सामग्रीमा जानुहोस्

राष्‍ट्रिय बीमा संस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय बीमा संस्थानका स्थापना २०२४ साल पुस १ गते कम्पनी ऐनअन्तर्गत प्राइभेट लिमिटेड कम्पनीका रूपमा भएको हो। २०२५ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान ऐनअन्तर्गत संस्थानमा परिणत भएको हो। राजा महेन्द्रले आफ्नै सवारीको बीमालेख खरिद गर्दै २०२४ साल फागुन ११ गते राष्ट्रिय बीमा संस्थान कारोबार उद्घाटन गरेका थिए ।[] पहिलो बीमालेखको प्रस्तावमा बीमितको तर्फबाट राजा महेन्द्र र राष्ट्रिय बीमा संस्थानको तर्फबाट अध्यक्ष डा‍. भेष बहादुर थापाले हस्ताक्षर गरेका थिए । जीवन बीमा भने २०२९ साल फागुन ९ गते शुरु गरेको हो।

देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्नु तथा विेदेशी मुद्राको व्ययभार रोक्नु ।

  • सावधिक जीवन बीमा
  • बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमा
  • अग्रिम भुक्तानी जीवन बीमा
  • आजीवन जीवन बीमा
  • ‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा
  • बालबच्चाको सावधिक जीवन बीमा
  • पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’
  • बालबच्चाको जीवन बीमालेख ‘वात्सल्य’
  • म्यादी जीवन बीमा
  • ‘जीवन बन्धु’ दोहोरो लाभ जीवन बीमा
  • सामूहिक सावधिक जीवन बीमा


सम्पर्क ठेगाना

[सम्पादन गर्नुहोस्]

राष्‍ट्रिय बीमा संस्थान
पोष्‍ट बक्स नं: ५२७, काठमाण्डौं
फोन नं: ००९७७-१-४२६२५२०
फ्याक्स नं: ००९७७-१-४२६२६१०
ईमेल: beema@wlink.com.np

आधिकारीक वेबसाईट

[सम्पादन गर्नुहोस्]

www.beema.com.np वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-२८ मिति

  1. "यस्तो थियो ५६ वर्ष अघि राजा महेन्द्रले बीमा संस्थानबाट किनेको पहिलो बीमालेख", Insurancekhabar.com