इन्जिनियरिङ कलेज[८] स्थापना गर्ने घोषणा गरेको छ[९] जसको नाम छबिलाल उपाध्यायको नाममा राखिनेछ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Chhabilal Upadhyaya (Nepali:छबिलाल उपाध्याय) Indian Gorkha freedom fighter", Indian Gorkhas, अन्तिम पहुँच २०२१-०६-०७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१६ मिति
- ↑ "The Times of India: Latest News India, World & Business News, Cricket & Sports, Bollywood", timesofindia.indiatimes.com, अन्तिम पहुँच २०२१-०६-०७।
- ↑ Upreti, Mohan (जुलाई २०२०), "BABU CHABILAL UPADHYAYA AND INDIA'S FREEDOM STRUGGLE :1920-47", Dissertation: 10।
- ↑ Chabilal Upadhyaya, Good Books Distributors Publishers, २०२०।
- ↑ History Book Of Class 10, Guwahati: Assam State Textbook Production and Publication Corporation Limited, २०१५, पृ: ६६।
- ↑ "16", Baichitramai Assam (Hindiमा), Guwahati: Assam RashtraBhasa Prachar Samiti, २०१८, पृ: 88।
- ↑ "Chabilal Upadhyaya M. E. School was .......", मूलबाट २०२०-१०-१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१६ मिति
- ↑ "New engineering college to be named after Chabilal Upadhyaya", Time8।
- ↑ "Engineering college will be named after him", East Mojo, १५ अक्टोबर २०२०, मूलबाट २०२०-१०-२७-मा सङ्ग्रहित।
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]