पल्पसा क्याफे (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्पसा क्याफे (उपन्यास)
चित्र:Palpasa Cafe by Narayan Wagle.jpg
लेखकनारायण वाग्ले
अनुवादकविकास सङग्रौला
चित्रकार...
आवरण कलाकार...
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकNepa~laya (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
वि.सं....
पुरस्कार sमदन पुरस्कार वि.सं.२०६१
आइएसबिएन978-9-93-780210-9
Followed byमयूर टाइम्स वि.सं. २०६६ 
पाठपल्पसा क्याफे (उपन्यास) विकिस्रोतमा

पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो।[१] तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृष्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतमा पारेको असर र विधमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो।[२]

प्रकाशनमा आएको एक वर्षमै २५००० प्रति बिक्री भएको यो पुस्तक अहिलेसम्मकै धेरै बिक्री हुने नेपाली साहित्यिक कृतिमध्ये एक हो। लेखक वाग्लेको प्रथम कृतिका रूपमा रहेको यस उपन्यासले मुलुककै सर्वाधिक प्रतिष्ठीत मदन पुरस्कार (२०६१) [३]लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेको छ।

नेपालीबाहेक अग्रेंजी, कोरियन र फ्रेन्च भाषामा समेत अनुवाद गरिएको यस कृति सन् २०१२, जुलाईसम्ममा ५२००० प्रति बिक्री भईसकेको छ। पल्पसा क्याफे आधिकारीक रूपमा किण्डलमा (Kindle) उपलब्ध भएको पहिले नेपाली पुस्तक हो। यो पुस्तक अन्य सुवहनिथ तथा ईबुक(Ebook) फर्म्याट जस्तै mobi र pdf मा समेत उपलब्ध छ।

लेखक नारायण वाग्लेको अर्को कृति मयूर टाइम्स हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]